Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

हमासले बुझाएको विपिनको शव डिएनए परीक्षणका लागि सैनिक अस्पतालमा, इजरायल सरकारले नै नेपाल पठाउने

खबरडबली संवाददाता

काठमाडौं । हमासबाट मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) मार्फत इजरायली सेनालाई हस्तान्तरण गरिएको छ । इजरायली सेनाले शवलाई अहिले सैनिक अस्पतालमा राखेको छ, जहाँ डिएनए परीक्षण र अन्य औपचारिक प्रक्रिया सुरु गरिएको छ ।

इजरायलस्थित नेपाली दूतावासका राजदूत धनप्रसाद पण्डितका अनुसार डिएनए परीक्षणपछि मात्र शवको औपचारिक पहिचान हुनेछ । ‘हमासले विपिन जोशीको भनेर बुझाएको शव डिएनए परीक्षणपछि मात्र पुष्टि हुन्छ,’ उनले भने, ‘रिपोर्ट आउन करिब चार घण्टा लाग्ने भनिएको छ । त्यसपछि मात्र नेपाल पठाउने तयारी सुरु हुनेछ ।’

राजदूत पण्डितका अनुसार इजरायल सरकारले नै कफिनमा बन्द गरेर शव नेपाल पठाउनेछ । यो प्रक्रिया पूरा हुन अझै केही दिन लाग्ने अनुमान गरिएको छ ।

कञ्चनपुरका २२ वर्षीय विपिन जोशी अध्ययनका क्रममा इजरायल गएका थिए । गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी अन्य नेपाली विद्यार्थीहरूसँगै बन्धक बनाइएका थिए । सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई हमास लडाकूहरूले अपहरण गरेर लगेका थिए ।

त्यसयता उनी बेपत्ता थिए । इजरायल–हमासबीच युद्धविराम सम्झौता भएपछि मंगलबार बिहान मात्रै इजरायली सेनाले विपिनको मृत्यु भएको औपचारिक जानकारी दिएको थियो । बन्दीहरू मुक्त गर्ने क्रममा हमासले मंगलबार नै उनको शव इजरायली पक्षलाई बुझाएको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार आज बजारमा गोलभेँडा, आल...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन वैशाख २८–३१ मा काठमाडौँमा हुने

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यस...

ताप्लेजुङ केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प

काठमाडौं। ताप्लेजुङ जिल्लाको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मि...

आजबाट श्रीस्वस्थानी व्रत कथा आरम्भ, यस्तो छ व्रत सुरु गर्ने विधि

काठमाडौँ । हिन्दु धार्मिक मान्यताअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रद्धालु महिलाहरूले एक महिना लामो श्रीस्वस्थानी व्रत बस्ने परम्...

बुद्ध एयर जहाज दुर्घटना अपडेट : कोपाइलटसहित ७ यात्रु सामान्य घाइते

 झापा । भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् । काठमाडौंबाट भ...

आजको मौसम : हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु

काठमाडाैं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ । जसका कारण केही प्रदेशमा मौसम आंशिक बदली भएक...

पत्रकार बेलवासेलाई पितृ शाेक

काठमाडौँ । कवि तथा पत्रकार ठाकुर बेलवासेका पिता ईश्वरीप्रसाद बेलवासेको ८६ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा काठमाडौँको महाराजगञ्जस्थित त्रिवि ...

लिखु गाउँपालिकाकाे टारकेराबारी पाँचदिने स्वास्थ्य परीक्षण तथा परामर्श शिविर सञ्चालन

ओखलढुंगा । ओखलढुंगाकाे लिखु गाउँपालिका–८, टारकेबारीमा स्वास्थ्य परीक्षण तथा परामर्श शिविर–२०८२ सञ्चालन गरिएको छ । वडा अध्यक्षको पहलमा वृद्ध–वृद्धा तथा...

समानुपातिक प्रणाली: परिवर्तनको सपना र नेतृत्वको असफलता

काठमाडाैं । नेपालले १० वर्षअघि नयाँ संविधानसँगै समानुपातिक प्रणाली लागू गर्‍यो। त्यो संविधान जारी हुँदा संविधानसभा अध्यक्ष सुवास नेम्बाङले भनेका थिए– ...

थारु बस्तीमा माघीको तयारी

दाङ। माघी पर्व नजिकिएसँगै दाङका थारु बस्तीमा तयारी शुरू भएको छ । थारु समुदायले नयाँ वर्षका रूपमा यो पर्व आउनुभन्दा एक महिनाअघिदेखि तयारी गर्ने चलनअनुस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending