धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ जरैमा शुक्रबार राति एक युवकको घाँटी रेटी हत्या गरिएको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार हत्या गरिएका व्यक्ति २८ वर्षीय केशर बहादुर बुढा हुन् । उनी सुर्खेतको चौकुने गाउँपालिका–३ मोरीवनका स्थायी बासिन्दा भए पनि हाल परिवारसहित घोडाघोडी–८ मा बस्दै आएका थिए ।
प्रहरीका अनुसार बुढाको हत्या गरी मृतकको टाउको बोकेर दुई किशोर सुखडस्थित प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेका थिए।
हत्या आरोपमा घोडाघोडी–८ का १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति खाजा खाने क्रममा सामान्य भनाभन भएपछि विवाद चर्किँदा दुवै जना किशोरले धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
हत्या गरेपछि उनीहरूले मृतकको टाउको झोलामा राखी करिब डेढ घण्टा पैदल हिँडेर प्रहरी चौकी पुगेर आत्मसमर्पण गरेका थिए ।
घटनास्थल सिलबन्दी गरी प्रहरीले थप प्रमाण संकलन जारी राखेको छ । मृतकका आफन्त सुर्खेतबाट आइपुगेपछि मात्रै मुचुल्का र पोस्टमार्टम प्रक्रिया अघि बढाइने प्रहरीले जनाइएको छ ।
पक्राउ परेका दुवै किशोरले अपराध स्वीकार गरेका छन् भने, हत्या हुनुको वास्तविक कारण पत्ता लगाउन विस्तृत अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: