काठमाडाैं । ओमनको मैदानमा शुक्रबारको साँझ नेपाली टिमले इतिहास रच्यो । टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि आफ्नो नाममा लेख्दै नेपालले अर्को विश्वकप यात्रा सुनिश्चित गर्यो। लगातार पाँच खेलमा शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहँदै नेपालले २०२६ मा हुने टी–२० विश्वकपमा स्थान बनाएको हो।
टस हारेर पहिले ब्याटिङ गर्न पुगेको नेपालले सुरुदेखि नै सामोआका बलरलाई दवाबमा राख्यो। ओपनर आसिफ शेखले ४१ बलमा ६९ रनको झिल्किलो पारी खेल्दा उनको साथ दिएका दीपेन्द्र सिंह ऐरीले ३३ बलमा ५३ रनको अर्धशतक बनाए। दुबैको साझेदारीले नेपाललाई बलियो पृष्ठभूमि दिएको थियो। त्यसपछि कप्तान रोहित पौडेल र लोकेश बमले अन्त्यतिर धमाका गरे । रोहित १२ बलमा २१ र बम १२ बलमा ३९ रनमा अविजित रहे।
नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रन बनायो — जुन लक्ष्य सामोआका लागि ‘दुर्गम पहाड’ सावित भयो। जवाफी ब्याटिङमा सामोआको टोली २० ओभरमा ७ विकेट गुमाउँदै ८७ रनमै सीमित रह्यो।
नेपालका बलरहरूले फेरि एकपटक उत्कृष्ट टोली प्रदर्शन गरे। ललित राजवंशीले ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कप्तान पौडेलले एक–एक विकेट हात पारे। सामोआका सेन सोलिया मात्र केही क्षण टिके । उनले ४० रन बनाएर टोलीलाई जोगाउने प्रयास गरे, तर सहयोगी पाएका छैनन्।
यो जित नेपालका लागि केवल उपाधि होइन, आत्मविश्वासको नयाँ शिखर पनि हो। पछिल्ला वर्षहरूमा स्थिरता खोजिरहेको नेपाली क्रिकेटका लागि यस सफलताले विश्वस्तरीय प्रतिस्पर्धामा आफ्नो स्थान बलियो बनाउने संकेत दिएको छ।
नेपालको शतप्रतिशत जितको अभियानले टिमवर्क, योजना र अनुशासनको उत्कृष्ट संयोजन देखायो। ओपनरदेखि टेलएन्डरसम्म सबैले आफ्नो जिम्मेवारी पूरा गरे। प्रशिक्षक मोन्टी देसाईको रणनीति र कप्तान रोहित पौडेलको संयमित नेतृत्वले यस विजयमा केन्द्रिय भूमिका खेले।
विश्वकपमा प्रवेशसँगै नेपाली क्रिकेट फेरि एकपटक विश्वमञ्चमा चम्किने अवसर पाएको छ। युवा र अनुभवको सन्तुलन भएको यो टोलीबाट आगामी दिनमा अझ ठूला उपलब्धिहरूको अपेक्षा गर्न सकिन्छ।
ओमनमा फहराएको नेपालको राष्ट्रिय झण्डा केवल एउटा खेलको विजय होइन—यो क्रिकेटमा नेपालको पुनर्जागरणको प्रतीक हो। सामोआमाथिको १२४ रनको जितले केवल ट्रफी होइन, करोडौं नेपालीका मुटुमा गर्वको झिल्को जलाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १९ गते, २०८२ - २१:४६
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माण गरेका शक्ति राष्ट्रिय स्वाधीनता...
चैत्र १९ गते, २०८२ - २१:४१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक दल नेताको अनुपस्थितिमै बसेको छ । रास्वपाका संसदीय दलका नेता प्रधानमन्त्री बालेन्द्...
चैत्र १९ गते, २०८२ - २१:३५
काठमाडौं। टिकटकर तुल्सा अधिकारीविरुद्ध मुद्दा दर्ता भएको छ। संगठित रूपमा धम्की, ब्ल्याकमेलिङ र आपराधिक लाभ (एक्सटर्सन) गरी करोडौं रुपैयाँ असुली गरेको ...
चैत्र १९ गते, २०८२ - २१:०५
काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभाको बिहीबारको बैठकमा व्यक्त गरेको धारणाप्रति पार्टीभित्र असन्तुष्टि देखिएको...
चैत्र १९ गते, २०८२ - १९:२४
काठमाडौँ । नेपाल वायुसेवा निगमले पश्चिम एसियाका दुबई र दमाममा विशेष उडान सञ्चालन गर्ने भएको छ। तीन दिनसम्म (३ देखि ५ अप्रिल) विशेष उडान हुने निगमले जन...
चैत्र १९ गते, २०८२ - १९:२१
चितवन । मुग्लिन–नागढुङ्गा सडकखण्ड अन्तर्गतको घोप्टेभीरमा जारी मर्मत तथा स्तरोन्नति कार्यका लागि थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको ...
चैत्र १९ गते, २०८२ - १९:१९
काठमाडौं । जेनजी आन्दोलनमा दमन गरेको अभियोगमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनु...
चैत्र १९ गते, २०८२ - १९:१७
हेटौँडा । बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयद्वारा गठित प्रदेश श्रम सल्लाहकार परिषद्को दोस्रो पूर्ण बैठक हेटौँडामा सम्पन्...
चैत्र १९ गते, २०८२ - १८:५८
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधिसभाको पहिलो बैठकमा गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यससँग सम्बन्धित घटनाबारे सांस...
चैत्र १९ गते, २०८२ - १८:३९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउने हप्ताहरूमा इरानविरुद्ध ठूलो हमला गर्ने चेतावनी दिएपछि चीनले मध्यपूर्वमा तत्काल युद्धविरामको आह्वान ...


प्रतिकृया लेख्नुहोस्: