Khabar Dabali ६ फाल्गुन २०८२ बुधबार | 18th February, 2026 Wed
Investment bank

जनकपुरधाममा व्यापारी र प्रहरीको झडप, जनकपुरधामको मुख्य बजारमा तनाव

खबरडबली संवाददाता

जनकपुरधाम। जनकपुरधामको सोनारपट्टीस्थित ज्वेलर्स पसलमा प्रहरीले गरेको छापामारीपछि व्यापारी र प्रहरीबिच गएराति भएको झडपमा प्रहरी र उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् ।

धनतेरशको पूर्वसन्ध्या शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–५ स्थित संजय पायल ज्वेलर्समा धनुषा प्रहरीले छापा मार्दा व्यापारी र प्रहरीको झडपमा संघका अध्यक्ष भण्डारी र केही प्रहरी समेत घाइते भएका हुन् ।

व्यापारीहरूका अनुसार प्रहरीको एकतर्फी कारबाहीका कारण व्यापारी समुदाय आक्रोशित बनेका छन् । झडपपछि जनकपुरधामको मुख्य बजार क्षेत्रमा केहीबेर तानावपूर्ण स्थिति सिर्जना भएको थियो।

संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमको नेतृत्वमा आएको प्रहरी टोलीले संघका अध्यक्ष भण्डारीमाथि ‘सांघातिक आक्रमण’ गरेको आरोप लगाएको छ ।

संघका अनुसार असोज ३१ गते साँझ करिब ६:१५ बजे डीएसपी बमको टोलीले जनकपुरधाम संजय पायल ज्वेलर्समा जबरजस्ती प्रवेश गरी पसलको तिजोरी तथा काउण्टरमा रहेका चाँदीका गहना लुटपाट शैलीमा लैजान खोजेको थियो । व्यापारीले त्यसविरुद्ध आपत्ति जनाएपछि घटनास्थलमा पुगेका अध्यक्ष भण्डारीले प्रहरी टोलीलाई “सामान लैजानु अघि मुचुल्का गर्न, भर्पाई दिन र कानूनी प्रक्रिया पूरा गर्न” आग्रह गर्दा प्रहरी टोलीले उहाँमाथि लाठी र बुटले कुटपिट गरेको संघले दाबी गरेको छ ।

कुटपिटबाट अध्यक्ष भण्डारी गम्भीर घाइते भण्डारी प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएको थियो । संघले उक्त घटनाको कडा शब्दमा निन्दा गर्दै डीएसपी गणेश बम, प्रहरी निरीक्षक मनोजकुमार यादव लगायत संलग्न प्रहरीकर्मीहरूलाई तत्काल निलम्बन गरी कानूनी कारबाही गर्न माग समेत गरेको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, “व्यापारीको सम्पत्ति जवरजस्ती लुटपाट शैलीमा लैजान खोज्ने प्रहरीको कार्य निन्दनीय छ । यस घटनाले जनकपुरधामका व्यापारीहरूमा भय र असुरक्षा उत्पन्न भएको छ ।” संघले दोषीमाथि तत्काल कारबाही नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

यता प्रहरी नायब उपरीक्षक (डीएसपी) बमका अनुसार संजय पायल ज्वेलर्समा छापा मार्ने क्रममा प्रहरीले करिब सात किलो चाँदी बरामद गरेको थियो । बरामद गरिएको चाँदीको मुचुल्का गर्न प्रहरी पक्षले सुनचाँदी व्यवसायी संघका प्रतिनिधिहरूलाई समेत बोलाएको थियो । र व्यवसायी संघका पदाधिकारीहरुले सहयोग पनि गरिरहेका थिए ।

“बरामद चाँदीको विवरण तयार गर्न व्यवसायी संघका पदाधिकारीहरूलाई पनि बोलाइएको थियो,” डीएसपी बमले भने, “तर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी आएपछि उनले उच्सृंखल व्यवहार देखाउँदै प्रहरीलाई काम गर्न नदिने अडान लिँदै प्रहरी टोलीमाथि आक्रमण गर्न खोजेपछि झडप भएको थियो ।”

सो घटनालाई नियन्त्रण गर्न बेला प्रहरीले सात राउण्ड हवाई फायर र दुई राउण्ड आश्रु ग्यास समेत छोडेको थियो । संघले सो घटनाबारे शनिबार जिल्ला प्रशासन कार्यालयमा पनि ध्यानाकर्षण पत्र बुझाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हामी सबै नेपालीको पेटमा सबैभन्दा बढी अन्न दिने भूमि मधेश हो : विश्वप्रकाश शर्मा

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले देश कठिन अवस्थामा रहेका बेला नेतृत्व सम्हाल्न सक्ने शक्तिलाई विजयी गराउनुपर्ने बताएका छन्।...

भोट नदिए पनि हुन्छ, कामको लिष्ट दिनुस्: बालेन शाह

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले आफ्नो पार्टीले जनताको काम गरेर देखाउने बताएको छन् ।  बुधवार धनगढीमा आयोज...

ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशील

ओखलढुङ्गा । ओखलढुङ्गाका १२ मतदानस्थल अति संवेदनशीलको सूचीमा परेका छन् । जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर रहेक...

कांग्रेसको ‘प्रतिज्ञापत्र’ सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेस ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी सभापति गगन...

बडिगाडको खोलाखर्कमा पिकअप दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

बागलुङ। बागलुङको बडिगाड गाउँपालिका–८ बाट गलकोट हटियातर्फ जाँदै गरेको पिकअप गाडी दुर्घटनामा परेको छ । ग ३ च ६५२१ नम्बरको बोलेरो पिकअप आज बिहान करिब ...

राष्ट्रिय समस्या समाधानपछि मात्र निर्वाचन उपयुक्त - पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकमा विद्यमान राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचन प्रक्रियातर्फ जानुपर्ने धारणा व्यक्त गरेका छन्। ...

धनगढीमा पुगेर रवि लामिछाने भने : बेथिति र बेरोजगारीको ‘सटर’ एकैपटक बन्द गर्छौं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बेथिति र बेरोजगारी अन्त्य गर्ने उद्देश्यसहित आफ्नो पार्टी राजनीतिमा आएको बताए...

भोजपुरमा सेना बोकेको बस दुर्घटना, २४ घाइते

काठमाडौं । भोजपुर नगरपालिका–३ स्थित सेतीबगरमा नेपाली सेना बोकेको बस दुर्घटनामा परेको छ। आगामी २१ फागुनमा टेम्केमैयुङ गाउँपालिका मा हुने निर्वाचनका ...

दुई वर्षमा बन्ने बाटो रास्वपाले डेढ वर्षमै बनाउँछ : बालेन शाह

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले दुई वर्षमा सम्पन्न हुने योजना डेढ वर्षमै पूरा गर्ने आफ्नो एजेन्ड...

बेनीघाट-आरुघाट-लार्के सडक चार दिन बन्द हुने

सुलीकोट । गोरखाको बेनीघाट – आरुघाट – लार्के सडकखण्ड अन्र्तगत धार्चे गाउँपालिका – ७ मा पर्ने न्याउनी खोला पुल चार दिनको लागि बन्द हुने भएको छ । उत्तरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE