नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकाका विद्यालयका कक्षा कोठा अब विद्यार्थीले भरिभराउ देखिन्छन्। यसको मुख्य कारण हो दिवा खाजा कार्यक्रम, जसले विद्यालय आउन नचाहने बालबालिकालाई पनि आकर्षित गरेको छ।
गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ, दिवा खाजाको व्यवस्था भएपछि भर्ना भए पनि विद्यालय नआउने विद्यार्थी नियमित रूपमा कक्षामा आउन थालेका छन्। शिक्षा शाखाका प्रमुख कृष्णकुमार चौधरी भन्छन्, “दिवा खाजाले विद्यार्थीलाई नियमित विद्यालय आउने बनाएको छ। यसले भर्ना भएर विद्यालय छोड्ने क्रम पनि घटाएको छ।”
विद्यालयले प्रदान गर्ने खाजा पौष्टिक तत्वले भरिपूर्ण हुन्छ—हलुवा, डलिया, खिचडी जस्ता परिकार बालबालिकाको स्वास्थ्य सुधारमा योगदान पुर्याइरहेका छन्। नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहका अनुसार, “एकातिर बालबालिकाको स्वास्थ्य राम्रो हुँदै गएको छ, अर्कोतिर विद्यालयमा अनुपस्थित हुने क्रम पनि घटेको छ।”
गाउँपालिकाले पालिकाभित्रका बालविकास केन्द्र, सामुदायिक विद्यालय र मदरसामा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रममा समेटेको छ। प्राविधिक सहायक कमल केसीले भने, “दिवा खाजासँगै गुणस्तरीय शिक्षा पनि प्रदान गर्न थालेपछि ड्रप आउट हुने क्रम निकै कम भएको छ। विद्यालय बाहिर रहेका उमेर समूहका करिव २०–२५ प्रतिशत विद्यार्थी पनि नियमित रूपमा विद्यालय आउन थालेका छन्।”
पहिले बालबालिकाहरु भर्ना भए पनि विद्यालय नआउने चलन थियो। तर अहिले, दिवा खाजा कार्यक्रमको प्रभावले कक्षा कोठा भरिभराउ भएका छन् र प्रायः सबै विद्यार्थी नियमित रूपमा उपस्थित छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - २०:३६
काठमाडौँ। दक्षिणपूर्वी अस्ट्रेलियामा फैलिएको भयंकर डढेलोमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने करिब ३०० भन्दा बढी घर तथा भवन जलेर नष्ट भएका छन्। पछि...
पौष २७ गते, २०८२ - २०:३०
काठमाडौं । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जन सम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनि...
पौष २७ गते, २०८२ - २०:२७
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ बुझाइएको बन्दसूचीमा समावेश उम्मेदवारहरूले पुस २८ गते नाम फिर्ता लिन सक्ने जनाएको छ। ...
पौष २७ गते, २०८२ - २०:२५
काठमाडाैं । प्यालेस्टिनी समूह हमासले गाजा पट्टीमा रहेका आफ्ना सबै सरकारी निकाय विघटन गरी जिम्मेवारी एक स्वतन्त्र प्रशासनिक समितिलाई हस्तान्तरण गर्ने त...
पौष २७ गते, २०८२ - २०:२३
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीलाई अझ संगठित, स्वच्छ र सुदृढ बनाउनका लागि विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्। द...
पौष २७ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष र डा. शेखर कोइराला समूहको बहिस्कारका बी...
पौष २७ गते, २०८२ - १९:४७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका हरेक तह गहिरो रूपमा केलाएर छलफल गरिने...
पौष २७ गते, २०८२ - १९:४३
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा हुने हार–जितभन्दा पनि जनतामा पार्टीप्रतिको भरोसा जोगाउनु अहिलेको मुख्य चुनौती भएको ...
पौष २७ गते, २०८२ - १९:३५
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो लामो राजनीतिक जीवनको उत्तरार्द्धमा सबैभन्दा गम्भीर संकटको सामना गरिरह...
पौष २७ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने र सभापतिसहित पार्टीका शीर्ष नेता स...




प्रतिकृया लेख्नुहोस्: