Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

जनकपुरधाममा व्यापारी र प्रहरीको झडप, जनकपुरधामको मुख्य बजारमा तनाव

खबरडबली संवाददाता

जनकपुरधाम। जनकपुरधामको सोनारपट्टीस्थित ज्वेलर्स पसलमा प्रहरीले गरेको छापामारीपछि व्यापारी र प्रहरीबिच गएराति भएको झडपमा प्रहरी र उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् ।

धनतेरशको पूर्वसन्ध्या शुक्रबार जनकपुरधाम उपमहानगरपालिका–५ स्थित संजय पायल ज्वेलर्समा धनुषा प्रहरीले छापा मार्दा व्यापारी र प्रहरीको झडपमा संघका अध्यक्ष भण्डारी र केही प्रहरी समेत घाइते भएका हुन् ।

व्यापारीहरूका अनुसार प्रहरीको एकतर्फी कारबाहीका कारण व्यापारी समुदाय आक्रोशित बनेका छन् । झडपपछि जनकपुरधामको मुख्य बजार क्षेत्रमा केहीबेर तानावपूर्ण स्थिति सिर्जना भएको थियो।

संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बमको नेतृत्वमा आएको प्रहरी टोलीले संघका अध्यक्ष भण्डारीमाथि ‘सांघातिक आक्रमण’ गरेको आरोप लगाएको छ ।

संघका अनुसार असोज ३१ गते साँझ करिब ६:१५ बजे डीएसपी बमको टोलीले जनकपुरधाम संजय पायल ज्वेलर्समा जबरजस्ती प्रवेश गरी पसलको तिजोरी तथा काउण्टरमा रहेका चाँदीका गहना लुटपाट शैलीमा लैजान खोजेको थियो । व्यापारीले त्यसविरुद्ध आपत्ति जनाएपछि घटनास्थलमा पुगेका अध्यक्ष भण्डारीले प्रहरी टोलीलाई “सामान लैजानु अघि मुचुल्का गर्न, भर्पाई दिन र कानूनी प्रक्रिया पूरा गर्न” आग्रह गर्दा प्रहरी टोलीले उहाँमाथि लाठी र बुटले कुटपिट गरेको संघले दाबी गरेको छ ।

कुटपिटबाट अध्यक्ष भण्डारी गम्भीर घाइते भण्डारी प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएको थियो । संघले उक्त घटनाको कडा शब्दमा निन्दा गर्दै डीएसपी गणेश बम, प्रहरी निरीक्षक मनोजकुमार यादव लगायत संलग्न प्रहरीकर्मीहरूलाई तत्काल निलम्बन गरी कानूनी कारबाही गर्न माग समेत गरेको छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, “व्यापारीको सम्पत्ति जवरजस्ती लुटपाट शैलीमा लैजान खोज्ने प्रहरीको कार्य निन्दनीय छ । यस घटनाले जनकपुरधामका व्यापारीहरूमा भय र असुरक्षा उत्पन्न भएको छ ।” संघले दोषीमाथि तत्काल कारबाही नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।

यता प्रहरी नायब उपरीक्षक (डीएसपी) बमका अनुसार संजय पायल ज्वेलर्समा छापा मार्ने क्रममा प्रहरीले करिब सात किलो चाँदी बरामद गरेको थियो । बरामद गरिएको चाँदीको मुचुल्का गर्न प्रहरी पक्षले सुनचाँदी व्यवसायी संघका प्रतिनिधिहरूलाई समेत बोलाएको थियो । र व्यवसायी संघका पदाधिकारीहरुले सहयोग पनि गरिरहेका थिए ।

“बरामद चाँदीको विवरण तयार गर्न व्यवसायी संघका पदाधिकारीहरूलाई पनि बोलाइएको थियो,” डीएसपी बमले भने, “तर उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी आएपछि उनले उच्सृंखल व्यवहार देखाउँदै प्रहरीलाई काम गर्न नदिने अडान लिँदै प्रहरी टोलीमाथि आक्रमण गर्न खोजेपछि झडप भएको थियो ।”

सो घटनालाई नियन्त्रण गर्न बेला प्रहरीले सात राउण्ड हवाई फायर र दुई राउण्ड आश्रु ग्यास समेत छोडेको थियो । संघले सो घटनाबारे शनिबार जिल्ला प्रशासन कार्यालयमा पनि ध्यानाकर्षण पत्र बुझाएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारको बन्दसूची पेस गर्न राजनीतिक दललाई अनुरोध...

बालुवाटारमा प्रधानमन्त्रीले तीन शीर्ष नेतालाई भनिन् : यो घर तपाईंहरूकै हो

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटार प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेको छिन् ।  छलफलमा सहभागी नेतालाई सम्बोधन गर्दै उनले भनिन्, ‘यो ...

प्रधानमन्त्री कार्कीले दिइन् तीन दलका शीर्ष नेताहरूलाई चुनावमा सहभागी हुन निम्तो

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूलाई निर्वाचनमा सहभागी हुन औपचारिक निम्तो दिएकी छिन्। शनिबार बालुवाटा...

नेपाली कांग्रेसले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले नियमित महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्ने सुनिश्चितताका लागि महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने भएको छ। केही द...

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव हुँदैन : मन्त्री घिसिङ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर राजनीतिक एकता सम्भव नहुने स्...

एमाले सचिवालयको बैठक आइतबार, समानुपातिक उम्मेद्वारलाई अन्तिम रुप दिने मुख्य एजेण्डा

काठमाडौँ। नेकपा (एमाले)ले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय बैठक बोलाएको छ।   केन्द्रीय कार्यालय सचिव डा। भिष्म अधिकारीका अनुसार समानुप...

बालुवाटारमा प्रधानमन्त्री कार्की र प्रमुख तीन दलका नेताबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच आज प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भए...

रास्वपा र बालेनबीचको निर्णायक वार्ता अनिश्चित, बालेनको प्रस्तावप्रति रास्वपा असहमत

काठमाडौँ । शनिबार निर्णायक हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको टिमबीचको वार्ता अनिश्चि...

जेनजी आन्दोलनपछि पहिलोपटक बालुवाटार पुगे ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। गत भदौ २३ र २४ गते भएक...

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending