सुर्खेत । कर्णालीका सुर्खेत लगायतका क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायका युवाहरूले पछिल्लो समय रातको समयमा बस्ती असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्थाको माग गरेका छन्।
गत असोज २४ गते राति लेकबेँसी नगरपालिका नजिकैको राउटे बस्तीमा मदिरा सेवन गरेर प्रवेश गरेका एक युवकलाई समुदायका युवाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी मोहनजङ्ग बुढ्थापाले ती युवकविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। राउटे युवाहरूका अनुसार पछिल्लो समय बाहिरी मानिसहरू बिनाकाम बस्तीमा प्रवेश गर्ने र मादक पदार्थ सेवन गरेर अवाञ्छित गतिविधि गर्ने प्रवृत्ति बढ्दै गएको छ।
राउटे युवा दीपक शाही भन्छन्, “हिजोमात्र एक जना रक्सी पिएर बस्तीमा आएर हल्ला गर्यो, हामी त्रासमा छौँ। रातमा बिनाकाम बस्तीमा नआउन सबैलाई अनुरोध गर्छौँ।”
‘बस्तीमा प्रहरी चाहियो’
राउटे समुदायको संरक्षणका लागि काम गर्दै आएका सोसेक नेपालका दुर्गा खत्रीले बस्तीमा सुरक्षा चुनौती बढ्दै गएको बताउँदै स्थायी प्रहरी टोली खटाउन आवश्यक रहेको औंल्याए।उनका अनुसार, “रातको समयमा गलत नियतका मानिसहरू बस्तीमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ। यसले राउटेहरूको सुरक्षा मात्र होइन, उनीहरूको जीवनशैलीमै असर पार्दैछ।”
खत्रीले थपे “राउटेलाई भत्ताको साटो राशन दिनुपर्छ। भत्ताको पैसा प्रायः मदिरा किन्न प्रयोग हुने भएकाले उनीहरू स्वास्थ्य र सुरक्षाको दृष्टिले जोखिममा छन्।”
भाइरल ज्वरोको सङ्क्रमण
सुरक्षा समस्या मात्र होइन, पछिल्लो समय राउटे समुदायमा भाइरल ज्वरोको सङ्क्रमण पनि बढेको छ। राउटे बस्तीमा खटिएकी स्वास्थ्यकर्मी अनुजा पन्तका अनुसार, सुरुवातमा दुई जनामा मात्र ज्वरो देखिएको भए पनि अहिले २५ जनाभन्दा बढी बिरामी भएका छन्।
उनले भनिन्, “डेङ्गु परीक्षण गर्न नदिने भएकाले हामीले प्राथमिक उपचार मात्र गरेका छौँ। अन्य परीक्षणका लागि उनीहरू ‘कन्भिन्स’ हुँदैनन्।”
राउटे जनसंख्या लगातार घट्दै
राष्ट्रिय मानवअधिकार आयोगको २०८१ सालको प्रतिवेदन अनुसार, राउटे जनसंख्या लगातार घट्दै गएको छ। २०७५ सालमा १४९ रहेको जनसंख्या २०७८ सम्म आइपुग्दा १४४ मा झर्यो, र अहिले २०८१ को तथ्याङ्क अनुसार १३५ मा सीमित भएको छ।
विज्ञहरूका अनुसार, यो घट्दो संख्याको कारण सामाजिक परम्परा, विवाह सम्बन्धी नियम, अत्यधिक मदिरा सेवन, र कमजोर स्वास्थ्य अवस्था हुन्।
सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाका अनुसार, “राउटे समुदायमा तीन वंश — कल्याल, रास्कोटी र सोवंशी छन्। एउटै वंशबीच विवाह नहुने परम्परा र श्रीमान्को मृत्युपछि महिलाले पुनर्विवाह गर्न नपाउने संस्कारले जनसंख्या घटाएको हो।”
हाल राउटे समुदायमा २३ जना एकल महिला रहेका छन्, जसमा धेरैजसो २०–३० वर्ष उमेर समूहका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: