धनगढी । डोटीमा विद्युतीय माइक्रो बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अछामबाट धनगडीतर्फ आउँदै गरेको सु.प.प्र. ०१ ००१ ख ३९५६ नम्बरको ईभी हाइस दुर्घटनामा परेको हो।
जिल्लाको जोरायल गाउँपालिका-१ गोल्डेन भन्ने ठाउँमा भिमदत्त राजमार्ग अन्तर्गत शनिबार बिहान भएको दुर्घटनामा परी अछामको मंगलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
दुर्घटनामा परी घाइते हुनेमा कैलालीको धनगढी उपमहानगरपालिका–१२, घर भएका गाडी चालक अन्दाजी ३८ वर्षीय देब बहादुर थापा, अछामको मङ्गलसेन नगरपालिका–९ का १८ वर्षीय लोकेन्द्र रावल, सोही ठाउँका ४२ वर्षीय मेघ्या ढोली, १६ वर्षीय एकेन्द्र विक, करीव ३५ वर्षीय मोतिकला परियार, ११ वर्षीय बिराज परियार, ५३ वर्षीय भिम बहादुर ढोली रहेका छन्।
यस्तै, ११ वर्षीय सृष्टि परियार, ५ वर्षीय आहाना परियार, ५ वर्षीय एलिसा परियार, ५० वर्षीया पदमा परियार, ५ वर्षीय रिया परियार, वर्षीय १९ बिनोद परियार रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा अछामको मङ्गलसेन नगरपालिका–२ र्का २३ वर्षीय रबि परियार, ३७ वर्षीय नृप ढोली, ३८ वर्षीय देवराज भाट, ३० वर्षीया मनसरी परियार र अछामकै बान्निगढी नगरपालिका–१ जयगढका ५० वर्षीया इन्द्रसरा परियार रहेका छन्।
घाइतेमध्ये लोकेन्द्र रावल, एकेन्द्र विक, मोतिकला परियार, बिराज परियार, भिम बहादुर ढोली, सृष्टी परियार, बिनोद परियार र मनसरी परियारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २७ गते, २०८२ - २०:३६
काठमाडौँ। दक्षिणपूर्वी अस्ट्रेलियामा फैलिएको भयंकर डढेलोमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने करिब ३०० भन्दा बढी घर तथा भवन जलेर नष्ट भएका छन्। पछि...
पौष २७ गते, २०८२ - २०:३०
काठमाडौं । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जन सम्पर्क समितिले नियमित महाधिवेशनका माध्यमबाट पार्टीलाई बलियो र एकतावद्ध बनाउन आग्रह गरेका छन्। शनि...
पौष २७ गते, २०८२ - २०:२७
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ बुझाइएको बन्दसूचीमा समावेश उम्मेदवारहरूले पुस २८ गते नाम फिर्ता लिन सक्ने जनाएको छ। ...
पौष २७ गते, २०८२ - २०:२५
काठमाडाैं । प्यालेस्टिनी समूह हमासले गाजा पट्टीमा रहेका आफ्ना सबै सरकारी निकाय विघटन गरी जिम्मेवारी एक स्वतन्त्र प्रशासनिक समितिलाई हस्तान्तरण गर्ने त...
पौष २७ गते, २०८२ - २०:२३
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीलाई अझ संगठित, स्वच्छ र सुदृढ बनाउनका लागि विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्। द...
पौष २७ गते, २०८२ - १९:५५
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष र डा. शेखर कोइराला समूहको बहिस्कारका बी...
पौष २७ गते, २०८२ - १९:४७
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका हरेक तह गहिरो रूपमा केलाएर छलफल गरिने...
पौष २७ गते, २०८२ - १९:४३
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचनमा हुने हार–जितभन्दा पनि जनतामा पार्टीप्रतिको भरोसा जोगाउनु अहिलेको मुख्य चुनौती भएको ...
पौष २७ गते, २०८२ - १९:३५
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो लामो राजनीतिक जीवनको उत्तरार्द्धमा सबैभन्दा गम्भीर संकटको सामना गरिरह...
पौष २७ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सोमबार बिहान ८ बजेदेखि विशेष महाधिवेशनको बन्दसत्र सुरु हुने र सभापतिसहित पार्टीका शीर्ष नेता स...




प्रतिकृया लेख्नुहोस्: