Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

त्रियुगा नगरका सडकबत्ती तिहारअघि झिलिमिली बनाइने लक्ष्य

खबरडबली संवाददाता

उदयपुर । राति हिँडडुल गर्न सहज बनाउने र अपराधजन्य घटना न्यूनिकरणमा सहयोग पुर्याउने साधनका रूपमा सडकबत्तीको महत्त्व बढ्दो छ। तर हाल उदयपुरकाे त्रियुगा नगरपालिकाका धेरै सडकबत्ती बिग्रिएपछि नगरले मर्मत कार्यलाई तीव्र पारेको छ।

नगरपालिकाका कर्मचारीहरू विभिन्न टोलमा खटिएर सडकबत्ती मर्मत तथा मर्मतपछिका परीक्षण कार्य गरिरहेका छन् । नगरपालिकाका अनुसार, तिहारअघि नै प्रमुख सडकहरू झिलिमिली बनाउन लक्ष्य राखिएको छ।

सडकबत्तीले रातको समयमा महिला, बालबालिका र वृद्धवृद्धालाई सुरक्षा महसुस गराउने मात्र होइन, चोरी, अपराध, लागूपदार्थ दुरुपयोग जस्ता नकारात्मक गतिविधि घटाउने विश्वास लिइन्छ। उज्यालो सडकले सहरलाई सभ्य, सुन्दर र विकासको प्रतीकका रूपमा प्रस्तुत गर्छ।

नगरपालिकाले प्रत्येक जग्गाधनीले मालपोत तिर्दा सडकबत्ती शुल्क (लगभग दुई सय रुपैयाँ) असुल गर्ने व्यवस्था गरेको छ। नागरिकले तिरेको शुल्कको पूर्ण सदुपयोग गर्नुपर्ने आवाज स्थानीय स्तरमा उठिरहेको छ।

त्यस्तै, केही टोलमा अझै सडकबत्ती नपुगेको भन्दै ती क्षेत्रमा पनि विस्तार गर्न माग गरिएको छ।  “सडकबत्ती विकास र सुरक्षाको सूचक हो। यसको जतन र मर्मतमा स्थानीयवासीको पनि जिम्मेवारी हुन्छ,” एक टोल विकास समितिका प्रतिनिधिले बताए।

नगरले नागरिक, टोल विकास संस्था र प्राविधिक शाखाबीचको सहकार्यमा ‘उज्यालो सहर–त्रियुगा नगर’ अभियानलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending