Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank

पूर्वलडाकुहरूको नयाँ जिम्मेवारी: प्रचण्डको सुरक्षामा वाईसीएल

खबरडबली संवाददाता

काठमाडौं । राजनीतिक उथलपुथल र बढ्दो अनिश्चितताको बीच, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुनः आफ्नै पार्टी संरचना भित्रको सुरक्षा घेरामा छन्।

सरकारले केही दिनअघि उनलाई प्रदान गरिएको सुरक्षाकर्मी फिर्ता लिएपछि, माओवादीको युवा संगठन वाईसीएल (याेङ कम्युनिस्ट लिग) का पूर्वलडाकु पृष्ठभूमिका कार्यकर्ताहरू अहिले प्रचण्डको प्रत्यक्ष सुरक्षामा खटिएका छन्।

वाईसीएलका अध्यक्ष पुष्प ओली भन्छन्, “पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दा संयोजक प्रचण्डको सुरक्षामा चुनौती हुनसक्ने देखियो, त्यसैले हामीले आफ्नै टोली परिचालन गरेका छौँ।”
उनका अनुसार अहिले तीन तहको सुरक्षा घेरा बनाइएको छ । पहिलो तहमा प्रचण्डसँग नजिक रहने विशेष तालिमप्राप्त पूर्वलडाकुहरू, दोस्रो तहमा वाईसीएलको फिल्ड टोली, तेस्रो तहमा सूचनाको निगरानी र इन्टेलिजेन्स जिम्मेवारी सम्हाल्ने छुट्टै समूह।

यी टोलीहरू प्रचण्डको आवागमनका क्रममा ‘स्कर्टिङ’ प्रणाली अन्तर्गत सक्रिय रहनेछन्। सम्बन्धित जिल्लामा रहेका वाईसीएलका विशेष टिमलाई तयारी अवस्थामा राखिएको छ, जसले स्थानीय स्तरमा सुरक्षात्मक समन्वय गर्छ।

वाईसीएलका पूर्वअध्यक्ष तथा इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले जानकारी दिएअनुसार, शुक्रबार बिहान १० बजेपछि प्रचण्डको सुरक्षामा खटिएका सरकारी सुरक्षाकर्मी फिर्ता भइसकेका छन्। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको सीमित टोली मात्र रहेको छ भने बाँकी जिम्मेवारी वाईसीएल र पूर्व जनमुक्ति सेनाले सम्हालेका छन्।

जनयुद्धको पृष्ठभूमिबाट नयाँ भूमिका
१० वर्ष लामो सशस्त्र द्वन्द्वपछि शान्ति प्रक्रियामा प्रवेश गरेको माओवादीले आफ्ना पूर्वलडाकुहरूलाई एकीकृत गर्दै वाईसीएल गठन गरेको थियो। यही पृष्ठभूमिबाट आएका कार्यकर्ताहरू अहिले पुनः ‘रक्षक’ भूमिकामा देखिएका छन् । तर यसपटक बन्दुकका साथ होइन, संगठनात्मक जिम्मेवारीका साथ। प्रचण्ड निकट स्रोतका अनुसार, यो व्यवस्था अस्थायी भए पनि आवश्यकताअनुसार विस्तार वा परिवर्तन गर्न सकिनेछ।

“यो कुनै आक्रामक सुरक्षा होइन,” स्रोतले भन्यो, “तर परिस्थितिलाई हेरेर राजनीतिक नेतृत्वको सुरक्षामा हामी आफैं सजग हुनुपर्ने आवश्यकता महसुस गरिएको हो।”

राजनीति, सुरक्षा र प्रतीकात्मकता
वाईसीएलको पुनः सक्रिय भूमिकाले राजनीतिक वृत्तमा नयाँ चर्चा निम्त्याएको छ। कसैले यसलाई ‘पार्टी अनुशासन र स्वावलम्बनको प्रतीक’ भन्दै व्याख्या गरेका छन्, भने अरूले यसलाई ‘राज्य संरचनामाथिको अविश्वासको संकेत’ मानेका छन्। तर माओवादी केन्द्र भित्र भने सन्देश स्पष्ट छ । “प्रचण्डको सुरक्षा हाम्रो जिम्मा।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

रोल्पा पहिरोमा बेपत्ता दुवै महिला मृत फेला, एक गम्भीर घाइते

 रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा शुक्रबार गएको पहिरोमा बेपत्ता भएका दुई महिलाको शव फेला परेको छ। मृतक स्थानीय ३५ वर्षीय...

नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा आज एकैदिन छ वटा शालिक अनावरण गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रम...

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं । नबिल बैंकले अन्तर्राष्ट्रिय स्तरको ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैं...

उदयपुरमा महिलाको रहस्यमय मृत्यु, फूलजोरमा रगताम्मे अवस्थामा शव फेला

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ फूलजोर क्षेत्रमा एक महिलाको शव फेला परेको छ। घटनापछि प्रहरीले घटनास्थल सुरक्षित राखेर अनुसन्धान सुरु गरेको छ। ...

मोरङमा ४ वर्षीया बालिकाको बीभत्स हत्या, घरबाट हराएकी बालिकाको शव घाँसघारीमा भेटियो

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया बालिका कायानत खातुनको हत्या भएको अवस्थामा शव फेला परेको छ। उनी स्थानीय जफा...

कालो कोटको आडमा ठगी? धरौटी नलाग्ने मुद्दामा ६० हजार असुलेको आरोप

सुर्खेत । सुर्खेतमा एक कानुन व्यवसायीमाथि अदालतमा धरौटी नै नलाग्ने मुद्दामा धरौटी लाग्ने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोप लागेको छ। पीडित पक्षले अ...

८ लाख २१ हजार घुससहित सिँचाइ डिभिजन सर्लाहीका प्रमुख र अधिकृत पक्राउ

सर्लाही । सर्लाहीको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ८ लाख २१ हज...

मुगुमा घरमाथिबाट पहिराे खस्दा ३ वर्षीय बालकको मृत्यु, ८ घर उच्च जोखिममा

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ...

साउनमै तरकारीको भाउ आकासियो, केही तरकारी पाँच गुणासम्म महँगियो

काठमाडौं । काठमाडौं उपत्यकामा हरियो तरकारीको मूल्य अस्वाभाविक रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending