काठमाडौँ । डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार डेंगु सङ्क्रमणबाट चार जनाको मृत्यु भएको छ । सोही समयमा देशका ७५ जिल्लाबाट पाँच हजार ८७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको किटजन्य शाखाका प्रमुख डा।गोकर्ण दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार डोल्पा र मनाङ गरी दुई जिल्लामा हालसम्म डेंगुु सङ्क्रमण पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा पुष्टि भएको छ । गण्डकी प्रदेशमा एक हजार ५०२ जनामा डेंगु पुष्टि भएको छ । त्यसैगरी बागमतीमा एक हजार ३८०, कोशीमा ८०३, लुम्बिनीमा ९९१, सुदूरपश्चिममा ६८४, कर्णालीमा ३९० र मधेशमा १२४ जनामा डेंगु पुष्टि भएको छ ।
चिकित्सकका अनुसार डेंगु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ । एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ । सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेंगुका प्रमुख लक्षण हुन् ।
त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ । डेंगु भएको बेलामा चिकित्सकको सुझावमा मात्र औषधी सेवन गर्न डा। पुनले आग्रह गरे। ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर चिकित्सकसाग परामर्श गर्न उनले अनुरोध गरे । डेंगु सङ्क्रमणको जोखिम आगामी कात्तिकसम्म रहने भएकाले थप सचेत रहन चिकित्सकको आग्रह छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २८ गते, २०८२ - १७:०१
कोलम्बो। श्रीलङ्का क्रिकेट बोर्ड (एसएलसी)ले बिहीबार घोषणा गर्दै आफ्ना खेलाडीले पाकिस्तानमै जारी एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछिको टि(-२० त्...
कार्तिक २८ गते, २०८२ - १६:४७
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएको छिन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
कार्तिक २८ गते, २०८२ - १६:३६
काठमाडौँ। विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रङ्क लाइन संरचनाबाट विद्युत् उपभोग गरेका २५ नयाँ उद्योगले प्रिमियम महसुल बक्यौताको पहिलो किस्ता तिरे...
कार्तिक २८ गते, २०८२ - १६:१६
काठमाडौं । गृहमन्त्रालयले एकैपटक ५८ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले अधिकांश जिल्लामा सीडीओ र सहायक सीडीओ हेरफेर गर...
कार्तिक २८ गते, २०८२ - १५:४६
काठमाडौं। जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले अब केन्द्रीय संयोजन समिति गठन गरिएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता सुदन क...
कार्तिक २८ गते, २०८२ - १५:३५
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले देशको शान्ति–सुरक्षा अवस्था अहिले सामान्य अवस्थामा फर्किसकेको र आगामी फागुन २१ गते हुने निर्वाचन स्वच्छ, निष्पक...
कार्तिक २८ गते, २०८२ - १५:२१
टोकियो। टोकियोमा अमेरिकी दूतावासलेसमेत चेतावनी “जारी गर्न प्रेरित गरेसँगै भालुको आक्रमणबाट बच्न प्रहरी अधिकारीहरूलाई बिहीबारदेखि भालुलाई गोली हान्न अन...
कार्तिक २८ गते, २०८२ - १४:४१
काठमाडौँ । जेनजी प्रदर्शनसँगै बिथोलिएको शान्ति–सुरक्षा हाल सामान्य अवस्थामा फर्किएको गृहमन्त्री ओमप्रकाश अर्यालले दाबी गरेको छन्। बिहीबार राष्ट्रिय सभ...
कार्तिक २८ गते, २०८२ - १४:२९
काठमाडौँ । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्म मात्रै मतदाता नामावली सङ्कलनको समय सीमा तोकेपछि देशभरका निर्वाचन कार्यालयहरूमा मतदाता परिचयपत्र बनाउन आउ...
कार्तिक २८ गते, २०८२ - १४:१०
ढाका । बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धका अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्ब...




प्रतिकृया लेख्नुहोस्: