सुर्खेत । कर्णालीका सुर्खेत लगायतका क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायका युवाहरूले पछिल्लो समय रातको समयमा बस्ती असुरक्षित भएको भन्दै सुरक्षा व्यवस्थाको माग गरेका छन्।
गत असोज २४ गते राति लेकबेँसी नगरपालिका नजिकैको राउटे बस्तीमा मदिरा सेवन गरेर प्रवेश गरेका एक युवकलाई समुदायका युवाहरूले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एसपी मोहनजङ्ग बुढ्थापाले ती युवकविरुद्ध आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिए। राउटे युवाहरूका अनुसार पछिल्लो समय बाहिरी मानिसहरू बिनाकाम बस्तीमा प्रवेश गर्ने र मादक पदार्थ सेवन गरेर अवाञ्छित गतिविधि गर्ने प्रवृत्ति बढ्दै गएको छ।
राउटे युवा दीपक शाही भन्छन्, “हिजोमात्र एक जना रक्सी पिएर बस्तीमा आएर हल्ला गर्यो, हामी त्रासमा छौँ। रातमा बिनाकाम बस्तीमा नआउन सबैलाई अनुरोध गर्छौँ।”
‘बस्तीमा प्रहरी चाहियो’
राउटे समुदायको संरक्षणका लागि काम गर्दै आएका सोसेक नेपालका दुर्गा खत्रीले बस्तीमा सुरक्षा चुनौती बढ्दै गएको बताउँदै स्थायी प्रहरी टोली खटाउन आवश्यक रहेको औंल्याए।उनका अनुसार, “रातको समयमा गलत नियतका मानिसहरू बस्तीमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ। यसले राउटेहरूको सुरक्षा मात्र होइन, उनीहरूको जीवनशैलीमै असर पार्दैछ।”
खत्रीले थपे “राउटेलाई भत्ताको साटो राशन दिनुपर्छ। भत्ताको पैसा प्रायः मदिरा किन्न प्रयोग हुने भएकाले उनीहरू स्वास्थ्य र सुरक्षाको दृष्टिले जोखिममा छन्।”
भाइरल ज्वरोको सङ्क्रमण
सुरक्षा समस्या मात्र होइन, पछिल्लो समय राउटे समुदायमा भाइरल ज्वरोको सङ्क्रमण पनि बढेको छ। राउटे बस्तीमा खटिएकी स्वास्थ्यकर्मी अनुजा पन्तका अनुसार, सुरुवातमा दुई जनामा मात्र ज्वरो देखिएको भए पनि अहिले २५ जनाभन्दा बढी बिरामी भएका छन्।
उनले भनिन्, “डेङ्गु परीक्षण गर्न नदिने भएकाले हामीले प्राथमिक उपचार मात्र गरेका छौँ। अन्य परीक्षणका लागि उनीहरू ‘कन्भिन्स’ हुँदैनन्।”
राउटे जनसंख्या लगातार घट्दै
राष्ट्रिय मानवअधिकार आयोगको २०८१ सालको प्रतिवेदन अनुसार, राउटे जनसंख्या लगातार घट्दै गएको छ। २०७५ सालमा १४९ रहेको जनसंख्या २०७८ सम्म आइपुग्दा १४४ मा झर्यो, र अहिले २०८१ को तथ्याङ्क अनुसार १३५ मा सीमित भएको छ।
विज्ञहरूका अनुसार, यो घट्दो संख्याको कारण सामाजिक परम्परा, विवाह सम्बन्धी नियम, अत्यधिक मदिरा सेवन, र कमजोर स्वास्थ्य अवस्था हुन्।
सोसेक नेपालका कार्यकारी प्रमुख हीरासिंह थापाका अनुसार, “राउटे समुदायमा तीन वंश — कल्याल, रास्कोटी र सोवंशी छन्। एउटै वंशबीच विवाह नहुने परम्परा र श्रीमान्को मृत्युपछि महिलाले पुनर्विवाह गर्न नपाउने संस्कारले जनसंख्या घटाएको हो।”
हाल राउटे समुदायमा २३ जना एकल महिला रहेका छन्, जसमा धेरैजसो २०–३० वर्ष उमेर समूहका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २२ गते, २०८२ - १८:२६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हालैको भारत भ्रमणबारे छलफल भएको छ। पार्टीले उक्त भ्रमण सरकारको...
पौष २२ गते, २०८२ - १८:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले तथा मधेश केन्द्रित दलहरूसँग सहकार्य गरेर अघ...
पौष २२ गते, २०८२ - १८:१६
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको फैसलामा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्...
पौष २२ गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा निर्वाचनमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक...
पौष २२ गते, २०८२ - १८:०४
विराटनगर । कोशी प्रदेश सरकारमा मन्त्री परिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमाले र नेपाली कांग्र...
पौष २१ गते, २०८२ - १४:१३
नेपाल निर्णायक राजनीतिक मोडमा प्रवेश गरिसकेको छ। प्रतिनिधि सभा निर्वाचनका लागि सबै राजनीतिक दलहरूले दल दर्ता तथा समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक ...
पौष २१ गते, २०८२ - १४:०२
पर्सा। धार्मिक तथा सामाजिक विषयका कारण उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभ...
पौष २१ गते, २०८२ - १३:५८
काठमाडौं । नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटल लि. बीच कर्मचारी, ग्राहक र परिवारका लागि विशेष छुट दिने सम्झौता भएको छ। सम्झौताअनुसार, बैंकका कर्म...
पौष २१ गते, २०८२ - १३:५६
काठमाडौँ। मानव अधिकार अभियान्ता राहुल केसी राजनीतिमा होमिने भएका छन्। आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारीका साथ उनले हाल स्वतन्त्र उम्...
पौष २१ गते, २०८२ - १३:४८
रौतहट । सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ। ...




प्रतिकृया लेख्नुहोस्: