काठमाडौं । सुन, जसले कसैका हातमा चमक ल्याउँछ, तर नेपालमा यही सुनले सरकारदेखि सुरक्षातन्त्रसम्मका हात कालो बनाइदिएको छ। नेपालमा सुन तस्करीको इतिहास पञ्चायतकालदेखि नै सुरु भएको हो। त्यसबेला दरबारभित्रकै केही शक्तिशाली व्यक्तिहरू भारत र हङकङमार्ग हुँदै सुन ल्याएर तिब्बतसम्म पुर्याउने भूमिगत जालोमा संलग्न थिए। उनीहरूलाई त्यसबेला “सुन बुढा” भनेर चिनिन्थ्यो।
२०४६ पछि जब राजनीतिक परिवर्तन भयो, सुन तस्करी पनि रूप बदल्दै राजनीतिमा मिसियो। पार्टीका नारा र ब्यानरमुनि सुन ओसार्ने खेल चल्न थाल्यो। कस्टमका अधिकारी, प्रहरी, व्यापारी र नेताहरू एउटै सञ्जालका सदस्यजस्तै बने। यो अवस्था तब खुल्न थाल्यो, जब २०७४ सालमा ‘गोल्ड डन’ भनेर चिनिने चूडामणि उप्रेती ‘गोरे’को नाम सार्वजनिक भयो।
गोरेको समूहले ३३ किलो सुन ओसार्ने क्रममा आफ्ना सहयोगी सनम शाक्यको हत्या गर्यो। शव व्यवस्थापनका लागि उनले प्रहरीका “मामा” भनिने केही उच्च अधिकृतसँग २ करोडको डिल गर्न खोजे। तर त्यो संवादकै आधारमा प्रहरीको ‘कोभर्ट अपरेसन’ सुरु भयो। अनुसन्धान अघि बढ्दै जाँदा तस्करीमा संलग्न प्रहरी, व्यापारी र राजनीतिक व्यक्ति क्रमशः उजागर हुन थाले।
छानबिन समितिले २९३ जनालाई थप अनुसन्धान गर्नुपर्ने सुझावसहित प्रतिवेदन तयार गर्यो। तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन बुझाउन निर्देशन दिएपछि, त्यो रिपोर्ट बीचमै रोकियो। पछि त्यो प्रतिवेदन ‘गायब’ भयो । जसरी सुन तस्करीका ठूला नामहरू गायब भएका छन्।
तीन वर्षपछि अर्को चरण सुरु भयो। विमानस्थल हुँदै ६० किलो सुन तस्करी हुँदा देश पुनः हल्लियो। यसपटक जालो अझै गहिरो थियो । चिनियाँ नागरिकदेखि नेपाली नेतासम्म।
पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोराहरू, सहसचिव झलकराम अधिकारीलगायतको नाम अनुसन्धानमा जोडियो। तर राजनीतिक दबाब, प्रशासनिक हिच्किचाहट र नातागोता संस्कृतिले यो मुद्दा पनि अन्यौलमा पुर्यायो।
नेपालमा अहिले पनि दैनिक ४० किलो सुनको माग छ, तर राष्ट्र बैंकबाट आधिकारिक रूपमा बजारमा पुग्ने सुन आधा मात्र हो। बाँकी कहाँबाट आउँछ भन्ने प्रश्नकै उत्तरमा तस्करीको जालो लुकेको छ। ‘सुनको माग रहुन्जेल तस्करी रोकिँदैन, बरु यसको शैली मात्र बदलिन्छ,’ पूर्वछानबिन समिति सदस्य वसन्तकुमार लामा भन्छन्।
दरबारदेखि पार्टी कार्यालयसम्म, प्रहरी ब्यारेकदेखि सीमा नाका र विमानस्थलसम्म । सुन तस्करीको सञ्जाल जस्तोसुकै सरकार आए पनि सक्रिय रहन्छ। कहिले विमानका ‘ब्रेक प्याड’ भित्र, कहिले मोटरसाइकलका पाङ्ग्राभित्र, कहिले नेताका नातेदारमार्फत सुन चलिरहन्छ।
नेपालमा सुनको चमक केवल बजारमा होइन, सत्ता र स्वार्थका गलियारामा पनि झल्किरहेको छ। फर्किएको सुन कहिल्यै ३३ किलो मात्र होइन । त्यो सत्ताको सुन हो, जसले देशका धेरै हात पोलिसकेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: