काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रमा आक्रोश फैलिएको छ। पार्टीका नेता तथा याेङ कम्युनिस्ट लिग (वाईसीएल) का इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सामाजिक सञ्जालमार्फत प्रचण्डको सुरक्षा व्यवस्थामा कुनै सम्झौता नहुने दाबी गरेका छन्।
गृह मन्त्रालयले पूर्वपदाधिकारीहरूको मापदण्डभन्दा बढी सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको थियो। खबर बाहिरिएपछि दीपशिखाले स्पष्ट पारे, “प्रचण्ड लगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल र पूर्व पीएलएले गरिरहेको छ र गरिरहनेछ। ढिलोचाँडो बदलाभावको सत्ता डण्डा केपी ओलीको जस्तो हुनेछ।”
प्रहरी स्रोतका अनुसार, प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता हुने क्रममा छन्। भदौ २३–२४ गते भएको जेनजी विद्रोहको बेला देशको केन्द्रीय प्रशासनिक केन्द्रहरूमा आगजनी र हिंसाको जोखिमलाई मध्यनजर गर्दै प्रचण्डलाई विशेष सुरक्षा दिइएको थियो।
दीपशिखाका अनुसार, “प्रचण्ड भदौ २४ गते मात्र राज्यको सुरक्षामा रहे। त्यसपछि पूर्व पीएलए र वाईसीएलले नै सुरक्षा जिम्मा लिएका छन्। भित्री सुरक्षा पूर्व पीएलए, बाहिरी सुरक्षा वाईसीएलले व्यवस्थापन गर्दै आएको छ।”
वाईसीएल अध्यक्ष पुष्प ओलीले पनि पुष्टि गरे, “अध्यक्षलाई दुई तहको सुरक्षा दिइएको छ। भित्री घेराको जिम्मा पूर्व पीएलएको छ, बाहिरी घेराको व्यवस्थापन मेरो नेतृत्वमा वाईसीएलले गर्छ। कुनै कार्यक्रममा जानुभन्दा पहिला सुरक्षा चुनौती पहिल्यै अनुगमन गरी व्यवस्था मिलाइन्छ।”
पूर्वप्रधानमन्त्री प्रचण्डले २०६३ मा शान्ति सम्झौताको माध्यमबाट विद्रोही माओवादी सेनालाई राजनीतिमा ल्याएका थिए। त्यसैले विशेष सुरक्षा व्यवस्थालाई शान्ति प्रक्रियाको अंगको रूपमा हेर्ने माओवादी नेताहरूको दृष्टिकोण छ। दीपशिखाका अनुसार, “बृहत शान्ति सम्झौतामै विशेष सुरक्षा दिने व्यवस्था भएकाले सरकारले पूर्वाग्रह राख्न नहुने अवस्था छ।”
हाल प्रचण्ड ललितपुरको सातदोबाटो र खुमलटार आसपास बस्दै आएका छन्। जेनजी विद्रोहपछि उनी भित्री सुरक्षा घेरामा माओवादी पूर्व पीएलए र वाईसीएलको संयुक्त व्यवस्थापनमा सुरक्षित छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - २२:२२
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नै संसद्मा सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। ग्यास अभाव, रासायनिक मल...
श्रावण २२ गते, २०८३ - २२:०६
रुकुमपश्चिम । रुकुमपश्चिममा थुनुवा कैदी बोकेको कारागारको भ्यान र मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएक...
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...



प्रतिकृया लेख्नुहोस्: