Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

फेरि अपराधको बाटोमा : जेलभित्रका ‘जेनजी’हरू बाहिरिएपछि देश असुरक्षित

खबरडबली संवाददाता

काठमाडौं । असोज १३ को साँझ ठमेलको गल्लीमा रगत बग्यो— त्यो सामान्य अपराध थिएन, त्यो देशकै कानून र कारागार प्रणालीमाथिको ठट्टा थियो। नख्खु कारागारबाट जेन(जी आन्दोलनको हुलसँगै भागेका कैदी आकाश मगरले आफ्नै साथीको ज्यान लिएका छन्। लागुऔषध मुद्दामा कारागार पुगेका उनी कारागार भत्किँदा निस्किए र केही दिनमै हत्या आरोपमा पुनः चर्चामा आए।

हत्याका शिकार बने—२५ वर्षीय सुरज तामाङ, जो आकाशकै नजिकका साथी थिए। ठमेलको ह्याप्पी होटल अगाडि भएको खुकुरी प्रहारपछि सुरज वीर अस्पताल पुग्दा पुग्दै प्राण गुमाए।
प्रहरीका अनुसार, “हत्यारा र पीडितबीच पुरानो चिनजान थियो। तर नख्खुबाट बाहिरिएपछि उनीहरूको सम्बन्ध घातक मोडमा पुग्यो।”

जेल टुट्दा ‘स्वतन्त्रता’ होइन, अराजकता फैलियो

जेन(जी आन्दोलनको दोस्रो दिन नख्खु कारागारमा जे भयो, त्यो अब देशभरका सुरक्षाकर्मी र प्रशासनका लागि दुःस्वप्न बनेको छ। त्यो दिन—राजनीतिक आन्दोलनको भीडसँगै हजारौं कैदीले ढोका तोडे, पर्खाल उक्लिए, र कानूनी साङ्ला तोड्दै बाहिरिए।

रवि लामिछानेजस्ता ठूला राजनीतिक पात्रको “रिहाइ दृश्य” पछि नख्खुका कैदीहरू पनि स्वतन्त्रताको उन्मादमा उत्रिए। तर त्यो स्वतन्त्रता केहीका लागि घातक बन्यो। मकवानपुरका आकाशदेखि काभ्रेका सन्तबहादुर तामाङसम्म—जेल तोड्नेहरू अब हत्याका समाचारमा प्रमुख पात्र बनेका छन्।

‘कारागार’ फर्किन नमान्ने पाँच हजार

सरकारी तथ्यांकले देखाउँछ । अहिले पनि पाँच हजारभन्दा बढी कैदी र बन्दी कारागार फर्किएका छैनन्। केही भारतमा समातिएका छन्, तर धेरै अझै बेपत्ता छन्। प्रहरी अधिकारीहरू भन्छन्, “कसरी नियन्त्रण गर्ने ? प्रणाली नै जलेको छ।”  नख्खु मात्र होइन, अन्य जेलहरूबाट पनि भाग्नेहरू अहिले गाउँ–शहरमा लुकेका छन्। केहीले आफ्नो नाम र ठेगाना फेरेका छन्, केही पुनः अपराधमा फर्किएका छन्।

राजनीतिक आन्दोलन कि अपराधको खुला ढोका ?

जेन–जी आन्दोलनले देशको राजनीतिक स्वरूपलाई हल्लायो, तर त्यससँगै कानूनी र सुरक्षात्मक संरचनालाई पनि भत्कायो। आन्दोलनको दुस्साहसिक क्षणमा भत्किएका कारागारका पर्खालहरू अहिले न्याय र सुरक्षामाथि प्रश्न बनेका छन्।

“जेलबाट निस्केका मध्ये धेरैले नयाँ जीवन सुरु गर्छन् भन्ने हाम्रो कल्पना थियो,” प्रहरी स्रोत भन्छ, “तर कतिपयले पुरानै अपराधी पहिचान दोहोर्याएका छन्।”

बालाजु, ठमेल, पनौती यी स्थानहरू अहिले केवल घटनास्थल होइनन्, समाजमा फैलँदो त्रासका प्रतीक बनेका छन् । जेलभित्रका अपराधीहरू जब बाहिरिन्छन्, त्यो केवल एक प्रशासनिक असफलता होइन । त्यो नागरिक सुरक्षामाथिको ठूलो जोखिम हो । र प्रश्न बाँकी छ । जेन–जी आन्दोलनले ल्याएको यो ‘स्वतन्त्रता’ अन्ततः कोहीको जीवन र देशकै स्थिरता सँगै लिँदै त छैन ?

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending