काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ । पार्टी नेतृत्वविरुद्ध झुट्टा प्रचारप्रसार गरी भ्रम सिर्जना र चरित्रहत्या गरेको आरोपमा उजुरी दर्ता गरिएको माओवादीका नेता राजन दाहालले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनका अनुसार डिजिटल माध्यममार्फत गरिएको यस्तो गतिविधि साइबर अपराधसम्बन्धी कानुनविपरीत भएकाले अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको हो ।
यसअघि माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले पनि यस्ता दाबीहरूको आधिकारिक रूपमा खण्डन गरेको थियो । प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जारी गरेको प्रेस विज्ञप्तिमा देवेन्द्र सुवेदीले युट्युब च्यानलमा दिएको अभिव्यक्ति “प्रचण्डको निवासबाट जेनजी आन्दोलन अघि दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको र सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको” भन्ने पूर्णतः असत्य र दुरासयपूर्ण रहेको स्पष्ट गरिएको छ ।
सचिवालयले सम्बद्ध सञ्चार माध्यम र व्यक्तिलाई ती दाबीहरूको प्रमाण पेश गर्न चुनौती दिँदै आवश्यक कानुनी कारबाहीको माग गरेको थियो । पूर्व एआईजी सुवेदीले जेनजी आन्दोलनपछि एक युट्युब अन्तर्वार्तामा उक्त दाबी गरेका थिए, जसपछि सामाजिक सञ्जालमा त्यसले व्यापक चर्चा र आलोचना पाएको थियो ।
२४ भदौमा भएको जेनजी प्रदर्शनका क्रममा प्रचण्ड र उनका छोरीहरू रेणु र गंगा दाहालको घरमा आगजनी भएको थियो । त्यसयता माओवादी केन्द्र पार्टी नेतृत्वविरुद्ध भइरहेको प्रचारलाई “नियोजित र प्रायोजित चरित्रहत्या अभियान” भन्दै विरोध जनाउँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २८ गते, २०८२ - ११:०६
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आजपनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ५ हजार ९ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसाय...
कार्तिक २८ गते, २०८२ - १०:५७
काठमाडौं । जेनजीका प्रतिनिधि सुदन गुरुङले संगठनका माग पूरा नभइकन निर्वाचन असम्भव रहेको बताएका छन्। बिहीबार बिहान लैनचौरस्थित नेपाल स्काउटको जग्गामा रह...
कार्तिक २८ गते, २०८२ - १०:३४
काठमाडौं । लेखक गणेशकुमार प्रधानद्वारा लिखित पुस्तक ‘हाम्रो साँघुटार बजार’ को दोस्रो संस्करण सार्वजनिक गरिएको छ। स्थानीय इतिहास, संस्कृति र समाजको अध्...
कार्तिक २८ गते, २०८२ - १०:३४
काठमाडौँ । देशभरका प्रमुख कम्युनिष्ट नेताहरूबीच वामपन्थी शक्तिलाई पुनः एकताबद्ध गर्ने प्रयास तीव्र बनेको छ। हालै सार्वजनिक गरिएको ‘एकतामा कम्युनिष्टहर...
कार्तिक २८ गते, २०८२ - १०:१५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा हेटौँडामा तोडफोड र आगजनीमा संलग्न भएको अभियोगमा प्रहरीले पाँच जना पक्राउ परेका छन् । बागमती प्रदेशसभा सचिवालय भव...
कार्तिक २८ गते, २०८२ - १०:०७
बाजुरा । बाजुराका गाउँघरमा परम्परागत रूपमा पिठो र चामल पिस्न प्रयोग हुने ढुङ्गाको जाँतो अहिले लोप हुने अवस्थामा पुगेको छ। पहिलो पुस्ताका घरहरूमा जा...
कार्तिक २८ गते, २०८२ - १०:०३
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमे...
कार्तिक २८ गते, २०८२ - ०९:५९
समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउन आग्रह
कार्तिक २८ गते, २०८२ - ०९:४६
काठमाडौँ । कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण गरेका छन्। कार्तिक ...
कार्तिक २७ गते, २०८२ - १४:०६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र डा. भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान, नेपालबीच सात बुँदे सहमति भएको छ। सहमति पत्रमा नेकपा संयोजक...




प्रतिकृया लेख्नुहोस्: