काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पछिल्ला दिनहरूमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् फैलिएका समाचार तथा आरोपहरूको तीव्र खण्डन गरेको छ ।
शुक्रबार जारी विज्ञप्तिमा सचिवालयका संयोजक गोविन्द आचार्यले प्रचण्ड र उहाँका परिवारका सदस्यहरूलाई लक्षित गरी गरिएको “तथ्यहीन, चरित्रहत्या र प्रायोजित प्रचारप्रसार”प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा अरूको चरित्रहत्या र मानहानी गर्ने गतिविधि निषेधित छन् । तर पछिल्ला केही सामग्रीहरूमा कानूनी र पत्रकार आचारसंहिताका मापदण्ड तोडेर एकतर्फी, पूर्वाग्रही र असत्य विवरणहरू प्रस्तुत गरिएको स्पष्ट छ।”
सचिवालयले केही सञ्चार माध्यम र डिजिटल प्लेटफर्ममा आएका ती सामग्रीहरूलाई “वाम नेतृत्वमाथि नियोजित आक्रमण”का रूपमा व्याख्या गरेको छ ।
विज्ञप्तामा विशेष गरी ‘जेनजी आन्दोलनअघि प्रचण्डको निवासबाट दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको’, ‘सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको’ र ‘गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको’ जस्ता दाबीहरूलाई “पूर्णरूपमा निराधार र भ्रामक” बताइएको छ । सचिवालयले ती आरोपहरूको सत्यता प्रमाणित गर्न सम्बन्धित सञ्चार माध्यमलाई चुनौती दिएको छ ।
साथै, डिजिटल माध्यमबाट गरिएको यस्ता गलत प्रचार–प्रसार साइबर कानुनविपरीत रहेको भन्दै आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा अनुरोध गरिएको छ ।
विज्ञप्तिको अन्त्यमा जनतालाई यस्ता भ्रामक र दुरासयपूर्ण प्रचारको भ्रममा नपर्न अपिल गर्दै भनिएको छ, “भविष्यमा यस्ता सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्षले नै वहन गर्नुपर्नेछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २० गते, २०८२ - ११:०६
काठमाडाैं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट प्रमुख चार दल—नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युन...
पौष २० गते, २०८२ - १०:३९
काठमाडौँ। भेनेजुएलाको सर्वोच्च अदालतले राष्ट्रपति निकोलस मदुरो अनुपस्थित भएपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिको जिम्मेवारी सम्हाल्...
पौष २० गते, २०८२ - १०:३८
विराटनगर। मोरङको रंगेली नगरपालिका–स्थित प्रसिद्ध संसारी माई मन्दिरमा चोरी भएको छ। मन्दिरबाट देवीदेवताका मूर्ति, चाँदीका गरगहना तथा दान पेटिकामा रहेको ...
पौष २० गते, २०८२ - १०:३६
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोटमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जिल्लाको ग...
पौष २० गते, २०८२ - १०:३२
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले हिंस्रक सैन्य आक्रमण गरेको भन्दै तीव्र निन्दा गरेका छन्। ...
पौष २० गते, २०८२ - १०:२९
ताप्लेजुङ । पवित्र धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ। सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो। हिमपात भएस...
पौष २० गते, २०८२ - १०:२७
रोल्पा। राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी सवार जीप दुर्घटनामा पर्दा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने नौ जना घ...
पौष १९ गते, २०८२ - २१:५१
काठमाडौँ । फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले एक नेपाली युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय नेपाली नागरिक प्रकाश पाठक रहेका छन् । उ...
पौष १९ गते, २०८२ - २१:५१
काठमाडौं । नेपाली राजनीतिको केन्द्रबिन्दु झापा–५ आगामी निर्वाचनको तयारीसँगै चर्चा र विश्लेषणको प्रमुख विषय बनेको छ। नेकपा ९एमाले० का अध्यक्ष तथा पूर...
पौष १९ गते, २०८२ - २१:३०
मकवानपुर । मादक पदार्थ सेवन (मापसे) जाँचका क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार एक कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। मादक पद...




प्रतिकृया लेख्नुहोस्: