Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

कहिले हुन्छ ओलीको अहंकारको अवतरण ?

खबरडबली संवाददाता

काठमाडौं । एमालेको बैठकका एजेन्डा ठूला छन्, तर सबैको दृष्टि एउटै नाममा अडिएको छ,  त्याे नाम हाे केपी शर्मा ओली।

उनका भाषणहरूमा अझै उस्तै आत्मविश्वास झल्किन्छ, शैलीमा पुरानै तीखा तर्क, र निर्णयमा उस्तै एकाधिकार थिए। तर, पार्टी भित्र र बाहिर दुवै ठाउँमा एउटा प्रश्न गुन्जिरहेको छ । “के अब ओली आफैंले आफ्नो अहंकारको अवतरण गर्ने बेला आएको छैन?”

जेनजी आन्दोलनपछि देशको राजनीतिक ध्रुवीकरण फेरि तीव्र बनेको छ । प्रचण्डले खुलेर भनेका छन् । “ओलीको नेतृत्व नरहे एमालेसँग एकताको ढोका खुल्न सक्छ।” यस वाक्यमा केबल सम्भावना छैन, चेतावनी पनि छ। एमालेभित्र पनि केही अनुहारहरू ओलीको स्थायी नेतृत्वप्रति मौन असन्तुष्टि बोकेर हिँडिरहेका छन्।

तर ओली अझै अडानमा छन्  “फेसबुकमा लेख्दैमा म पद छोड्दिन।” यो भनाइले उनको दृढता देखाउँछ, तर त्यही दृढता कहिलेकाहीँ अहंकारको छायाँमा हराउँछ। राजनीतिक इतिहासले देखाएको छ । अहंकारको राजनीति लामो दौडमा कहिल्यै जित्दैन । जब नेता पार्टीभन्दा ठूलो बन्न खोज्छ, पार्टी धीरे–धीरे सानो हुँदै जान्छ। एमाले आज त्यही मोडमा उभिएको छ । जहाँ निर्णय केवल ‘ओली रहुन् कि नरहुन्’ भन्ने प्रश्नमा सीमित हुन पुगेको छ।

ओलीका समर्थकहरू भन्छन् “ओली बिना एमालेको पहिचान हराउँछ।” तर, आलोचकहरू प्रश्न गर्छन् “ओलीकै कारण एमाले नयाँ पुस्तासँगको दूरी बढ्दै गएको होइन र ?” अब चुनौती ओलीकै लागि हो । इतिहासले उनलाई ‘संघर्षशील नेता’का रूपमा सम्झने हो, कि ‘अहंकारी नेतृत्व’का रूपमा।

उत्तर समयले दिनेछ। तर संकेतहरू देखिन थालेका छन् देश परिवर्तनको बाटोमा अघि बढ्दैछ, र अवतरणको बेला नेतृत्वले आफैं चिन्नु पर्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान निर्माण गरेका शक्ति एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...

दलका नेताको अनुपस्थितिमै संसदीय दल बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ ।  रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...

टिकटकर तुल्सा अधिकारीविरूद्ध मुद्दा दर्ता

काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...

बादलको अभिव्यक्ति पार्टी नीति विपरीत : विष्णु पौडेल

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...

नेपाल वायुसेवा निगमले शुक्रबारदेखि दुबई र दमाममा विशेष उडान गर्ने

काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...

मुग्लिन-नागढुंगा सडक थप तीन दिन राति राति बन्द हुने

चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...

रमेश लेखकलाई २ दिन थुनामा राख्ने अनुमति

काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...

बागमती प्रदेश श्रम सल्लाहकार परिषद्को बैठक सम्पन्न, रोजगारी विस्तार र सीप विकासमा जोड

हेटौँडा ।  बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...

प्रतिनिधिसभा बैठकमा भदौ २३–२४ का घटनामा मतभेद, कोही आक्रामक त कोही मौन

काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...

इरानमाथि ‘ठूलो हमला’ गर्ने ट्रम्पको धम्कीलाई लिएर चीनले के भन्यो ?

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending