काठमाडौं । जेन–जी आन्दोलनपछि चौतर्फी दबाबमा परेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबारदेखि कार्यकारी भूमिकाबाट विश्राम लिएका छन्।
सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकी आफू अब पुरानै भूमिकामा नफर्कने संकेत दिएका हुन्।
६२ वर्ष लामो राजनीतिक यात्रामा पाँचपटक प्रधानमन्त्री र १० वर्ष पार्टी सभापति रहेका देउवाले ८० वर्षको उमेरमा नेतृत्व हस्तान्तरण गर्दै राजनीतिबाट बिदा लिएका हुन्।
२००३ सालमा डडेल्धुराको रुवाखोलामा जन्मिएका देउवा १७ वर्षको उमेरदेखि राजनीतिमा सक्रिय बनेका थिए। २५ वर्षको उमेरमै उनी नेविसंघको केन्द्रीय अध्यक्ष बनेका थिए।
देउवा २०५२, २०५८, २०६१, २०७४ र २०७८ सालमा गरी पाँचपटक प्रधानमन्त्री बनेका थिए। उनले आफ्नो कार्यकालमा कमैयाँ मुक्ति, छुवाछूत अन्त्य, भूमिसुधार र महिलाको सम्पत्ति अधिकार जस्ता निर्णय ऐतिहासिक उपलब्धि भएको दाबी गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार देउवा नेपाली राजनीतिमा “भाग्यमानी नेता” मानिए पनि उनको शासनकालमा सुशासनभन्दा बढी विवाद र आलोचना जोडिँदै आएको छ।
जेन–जी आन्दोलनपछि कांग्रेसभित्र नयाँ नेतृत्वको माग तीव्र बनेसँगै देउवाले अन्ततः कार्यकारी जिम्मेवारी खड्कालाई सुम्पेका हुन्। पार्टीभित्र अब १५औं महाधिवेशन मंसिरमा गर्ने वा विशेष महाधिवेशन बोलाउने भन्ने विषयमा बहस बढेको छ।
बैठकमा देउवाले देशलाई संवैधानिक बाटोमा फर्काउनका लागि २१ फागुनमा तोकिएको निर्वाचन शान्त, निष्पक्ष र भयरहित वातावरणमा गर्नुपर्ने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १८ गते, २०८२ - २१:२८
काठमाडौं। कृषि विभागले माटोको गुणस्तर सुधारका लागि माटो परीक्षण गर्न किसानलाई आग्रह गरेको छ। विभागले माटोमा प्राङ्गारिक पदार्थको मात्रा कम पाइएपछि माट...
चैत्र १८ गते, २०८२ - २१:२४
काठमाडौँ । नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ। यस अन्तर्गत थ्र...
चैत्र १८ गते, २०८२ - २१:१७
डोल्पा । हिमाली जिल्ला डोल्पामा एक आमालाई अस्पताल लैजाने क्रममा बाटोमै सुत्केरी हुँदा नवजात शिशु मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका–७ पहाडाकी १७...
चैत्र १८ गते, २०८२ - २०:५७
सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित चौरमा दुई किशोरी झुन्डिएको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार रामनगर–६, सिसौटका बिनोद दासकी...
चैत्र १८ गते, २०८२ - २०:५६
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल चयन भएका छन्। बुधबार केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न निर्वाचनमा उनी दलको नेता निर्...
चैत्र १८ गते, २०८२ - २०:०७
काठमाडौँ — नबिल बैंक द्वारा जारी ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ। प्रति शेयर अंकित मूल...
चैत्र १८ गते, २०८२ - २०:०१
काठमाडौं । नेकपा एमाले ले प्रतिनिधिसभामा आफूलाई सजग ‘वाचडग’ (पहरेदार) का रूपमा प्रस्तुत गर्ने रणनीति तय गरेको छ। संसदीय दलको बैठकपछि दलका नेता रामबहाद...
चैत्र १८ गते, २०८२ - १९:५८
काठमाडौं । अमेरिकामा चिकित्सक पेशामा कार्यरत दम्पती सुरेश बस्नेत र रेहा पोखरेल ले ‘सधैं साथमा तिम्रो’ बोलको डेब्यु म्युजिक भिडियो सार्वजनिक गरेका छन्।...
चैत्र १८ गते, २०८२ - १९:५६
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका-९ गुम्बाचोकस्थित सडकमा ना.६ ख ...
चैत्र १८ गते, २०८२ - १९:५४
कपिलवस्तु । कपिलवस्तुमा छुट्टाछुट्टै भएको दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदीशपुरको जर्लैया जाने चोकमा लु२ख ...


प्रतिकृया लेख्नुहोस्: