Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

जेनजीबाट मन्त्रीको दौड : आदर्शबाट अवसरतिर

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलनका बेला नारा थियो— “व्यवस्था होइन, भविष्य बदल्छौं।”तर अहिले त्यही आन्दोलनका धेरै अनुहारहरू भविष्य बदल्ने होइन, मन्त्री बन्ने दौडमा उत्रिएका छन्।

प्रधानमन्त्री कार्यालयका एक स्रोतका अनुसार, हालसम्म ८० भन्दा बढी जेनजी युवाले आफ्ना सीभी (बायोडाटा) प्रधानमन्त्री कार्यालयमा पुर्‍याएका छन्। आन्दोलनमा अग्रपंक्तिमा देखिएका मात्रै होइन, पछि जोडिएका धेरैले पनि आफू योग्य रहेको भन्दै मन्त्री बन्न चाहना प्रकट गरेका हुन्। तर स्रोत भन्छ, “प्रधानमन्त्री सुशीला कार्कीले ती सीभीमध्ये कुनै पनि हेरेकी छैनन्। उहाँले अहिले त्यस विषयमा कुनै निर्णय गर्नुभएको छैन।”

सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय मध्ये कुनै एक जेनजी पुस्तालाई दिने तयारी गरेको बताइन्छ। तर नाम टुंग्याउन नसक्दा मन्त्री छनोटमा अन्योल छाएको छ।

प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, “जेनजीको नाममा अहिले ग्रुप–ग्रुपले बार्गेनिङ गरिरहेका छन्। कसले कति ठूलो योगदान दियो भन्ने बहस होइन, कसले कुन नेतासँग नजिक छ भन्ने हिसाबले दौड चलेको छ।”

अहिलेको अवस्था हेर्दा धेरैलाई लाग्न थालेको छ । जेनजी आन्दोलनको आदर्शभन्दा अवसर हावी हुन थालेको छ। आन्दोलनका बेला बुट्टे झोलामा प्लेकार्ड बोकेर सडकमा नारा लगाउनेहरू अहिले नेतासँग भेटघाटको लाइनमा छन्।

एक सहभागी युवाले भने, “हामीले न्यायका लागि आन्दोलन गरेका थियौँ, तर अहिले धेरै साथीहरू पदका लागि भिडिरहेका छन्। यो आन्दोलनको मर्मसँग मेल खाँदैन।” अर्को जेनजी नेतृले भने, “असली जेनजीहरूलाई बेवास्ता गरेर बाहिरका प्रभावशाली समूहहरूलाई प्राथमिकता दिइँदैछ।”

प्रधानमन्त्री कार्कीले यो विषयमा हालसम्म सार्वजनिक टिप्पणी गरेकी छैनन्। उनका सल्लाहकारहरूले पनि नाम छनोटमा कुनै दबाब नलिने र योग्यताको आधारमा मात्र निर्णय हुने बताएका छन् । तर राजनीतिक विश्लेषकहरूको बुझाइमा, आन्दोलनपछि युवाको ऊर्जा र उत्साहलाई संस्थागत गर्न सरकार असफल हुँदै गएको छ। विश्लेषक भीम न्यौपाने भन्छन्, “जेनजी आन्दोलनले देशको राजनीतिक दिशा बदल्ने क्षमता थियो, तर नेतृत्वले त्यसलाई पदको प्रतिस्पर्धामा सीमित बनाइरहेको छ।”

आन्दोलनको सपना र यथार्थ

भदौमा सुरु भएको जेनजी आन्दोलनले देशभरका युवालाई सडकमा उतारेको थियो। सडकमा घाम–पानी बेवास्ता गरेर उनीहरूले “नयाँ पुस्ताको शासन” को आवाज उठाएका थिए। तर आन्दोलनको एक महिनापछि नै सडकको नारा सत्ताको दैलोमा फिक्का हुन थालेको देखिन्छ।

अहिले सबैकाे मनमा   प्रश्न उठ्न थालेको छ के जेनजी आन्दोलनका युवाहरूले आफ्ना सहकर्मीहरूको बलिदानको सपना जोगाउँछन्, कि उनीहरू पनि पुरानो पुस्ताजस्तै सत्ता र सिटको खेलमा हराउनेछन्?

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किसानलाई माटो परीक्षण गर्न आह्वान

काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...

नेपाल टेलिकमको थ्रीजी सेवा क्रमिक बन्द, फोरजीमा रूपान्तरण सुरु

काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...

डोल्पामा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...

सर्लाहीको रामवनमा दुई किशोरी मृतावस्थामा फेला

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...

जनयुद्धकालदेखि संसदसम्मको राजनीतिक यात्रामा ‘बादल’, बने एमाले संसदीय दलको नेता

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...

नबिल बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा सूचीकृत

काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...

एमालेको रणनीति: सदनमा ‘वाचडग’ भूमिका, पहिलो बैठक अवरोध नगर्ने

काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...

सधैं साथमा तिम्रो’मा सुरेश–रेहाको रोमान्टिक प्रस्तुति सार्वजनिक

काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...

सवारी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending