Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

संघर्षको घाउ, सम्मानको सिँगौरी : जेन–जी आन्दोलनका घाइते थापा सम्मानित

खबरडबली संवाददाता

पर्सा । कहिले काँही एउटा गोलीले इतिहासमा नाम कोर्छ, कहिले एउटा साहसले पीडालाई गर्वको प्रतीक बनाउँछ । ठोरी गाउँपालिका–२ इच्छानगरका नेत्रबहादुर थापा त्यस्तै युवामध्ये एक हुन् । जसले जेन–जी आन्दोलनमा लागेको गोलीलाई देश रूपान्तरणको प्रमाणपत्रजस्तै आत्मसात् गरे।

शुक्रबार, ठोरीको हरियो मैदानमा आयोजना गरिएको चौथो ठोरी गोल्ड कप–२०८२ को उद्घाटन समारोहमा जब थापा दोसल्ला ओढ्दै सम्मानपत्र ग्रहण गर्दै थिए, दर्शकदीर्घामा उठेको तालिले आन्दोलनको घाउलाई गौरवको स्वरूप दिन्थ्यो।

कार्यक्रममा पर्सागढी नगरपालिका मेयर गोकर्ण पाठक र ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले थापालाई सार्वजनिकरूपमा सम्मान गर्दै भने, “थापाको आत्मबलले पर्सा मात्र होइन, देशभरका युवाको गर्व बढाएको छ। न्याय र समानताको लडाइँमा उहाँको योगदानले हामी सबैलाई झक्झक्याएको छ।”

अध्यक्ष श्रेष्ठले थपे, “ज्यानको पर्वाह नगरी न्याय, समता र रूपान्तरणका निम्ति होमिनु एउटा अदम्य साहस हो। यो सम्मान केवल एउटा व्यक्तिको लागि होइन, नयाँ पुस्ताको प्रतिबद्धताको प्रतीक हो।”

त्यो क्षणमा, गोल्ड कपको उद्घोषण भन्दा ठूलो आवाज थियो । परिवर्तनको चाहनामा होमिएको एउटा पुस्ताको आत्मसम्मान। थापाको शान्त मुस्कानमा अझै पनि आन्दोलनका दिनहरूको धुवाँ र आवाज लुकेको थियो । तर, उनको नजरमा अब डर होइन, विश्वास थियो कि संघर्ष व्यर्थ छैन।

‘सम्मानले घाउ निको पार्दैन,’ उनले छोटकरीमा भने, “तर यो देखाउँछ  हामीलाई अब पनि सम्झिनेहरू बाँकी छन्।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending