विराटनगर । रंगेलीका मालपोत कार्यालयका कर्मचारी र भूमाफियाको संगठित सञ्जालले सरकारी अभिलेख च्यातेर व्यक्तिको नाममा दर्ता गरेको जग्गा हिनामिनाको अर्को काण्ड फेला परेको छ।
रंगेली–२ (साबिक बबिया बिर्ता–३०) मा हुलाकी राजमार्गसँग जोडिएको कित्तापत्र नम्बर १७४ को १ विघा १९ धुर सरकारी जग्गा योजनाबद्ध रूपमा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ। चलनचल्तीको मूल्यांकन अनुसार यसको मूल्य ४ करोडभन्दा बढी रहेको छ।
जग्गा दर्ता गराउने क्रममा भूमाफिया र कर्मचारीको मिलोमतो भएको देखिन्छ। लीलाखरेल नामक व्यक्तिले आफ्नो ८० वर्षीय अशक्त बुबा छविलाल खरेलको नाममा जग्गा दर्ता गराएको खुलासा भएको छ। लीलाले २०८० सालमा वडा कार्यालयमा जग्गा ऐलानी भएको भन्दै आफ्नै नाममा दर्ता गर्न निवेदन दिएका थिए।
तर मालपोतका कर्मचारीको सेटिङमा २०८२ साल असार ३१ गते लीलाले उक्त जग्गालाई किर्ते कागजातका आधारमा आफ्नो नाममा दर्ता गराएका थिए र बिक्रीसमेत गरेका थिए। एउटै जग्गा एउटै व्यक्तिले ऐलानी स्वीकार र बुबाको नाममा दाबी गर्ने चलाखीले संगठित अपराधको संकेत दिएको छ।
साविकमा कित्ता नम्बर १२९ को जग्गा जंगलको थियो। सात विघाहा प्लटलाई १७२, १७३ र १७४ गरी तीन कित्ता बनाइएको थियो। त्यसमध्ये १७४ को करिब १ विघा १९ धुर जग्गा सरकारी नाममै खाली थियो। तर भू–माफियाले मालपोत कार्यालयमा किर्ते गरी कुनै आधारबिना छविलाल खरेलको नाममा दर्ता गराएका थिए।
जग्गा दर्ता भएपछि लीलाले तीव्र गतिमा बिक्री प्रक्रियामा अघि बढाए। बुबाको नाममा रहेको जग्गाबाट तीन कठ्ठा नविन पुरीलाई, एक कठ्ठा शान्ता निरौलालाई र १४ कठ्ठा १४ धुर जग्गा नवीना निरौलालाई पास गरिसकेका छन्।
मालपोत स्रोतका अनुसार, कर्मचारीको प्रत्यक्ष संलग्नता रहेको छ। ‘जुन दिन यो पारित हुनुपर्ने थियो, हाकिमज्यू बाहिर गएर अन्य कर्मचारीबाट काम गराइएको थियो,’ स्रोतले बताए।
८० वर्षीय खरेललाई यो विषयमा जानकारी नभएको र शारीरिक रूपमा अशक्त भएको जनाइएको छ। कांग्रेसको मूल्यको सार्वजनिक सम्पत्ति नक्कली कागजातको आधारमा हडपिएको यो घटना रंगेलीमा भू–माफियाको सञ्जाल कति बलियो छ भन्ने देखाउँछ।
मालपोत कार्यालय रंगेलीले औपचारिक छानबिन सुरु गरेको छ। रंगेली नगरपालिकाले जग्गा सार्वजनिक रहेको भन्दै प्रमाण पेश गर्न पत्र पठाएपछि, मालपोतले सम्बन्धित व्यक्तिलाई सात दिनभित्र स्वामित्व प्रमाण पेश गर्न निर्देशन दिएको छ।
यसअघि पनि मालपोत कर्मचारी र भूमाफियाको मिलोमतोमा दर्ता भएको १७ कठ्ठाभन्दा बढी ऐलानी जग्गाको नक्कली स्रेस्ता खारेज गरिएको थियो। यस प्रकरणमा संलग्न भनिएका तीन कर्मचारी र एक भूमाफिया विरुद्ध मोरङ जिल्ला अदालतले पक्राउ अनुमति दिएको छ।
पक्राउ परेका मुख्य योजनाकार:
कामदेव मण्डल, सुरक्षा गार्ड
रेवती अधिकारी, नायब सुब्बा
अर्जुन न्यौपाने, कम्प्युटर अपरेटर
भीमप्रसाद सिंह, जग्गा आफ्नो नाममा लिने
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - २०:२५
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...
पौष १० गते, २०८२ - २०:१३
नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...
पौष १० गते, २०८२ - २०:०३
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...
पौष १० गते, २०८२ - १९:५८
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...
पौष १० गते, २०८२ - १९:५३
काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...
पौष १० गते, २०८२ - १९:३६
लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...
पौष १० गते, २०८२ - १९:३०
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...
पौष १० गते, २०८२ - १९:२९
काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...
पौष १० गते, २०८२ - १९:२४
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...
पौष ९ गते, २०८२ - १८:४२
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...




प्रतिकृया लेख्नुहोस्: