Khabar Dabali २२ पुष २०८२ मंगलवार | 6th January, 2026 Tue
Investment bank

त्रियुगा नगरका सडकबत्ती तिहारअघि झिलिमिली बनाइने लक्ष्य

खबरडबली संवाददाता

उदयपुर । राति हिँडडुल गर्न सहज बनाउने र अपराधजन्य घटना न्यूनिकरणमा सहयोग पुर्याउने साधनका रूपमा सडकबत्तीको महत्त्व बढ्दो छ। तर हाल उदयपुरकाे त्रियुगा नगरपालिकाका धेरै सडकबत्ती बिग्रिएपछि नगरले मर्मत कार्यलाई तीव्र पारेको छ।

नगरपालिकाका कर्मचारीहरू विभिन्न टोलमा खटिएर सडकबत्ती मर्मत तथा मर्मतपछिका परीक्षण कार्य गरिरहेका छन् । नगरपालिकाका अनुसार, तिहारअघि नै प्रमुख सडकहरू झिलिमिली बनाउन लक्ष्य राखिएको छ।

सडकबत्तीले रातको समयमा महिला, बालबालिका र वृद्धवृद्धालाई सुरक्षा महसुस गराउने मात्र होइन, चोरी, अपराध, लागूपदार्थ दुरुपयोग जस्ता नकारात्मक गतिविधि घटाउने विश्वास लिइन्छ। उज्यालो सडकले सहरलाई सभ्य, सुन्दर र विकासको प्रतीकका रूपमा प्रस्तुत गर्छ।

नगरपालिकाले प्रत्येक जग्गाधनीले मालपोत तिर्दा सडकबत्ती शुल्क (लगभग दुई सय रुपैयाँ) असुल गर्ने व्यवस्था गरेको छ। नागरिकले तिरेको शुल्कको पूर्ण सदुपयोग गर्नुपर्ने आवाज स्थानीय स्तरमा उठिरहेको छ।

त्यस्तै, केही टोलमा अझै सडकबत्ती नपुगेको भन्दै ती क्षेत्रमा पनि विस्तार गर्न माग गरिएको छ।  “सडकबत्ती विकास र सुरक्षाको सूचक हो। यसको जतन र मर्मतमा स्थानीयवासीको पनि जिम्मेवारी हुन्छ,” एक टोल विकास समितिका प्रतिनिधिले बताए।

नगरले नागरिक, टोल विकास संस्था र प्राविधिक शाखाबीचको सहकार्यमा ‘उज्यालो सहर–त्रियुगा नगर’ अभियानलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा बैठकमा प्रचण्डको भारत भ्रमणबारे छलफल, ‘पार्टी कार्यक्रमका लागि गएको’ प्रस्टोक्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भारत भ्रमणबारे छलफल भएको छ। पार्टीले उक्त भ्रमण सरकारको...

राष्ट्रिय सभा निर्वाचनमा सबै दलसँग सहकार्य गर्ने नेकपाको निर्णय

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेश केन्द्रित दलहरूसँग सहकार्य गरेर अघ...

पाँच वर्षपछि पूर्वप्रधानन्यायाधीश जबराको हस्ताक्षरसँगै संसद विघटनसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसलामा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्...

राष्ट्रिय सभा निर्वाचनमा एमाले कांग्रेस सँगै, सात–सातको सौदा मिल्दा बाँकी क्लस्टरमा किचलो

काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक...

कोशी प्रदेशमा मन्त्री परिषद् हेरफेर

विराटनगर ।  कोशी प्रदेश सरकारमा मन्त्री परिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमाले र नेपाली कांग्र...

निर्वाचनको मोडमा नेपाल : नेतृत्व, षड्यन्त्र र राष्ट्रनायकको सवाल

नेपाल निर्णायक राजनीतिक मोडमा प्रवेश गरिसकेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि सबै राजनीतिक दलहरूले दल दर्ता तथा समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक ...

वीरगञ्जमा कर्फ्यू, भेला र प्रदर्शनमा रोक

पर्सा। धार्मिक तथा सामाजिक विषयका कारण उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभ...

नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच विशेष सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटल लि. बीच कर्मचारी, ग्राहक र परिवारका लागि विशेष छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार, बैंकका कर्म...

युवा सशक्तिकरण र न्यायका लागि काम गरेका राहुल केसी अब चुनावी मैदानमा

काठमाडौँ। मानव अधिकार अभियान्ता राहुल केसी राजनीतिमा होमिने भएका छन्। आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारीका साथ उनले हाल स्वतन्त्र उम्...

राैतबटबाट स्रोत नखुलेको साढे दुई लाख नगदसहित भारतीय महिला पक्राउ

रौतहट । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।  ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending