काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रमा आक्रोश फैलिएको छ। पार्टीका नेता तथा याेङ कम्युनिस्ट लिग (वाईसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सामाजिक सञ्जालमार्फत प्रचण्डको सुरक्षा व्यवस्थामा कुनै सम्झौता नहुने दाबी गरेका छन्।
गृह मन्त्रालयले पूर्वपदाधिकारीहरूको मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो। खबर बाहिरिएपछि दीपशिखाले स्पष्ट पारे, “प्रचण्ड लगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल र पूर्व पीएलएले गरिरहेको छ र गरिरहनेछ। ढिलोचाँडो बदलाभावको सत्ता डण्डा केपी ओलीको जस्तो हुनेछ।”
प्रहरी स्रोतका अनुसार, प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता हुने क्रममा छन्। भदौ २३–२४ गते भएको जेनजी विद्रोहको बेला देशको केन्द्रीय प्रशासनिक केन्द्रहरूमा आगजनी र हिंसाको जोखिमलाई मध्यनजर गर्दै प्रचण्डलाई विशेष सुरक्षा दिइएको थियो।
दीपशिखाका अनुसार, “प्रचण्ड भदौ २४ गते मात्र राज्यको सुरक्षामा रहे। त्यसपछि पूर्व पीएलए र वाईसीएलले नै सुरक्षा जिम्मा लिएका छन्। भित्री सुरक्षा पूर्व पीएलए, बाहिरी सुरक्षा वाईसीएलले व्यवस्थापन गर्दै आएको छ।”
वाईसीएल अध्यक्ष पुष्प ओलीले पनि पुष्टि गरे, “अध्यक्षलाई दुई तहको सुरक्षा दिइएको छ। भित्री घेराको जिम्मा पूर्व पीएलएको छ, बाहिरी घेराको व्यवस्थापन मेरो नेतृत्वमा वाईसीएलले गर्छ। कुनै कार्यक्रममा जानुभन्दा पहिला सुरक्षा चुनौती पहिल्यै अनुगमन गरी व्यवस्था मिलाइन्छ।”
पूर्वप्रधानमन्त्री प्रचण्डले २०६३ मा शान्ति सम्झौताको माध्यमबाट विद्रोही माओवादी सेनालाई राजनीतिमा ल्याएका थिए। त्यसैले विशेष सुरक्षा व्यवस्थालाई शान्ति प्रक्रियाको अंगको रूपमा हेर्ने माओवादी नेताहरूको दृष्टिकोण छ। दीपशिखाका अनुसार, “बृहत शान्ति सम्झौतामै विशेष सुरक्षा दिने व्यवस्था भएकाले सरकारले पूर्वाग्रह राख्न नहुने अवस्था छ।”
हाल प्रचण्ड ललितपुरको सातदोबाटो र खुमलटार आसपास बस्दै आएका छन्। जेनजी विद्रोहपछि उनी भित्री सुरक्षा घेरामा माओवादी पूर्व पीएलए र वाईसीएलको संयुक्त व्यवस्थापनमा सुरक्षित छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - २०:३६
काठमाडौँ। दक्षिणपूर्वी अस्ट्रेलियामा फैलिएको भयंकर डढेलोमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने करिब ३०० भन्दा बढी घर तथा भवन जलेर नष्ट भएका छन्। पछि...
पौष २७ गते, २०८२ - २०:३०
काठमाडौं । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जन सम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनि...
पौष २७ गते, २०८२ - २०:२७
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ बुझाइएको बन्दसूचीमा समावेश उम्मेदवारहरूले पुस २८ गते नाम फिर्ता लिन सक्ने जनाएको छ। ...
पौष २७ गते, २०८२ - २०:२५
काठमाडाैं । प्यालेस्टिनी समूह हमासले गाजा पट्टीमा रहेका आफ्ना सबै सरकारी निकाय विघटन गरी जिम्मेवारी एक स्वतन्त्र प्रशासनिक समितिलाई हस्तान्तरण गर्ने त...
पौष २७ गते, २०८२ - २०:२३
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीलाई अझ संगठित, स्वच्छ र सुदृढ बनाउनका लागि विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्। द...
पौष २७ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष र डा. शेखर कोइराला समूहको बहिस्कारका बी...
पौष २७ गते, २०८२ - १९:४७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका हरेक तह गहिरो रूपमा केलाएर छलफल गरिने...
पौष २७ गते, २०८२ - १९:४३
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा हुने हार–जितभन्दा पनि जनतामा पार्टीप्रतिको भरोसा जोगाउनु अहिलेको मुख्य चुनौती भएको ...
पौष २७ गते, २०८२ - १९:३५
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो लामो राजनीतिक जीवनको उत्तरार्द्धमा सबैभन्दा गम्भीर संकटको सामना गरिरह...
पौष २७ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने र सभापतिसहित पार्टीका शीर्ष नेता स...




प्रतिकृया लेख्नुहोस्: