Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

राष्ट्रिय स्वाधीनतामाथि दबाब र संस्थागत असफलतामाथि प्रचण्डको प्रश्न

‘नेतालाई बचाउने सेनाले सिंहदरबार र सर्वोच्च किन बचाउन सकेन ?’

खबरडबली संवाददाता

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक परिस्थिति र राज्य संरचनाको कमजोरीबारे गम्भीर प्रश्न उठाएका छन् ।

शुक्रबार सम्पादकहरूसँगको संवादका क्रममा उनले एक भावनात्मक तर तीक्ष्ण प्रश्न गरे —
“नेतालाई बचाउने सेनाले सिंहदरबार र सर्वोच्च अदालतजस्ता राष्ट्रिय संस्थान किन बचाउन सकेन ?”

प्रचण्डले आफू र उनका केही राजनीतिक सहकर्मीले संकटका समयमा ‘सुरक्षा खोज्दै सेनासम्म पुगेको’ उल्लेख गर्दै भने, “हामीलाई सेनाले बँचायो, तर त्यही सेनाले मुलुकका प्रमुख संस्थानहरू — सिंहदरबार, सर्वोच्च अदालत र संवैधानिक अङ्गहरूलाई किन जोगाउन सकेन ? यो गम्भीर प्रश्न हो।”

उनका अनुसार, यो प्रसङ्ग केवल सुरक्षा वा सेनाको भूमिका मात्र होइन, समग्र राष्ट्रिय स्वाधीनता र राजनीतिक व्यवस्थाको संवेदनशीलता सँग जोडिएको छ। “हामी सेनाकोमा गएका थियौँ, सेना हामीलाई खोज्दै आएको होइन,” उनले भने, “तर त्यसपछि देशका लागि खेल्न सकिने भूमिकाको खोजी गरियो।”

संवादमा प्रचण्डले नेपालको वर्तमान संकटलाई भूराजनीतिक दबाबको परिणाम भनेका छन्।उनका अनुसार, “नेपालमा भएको ठुलो क्षति भू–राजनीतिक कारणले हो, र नेपाल बाँचेको पनि त्यही कारणले हो।”

उनको संकेत स्पष्ट थियो — मुलुक आन्तरिक अस्थिरता र बाह्य प्रभावबीचको जटिल सन्तुलनमा उभिएको छ।

‘जेनजी आन्दोलन’ र नयाँ पुस्ताप्रतिको आशा

प्रचण्डले हालैको जेनजी आन्दोलन सन्दर्भमा पनि टिप्पणी गर्दै त्यसलाई नेपालको राजनीतिक चेतनाको नयाँ स्वरूपको रूपमा व्याख्या गरे।  उनले भने, “भदौ २३ गतेको आन्दोलन आन्तरिकमुखी थियो भने २४ गतेको आन्दोलन बाह्यमुखी — दुबै पक्षको सन्देश गम्भीर छ।” उनका अनुसार, नयाँ पुस्ताको आवाजले राजनीतिक दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य पारेको छ।

संवादको अन्त्यतिर प्रचण्डले मुलुक अहिले गम्भीर संकटमा रहेको पुनः दोहोर्याए। उनले भने, “राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्न अब सबै राजनीतिक दल, नागरिक समाज र प्रेस जगत एकजुट हुनुपर्ने बेला आएको छ।”

उनका अनुसार, संविधान, सर्वोच्च अदालत, सिंहदरबार र अन्य संवैधानिक अंगहरूको कमजोर अवस्थाले मुलुकको भविष्यबारे चिन्ता उत्पन्न गरेको छ।

संवादभरि प्रचण्डको स्वर एकैपटक राजनीतिक, आत्मालोचक र चेतावनीपूर्ण देखियो।

उनले ठाडो प्रश्न गरे — “यदि नेताहरूको ज्यान जोगाउन सेना सक्षम छ भने, राष्ट्रका मूल स्तम्भहरू किन असुरक्षित छन् ?” उनका यो प्रश्नले केवल सत्ता र सुरक्षाको विमर्श होइन, राष्ट्रिय स्वाधीनताको नैतिक मर्म र राज्य व्यवस्थाको वास्तविक उत्तरदायित्व माथि नयाँ बहस सुरु गराएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending