काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको तयारीलाई तिव्रता दिँदै आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्न लागेको छ। गृह मन्त्रालयले बैठक बिहान ११ बजेका लागि तय गरेको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बस्ने उक्त बैठकमा रक्षा सचिव, गृह सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको सहभागिता रहनेछ।
शनिबार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू र चारवटै सुरक्षा निकायका प्रमुखहरूबीच व्यापक छलफल भएको थियो। त्यसको भोलिपल्टै आजको बैठक डाकिएको हो।
बैठकमा एकीकृत निर्वाचन सुरक्षा योजनाको समीक्षा गरिनेछ र आगामी रणनीतिहरू तय गरिने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयअन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका सहसचिव आनन्द काफ्लेको संयोजकत्वमा गठित एकीकृत निर्वाचन सुरक्षा समितिले देशव्यापी सुरक्षा योजना तयार गरिरहेको छ।
सो समितिमा चारवटै सुरक्षा निकायका प्रतिनिधि सदस्य छन् भने उपसचिव रविन्द्र अधिकारी सदस्य–सचिव छन्। तयार पारिएको सुरक्षा योजना जिल्लामा पठाइनेछ, जसको कार्यान्वयन प्रमुख जिल्ला अधिकारीको संयोजनमा हुने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले गर्नेछ।
गृहमन्त्री अर्यालले शनिबार भने, "हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ। सुरक्षा योजना तीव्र गतिमा अगाडि बढिरहेको छ र निर्वाचन आयोगसँग निरन्तर समन्वय भइरहेको छ।"
सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सर्वाेच्च प्राथमिकता दिँदै सम्पूर्ण ध्यान निर्वाचनको सुरक्षित र व्यवस्थित सञ्चालनमा केन्द्रित गरेको छ। शनिबार शीतल निवासमा भएको छलफल राजनीतिक वातावरण अनुकूल बनाउने र समग्र सुरक्षा अवस्था बलियो बनाउने विषयमा केन्द्रित भएको थियो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: