काठमाडौं । असोज १३ को साँझ ठमेलको गल्लीमा रगत बग्यो— त्यो सामान्य अपराध थिएन, त्यो देशकै कानून र कारागार प्रणालीमाथिको ठट्टा थियो। नख्खु कारागारबाट जेन(जी आन्दोलनको हुलसँगै भागेका कैदी आकाश मगरले आफ्नै साथीको ज्यान लिएका छन्। लागुऔषध मुद्दामा कारागार पुगेका उनी कारागार भत्किँदा निस्किए र केही दिनमै हत्या आरोपमा पुनः चर्चामा आए।
हत्याका शिकार बने—२५ वर्षीय सुरज तामाङ, जो आकाशकै नजिकका साथी थिए। ठमेलको ह्याप्पी होटल अगाडि भएको खुकुरी प्रहारपछि सुरज वीर अस्पताल पुग्दा पुग्दै प्राण गुमाए।
प्रहरीका अनुसार, “हत्यारा र पीडितबीच पुरानो चिनजान थियो। तर नख्खुबाट बाहिरिएपछि उनीहरूको सम्बन्ध घातक मोडमा पुग्यो।”
जेल टुट्दा ‘स्वतन्त्रता’ होइन, अराजकता फैलियो
जेन(जी आन्दोलनको दोस्रो दिन नख्खु कारागारमा जे भयो, त्यो अब देशभरका सुरक्षाकर्मी र प्रशासनका लागि दुःस्वप्न बनेको छ। त्यो दिन—राजनीतिक आन्दोलनको भीडसँगै हजारौं कैदीले ढोका तोडे, पर्खाल उक्लिए, र कानूनी साङ्ला तोड्दै बाहिरिए।
रवि लामिछानेजस्ता ठूला राजनीतिक पात्रको “रिहाइ दृश्य” पछि नख्खुका कैदीहरू पनि स्वतन्त्रताको उन्मादमा उत्रिए। तर त्यो स्वतन्त्रता केहीका लागि घातक बन्यो। मकवानपुरका आकाशदेखि काभ्रेका सन्तबहादुर तामाङसम्म—जेल तोड्नेहरू अब हत्याका समाचारमा प्रमुख पात्र बनेका छन्।
‘कारागार’ फर्किन नमान्ने पाँच हजार
सरकारी तथ्यांकले देखाउँछ । अहिले पनि पाँच हजारभन्दा बढी कैदी र बन्दी कारागार फर्किएका छैनन्। केही भारतमा समातिएका छन्, तर धेरै अझै बेपत्ता छन्। प्रहरी अधिकारीहरू भन्छन्, “कसरी नियन्त्रण गर्ने ? प्रणाली नै जलेको छ।” नख्खु मात्र होइन, अन्य जेलहरूबाट पनि भाग्नेहरू अहिले गाउँ–शहरमा लुकेका छन्। केहीले आफ्नो नाम र ठेगाना फेरेका छन्, केही पुनः अपराधमा फर्किएका छन्।
राजनीतिक आन्दोलन कि अपराधको खुला ढोका ?
जेन–जी आन्दोलनले देशको राजनीतिक स्वरूपलाई हल्लायो, तर त्यससँगै कानूनी र सुरक्षात्मक संरचनालाई पनि भत्कायो। आन्दोलनको दुस्साहसिक क्षणमा भत्किएका कारागारका पर्खालहरू अहिले न्याय र सुरक्षामाथि प्रश्न बनेका छन्।
“जेलबाट निस्केका मध्ये धेरैले नयाँ जीवन सुरु गर्छन् भन्ने हाम्रो कल्पना थियो,” प्रहरी स्रोत भन्छ, “तर कतिपयले पुरानै अपराधी पहिचान दोहोर्याएका छन्।”
बालाजु, ठमेल, पनौती यी स्थानहरू अहिले केवल घटनास्थल होइनन्, समाजमा फैलँदो त्रासका प्रतीक बनेका छन् । जेलभित्रका अपराधीहरू जब बाहिरिन्छन्, त्यो केवल एक प्रशासनिक असफलता होइन । त्यो नागरिक सुरक्षामाथिको ठूलो जोखिम हो । र प्रश्न बाँकी छ । जेन–जी आन्दोलनले ल्याएको यो ‘स्वतन्त्रता’ अन्ततः कोहीको जीवन र देशकै स्थिरता सँगै लिँदै त छैन ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - १८:२६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भारत भ्रमणबारे छलफल भएको छ। पार्टीले उक्त भ्रमण सरकारको...
पौष २२ गते, २०८२ - १८:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेश केन्द्रित दलहरूसँग सहकार्य गरेर अघ...
पौष २२ गते, २०८२ - १८:१६
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसलामा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्...
पौष २२ गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक...
पौष २२ गते, २०८२ - १८:०४
विराटनगर । कोशी प्रदेश सरकारमा मन्त्री परिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमाले र नेपाली कांग्र...
पौष २१ गते, २०८२ - १४:१३
नेपाल निर्णायक राजनीतिक मोडमा प्रवेश गरिसकेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि सबै राजनीतिक दलहरूले दल दर्ता तथा समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक ...
पौष २१ गते, २०८२ - १४:०२
पर्सा। धार्मिक तथा सामाजिक विषयका कारण उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभ...
पौष २१ गते, २०८२ - १३:५८
काठमाडौं । नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटल लि. बीच कर्मचारी, ग्राहक र परिवारका लागि विशेष छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार, बैंकका कर्म...
पौष २१ गते, २०८२ - १३:५६
काठमाडौँ। मानव अधिकार अभियान्ता राहुल केसी राजनीतिमा होमिने भएका छन्। आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारीका साथ उनले हाल स्वतन्त्र उम्...
पौष २१ गते, २०८२ - १३:४८
रौतहट । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। ...




प्रतिकृया लेख्नुहोस्: