काभ्रेपलाञ्चोक/भक्तपुर । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा आजदेखि यातायात पूर्ण रूपमा सञ्चालनमा आएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले क्षतिग्रस्त सडकमा अस्थायी ‘ट्रयाक’ खोली परीक्षणपछि बिहानदेखि राजमार्ग खुलाइएको जनाएको हो।
बाढीका कारण राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुली खण्डमा १७ स्थानमा क्षति पुगेको थियो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार, चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्ले र माम्ती क्षेत्रमा डाइभर्सन निर्माण गरी आजबाट पूर्ण सञ्चालन गरिएको छ।
डाइभर्सनको तयारी मंगलबारदेखि सुरु भएको थियो। बिहीबार दिउँसोदेखि रातसम्म करिब दुई दर्जन मेसिन प्रयोग गरेर अस्थायी सडक निर्माण गरियो। यसले चालकलाई सुरक्षित मार्ग उपलब्ध गराउने मात्र नभई, बाढीले कटान गरेको करिब चार किलोमिटर सडकको ट्रयाक परीक्षणको अवसर पनि प्रदान गर्यो।
योगेशले बताए अनुसार, “ट्रयाक खोलीसकेर खुलेको सडकको अवस्था परीक्षणका लागि केही सवारीसाधनले चलाएर हेरियो। साँघुरो तथा अस्थिर ठाउँमा राति पनि काम गरेर आज बिहानदेखि पूर्ण रूपमा यातायात सञ्चालनमा ल्याएका हौँ।”
गत वर्षको बाढीपहिरोले पनि उक्त क्षेत्रमा सडक क्षतिग्रस्त बनाएको थियो। त्यसबेला अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन भइरहेको थियो। यसपटक १९ स्थानमा डाइभर्सन निर्माणपछि सडक अझ सुरक्षित र व्यवस्थित बनेको स्थानीयवासी र यात्रुले बताएका छन्।
यो सडक पुनः सञ्चालनमा आएसँगै काभ्रेपलाञ्चोक, भक्तपुर, सिन्धुली लगायत पूर्वी नेपालको यात्रु र व्यापारीहरूका लागि सहज मार्ग सुनिश्चित भएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: