Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

आगामी महाधिवेशनमा ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेसमा माग

खबरडबली संवाददाता

पाटन । नेपाली कांग्रेसका युवाले ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न पार्टीको ध्यानाकर्षण गराएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी एवम् केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराउँदै युवाहरूले पार्टीलाई युवामैत्री, चलायमान र जिम्मेवार संस्था बनाउन आग्रह गरेका हुन् ।

नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य आकाश उप्रेतीले भने, “पार्टी विषम परिस्थितिबाट गुज्रिरहेको छ, पार्टीको हरेक तहका समितिहरू अधिवेशनको सङ्घारमा भए पनि महाधिवेशन हुने नहुने अन्योलता छ । त्यसैले जेनजी प्रदर्शनपछिको अवस्थालाई ध्यान दिँदै पार्टी सङ्गठनमा युवाहरूका लागि खुला पार्टीका रूपमा स्थापित गराउन, मुलुकमा व्याप्त व्यथितिप्रति प्रगतिशील विचार भएका जेनजी समूहलाई आउँदो महाधिवेशनमार्फत सबै तहमा स्थापित गराउनु अनिवार्य छ। यसै विषयमा ध्यानाकर्षण गराएका छौँ ।”

युवाले सबै तहका निर्वाचनमा कम्तीमा पनि ४० प्रतिशत युवालाई पार्टीको उम्मेदवारका रूपमा अगाडि बढाउनुपर्ने व्यवस्था विधानमा नै उल्लेख गराउन, पार्टीका विभिन्न तहका समितिमा आउन हाल रहेका प्रतिबन्धात्मक व्यवस्था निलम्बर गर्न, पार्टीमा मनोनित र प्रतिनिधित्व गरिने पदहरूमा समावेशितालाई ध्यानमा राखी ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गराउन ध्यानाकर्षण गराएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै पार्टी उपसभापति धनराज गुरुङले युवाहरूको माग सकारात्मक रहेको र यसलाई सम्बोधन गर्न छलफल गरिने बताए ।  “युवा वर्गलाई निरुत्साहित गरिनु हुँदैन, उनीहरूको मागलाई सम्बोधन गर्नुपर्छ, निश्चित व्यवस्था गर्नुपर्छ । यस विषयमा छलफल हुन्छ”, उनले भने । 

यस्तै, सूचना तथा सञ्चार विभाग प्रमुख मीन विश्वकर्माले ‘जेनजी’ समूहबारे राखिएका माग सकारात्मक रहेकाले निश्चित व्यवस्था गर्न पहल गर्ने बताए । पार्टी केन्द्रीय सदस्य एवम् पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले सबै समूहको एकताबाट मात्र पार्टीको हित हुने धारणा राखे । उनले युवा पुस्तालाई बाहिर राखेर पार्टीलाई सङ्गठित र सशक्त बनाउन नसकिने भन्दै जनतामाझ जानका लागि पनि युवा प्रतिनिधित्वको विषय सम्बोधन गरिनुपर्नेमा जोड दिए । रासस  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: