Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

६२ वर्षको राजनीतिक यात्रा टुंग्याउँदै देउवाको बिदा : जेन–जी आन्दोलनपछि कार्यकारी भूमिकाबाट अलग

खबरडबली संवाददाता

काठमाडौं । जेन–जी आन्दोलनपछि चौतर्फी दबाबमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारदेखि कार्यकारी भूमिकाबाट विश्राम लिएका छन्।

सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकी आफू अब पुरानै भूमिकामा नफर्कने संकेत दिएका हुन्।

६२ वर्ष लामो राजनीतिक यात्रामा पाँचपटक प्रधानमन्त्री र १० वर्ष पार्टी सभापति रहेका देउवाले ८० वर्षको उमेरमा नेतृत्व हस्तान्तरण गर्दै राजनीतिबाट बिदा लिएका हुन्।

२००३ सालमा डडेल्धुराको रुवाखोलामा जन्मिएका देउवा १७ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय बनेका थिए। २५ वर्षको उमेरमै उनी नेविसंघको केन्द्रीय अध्यक्ष बनेका थिए।

देउवा २०५२, २०५८, २०६१, २०७४ र २०७८ सालमा गरी पाँचपटक प्रधानमन्त्री बनेका थिए। उनले आफ्नो कार्यकालमा कमैयाँ मुक्ति, छुवाछूत अन्त्य, भूमिसुधार र महिलाको सम्पत्ति अधिकार जस्ता निर्णय ऐतिहासिक उपलब्धि भएको दाबी गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार देउवा नेपाली राजनीतिमा “भाग्यमानी नेता” मानिए पनि उनको शासनकालमा सुशासनभन्दा बढी विवाद र आलोचना जोडिँदै आएको छ।

जेन–जी आन्दोलनपछि कांग्रेसभित्र नयाँ नेतृत्वको माग तीव्र बनेसँगै देउवाले अन्ततः कार्यकारी जिम्मेवारी खड्कालाई सुम्पेका हुन्। पार्टीभित्र अब १५औं महाधिवेशन मंसिरमा गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा बहस बढेको छ।

बैठकमा देउवाले देशलाई संवैधानिक बाटोमा फर्काउनका लागि २१ फागुनमा तोकिएको निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावरणमा गर्नुपर्ने बताएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending