रामेछाप। रामेछाप जिल्लाको सुनापति गाउँपालिकाका ७७ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । उक्त पालिकाको वडा नम्बर ३ का चार टोलका बासिन्दा पहिरोको जोखिममा परेका हुन्। पहिरोले पूरै बस्ती नै तानेपछि तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गरिदिन पीडितले माग गरेका छन् ।
सुनापति–३ मा पर्ने केउरेनी, साउने, नागासिवा र च्याम्दुङ टोलका बासिन्दा विस्थापित हुने खतरा छ । विगत लामो समयदेखि सामान्य पहिरो खस्दै आएको उक्त बस्ती यही असोज १७, १८ र १९ गते परेको अविरल वर्षाका कारण झन जोखिममा परेको हो ।
पहिरोले बस्ती नै तलतलिर तानेपछि कतिपय घर भत्किसकेका छन् भने धेरजैजो घर चिराचिरा परेर ढल्ने अवस्थामा पुगेका छन् । वर्षा रोकिएको दुई बित्न लाग्दा समेत पहिरो भने रोकिएको छैन । चक्लाबन्दी पहिरोका कारण बस्ती दिनदिनै तलतल सर्दै गइरहेका छन् । जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्ने काम अघि बढाइएको र राहतबापतको केही रकम पनि दिने तयारी भएको सुनापति गाउँपालिकाका उपाध्यक्ष गीता विष्टले बताए।
घरहरु दिनदिनै खानीखोलातर्फ बग्दै गएपछि पीडितले आफूहरुलाई तत्कालै सुरक्षित ठाउँमा बस्ने बासको व्यवस्था मिलाइदिन माग गरेका छन् । उक्त बस्तीमा बस्न सक्ने अवस्था नभएकाले तत्काललाई सुरक्षित ठाउँमा बस्ने वास मिलाइदिन र स्थानीयवासीको लागि सुरक्षित ठाउँमा बस्ती नै सार्नुपर्ने स्थानीय पीडित सीता खड्का बताउछन् ।
पहिरो क्षेत्रमा पर्ने बस्तीका बासिन्दालाई राति त्यस ठाउँमा नबस्न गाउँपालिकाले आग्रह गरे पनि अन्त बस्ने ठाउँ नहुँदा पीडित त्यहीँ बस्न बाध्य छन् । स्थानीय पीडित मीनबहादुर खत्रीका अनुसार २०३५ सालमा त्यस ठाउँलाई पहिरोको जोखिम क्षेत्रमा सूचीकृत गरिएको थियो । त्यति बेला त्यहाँका केही बासिन्दालाई बसाइँ सारेर अन्यत्र लगिए पनि पछि त्यस ठाउँमा पुन: बस्ती बसालिएको थियो । अब यस ठाउँमा बस्न सक्ने अवस्था नरहेको तर अन्यत्र सर्न पनि आफ्नो निजी जग्गा जमिन यही ठाउँमा भएको पीडित रोज थिङले बताए।
सुनापति–३ का वडाध्यक्ष कुलबहादुर थिङको नेतृत्वमा समिति बनाएर पीडितको पहिचान गरिसकिएकाले अब तत्कालै उनीहरुलाई राहत र पुनर्वासको व्यवस्था मिलाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठले बताए। पहिरो जोखिम क्षेत्रका बासिन्दालाई सरकारले तत्कालै राहत सँगसँगै उनीहरुको जीवन रक्षाको लागि अन्यत्र बसाइँसराइ गराएर स्थायी रुपमा पुनर्वासको व्यवस्था मिलाउन नसके ठूलो जनधनको क्षति अवस्था रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३० गते, २०८३ - १८:१३
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधानका लागि संवाद र छलफल आवश्यक रहेको भन्दै पाँच जना अग्रज न...
जेष्ठ ३० गते, २०८३ - १७:१६
तनहुँ । आधुनिकताको बढ्दो प्रभाव र पुस्तान्तरणको अभावका कारण भाषा, संस्कृति तथा ऐतिहासिक पहिचान संकटमा पर्न थालेपछि तनहुँका भुजेल समुदाय संरक्षण अभियान...
जेष्ठ ३० गते, २०८३ - १६:५८
पर्वत। पर्वतको बाच्छा गाउँबाट यस वर्ष एक करोड मूल्य बढीको भक्तपुरे लोकल काक्राको बिउ उत्पादनको आँकलन गरिएको छ । विहादी गाउँपालिका वडा १ मा पर्ने बाच्छ...
जेष्ठ ३० गते, २०८३ - १६:३५
सुर्खेत । चोरी मुद्दामा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवाको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ ...
जेष्ठ ३० गते, २०८३ - १६:२७
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा स्थापित गर्ने बताएको छन् ।...
जेष्ठ ३० गते, २०८३ - १६:११
बागलुङ। मध्यपहाडी लोकमार्गको बिहुँमा कार दुर्घटनामा परेको छ। आज बिहान बागलुङको काठेखोला गाउँपालिका –६ धैरेनी स्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको कार ...
जेष्ठ ३० गते, २०८३ - १६:०४
काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बन्यजन्तुको व्यवस्थापनका लागि सर्वदलीय बैठकबाट ठोस राष्ट्रिय दृष्टिकोण बनाउन आग्रह गरेको छन् । उनले म...
जेष्ठ ३० गते, २०८३ - १४:३८
काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार भएको बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरी प्रधान कार...
जेष्ठ ३० गते, २०८३ - १४:३३
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव स...
जेष्ठ ३० गते, २०८३ - १३:१४
घोराही। दाङको कालाकाटे-सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गर्दै गर्दा बालुवाले पुरिँदा एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालि...



प्रतिकृया लेख्नुहोस्: