नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालयका कक्षा कोठा अब विद्यार्थीले भरिभराउ देखिन्छन्। यसको मुख्य कारण हो दिवा खाजा कार्यक्रम, जसले विद्यालय आउन नचाहने बालबालिकालाई पनि आकर्षित गरेको छ।
गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ, दिवा खाजाको व्यवस्था भएपछि भर्ना भए पनि विद्यालय नआउने विद्यार्थी नियमित रूपमा कक्षामा आउन थालेका छन्। शिक्षा शाखाका प्रमुख कृष्णकुमार चौधरी भन्छन्, “दिवा खाजाले विद्यार्थीलाई नियमित विद्यालय आउने बनाएको छ। यसले भर्ना भएर विद्यालय छोड्ने क्रम पनि घटाएको छ।”
विद्यालयले प्रदान गर्ने खाजा पौष्टिक तत्वले भरिपूर्ण हुन्छ—हलुवा, डलिया, खिचडी जस्ता परिकार बालबालिकाको स्वास्थ्य सुधारमा योगदान पुर्याइरहेका छन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहका अनुसार, “एकातिर बालबालिकाको स्वास्थ्य राम्रो हुँदै गएको छ, अर्कोतिर विद्यालयमा अनुपस्थित हुने क्रम पनि घटेको छ।”
गाउँपालिकाले पालिकाभित्रका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रममा समेटेको छ। प्राविधिक सहायक कमल केसीले भने, “दिवा खाजासँगै गुणस्तरीय शिक्षा पनि प्रदान गर्न थालेपछि ड्रप आउट हुने क्रम निकै कम भएको छ। विद्यालय बाहिर रहेका उमेर समूहका करिव २०–२५ प्रतिशत विद्यार्थी पनि नियमित रूपमा विद्यालय आउन थालेका छन्।”
पहिले बालबालिकाहरु भर्ना भए पनि विद्यालय नआउने चलन थियो। तर अहिले, दिवा खाजा कार्यक्रमको प्रभावले कक्षा कोठा भरिभराउ भएका छन् र प्रायः सबै विद्यार्थी नियमित रूपमा उपस्थित छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: