Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छ : प्रचण्ड

खबरडबली संवाददाता

ललितपुर। नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अहिलेको परिस्थिति असाधारण र जटिल रहेको उल्लेख गर्र्दै अप्ठ्यारो परिस्थितिमा पार्टीको भूमिका बढेको बताएको छन् । 

माओवादी केन्द्र ललितपुर महानगरपालिका समितिको आयोजनामा आज महालक्ष्मीस्थानमा भएको नेपाल संवत् ११४६ को उपलक्ष्यमा आयोजित शुभकामना आदनप्रदान, चियापान तथा भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा पार्टीलाई ठूलो जिम्मेवारी आएकाले १० बुँदे मार्गदर्शन जारी गरिएको बताए। 

“गत भदौ २३ गते जेनजीले बेथिति, भ्रष्टाचार र कुशासनको विरुद्धमा आन्दोलित भएर राजनीति र देशप्रतिको मायाका साथै सुधारका लागि शक्ति प्रदर्शन गरेको हो, तर भदौ २४ गतेको आन्दोलनले देशमा कति खतरनक ढङ्गले गलत प्रवृत्तिको विकास हुँदैछ भन्ने पनि शिक्षा दिएको छ, यो हामीले बुझ्नुपर्छ, त्यसपछि हामी सबैले मुलुकमा राज्यविहीनताको अवस्थालाई अन्त्य गर्न भूमिका निर्वाह गर्यौँ”, उनले भने।

संयोजक प्रचण्डले जेनजी आन्दोलनका माग पनि पार्टीकै माग भएकाले आफूहरुले समर्थन गरेको उल्लेख गर्दै युवाको चाहाना र भावनाअनुसार  पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिए। 

“परिवर्तित परिस्थितिमा पनि रुपान्तरण हुने पार्टी माओवादी हो, जेनजी युवासँग पनि निरन्तर संवाद र छलफल भइरहेको छ, संविधान संशोधन गरेर उनीहरूले बुझ्नुपर्छ, क्रान्तिकारीहरूले दुष्मन र मित्र चिन्नुपर्छ, यो कुरा नवयुवाहरूले बुझ्नुपर्छ”, उनले भने।

उनले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विषयमा आमजनता र युवालाई बुझाउन आवश्यक रहेको बताए । “लेनिनले भनेको जस्तो क्रान्तिकारी पार्टीले र नेताले मात्र गल्ती स्वीकार गर्छन्, बुर्जुवा र प्रतिक्रान्तिहरूले गल्ती स्वीकार गर्दैनन्, जनताको नेतृत्व गर्ने पार्टीका रूपमा हामी फेरि रुपान्तरण हुनुपर्नेछ, भ्रष्टाचारीको संरक्षण गर्नेहरू र क्रान्तिकारीहरू एकै हैनन्”, उनले भने।

उनले प्रतिक्रियावादी र प्रतिक्रान्तिवादीहरूले पूर्वसभामुख कृष्णबहादुर महरालाई गलत सन्देश, बेइमानी र षड्यन्त्रको सुरुआत गरेको धारणा राख्नुभयो । संयोजक प्रचण्डले पार्टीको नेतृत्वमा को हुनुपर्छ वा को हुनुहुँदैन भनेर पत्रकारहरूले भन्ने हैन भन्दै त्यसको निराकरण सम्बन्धित पार्टीका सदस्यहरूले गर्ने विषय भएकामा ध्यानाकर्षण गराए।

केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकतम अधिकारलाई प्रत्याभूति गर्ने संविधान लेखेको उल्लेख गरे। उनले समाजवादी जनक्रान्ति सफल बनाउन जेनजी समूहका नवयुवा पुस्ताले गरेको मागअनुसारको सुशासन र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजानुपर्नेमा उनको जोड थियो । उहाँले दशवर्षे जनआन्दोलनमा समेत नभएको विध्वंस जेनजी आन्दोलनमा संविधान र व्यवस्था मास्ने षड्यन्त्रविरुद्ध राष्ट्रपतिले खेलेको भूमिकाले आन्दोलनलाई शान्त बनाएको बताउँदै फागुन २१ गतेको निर्वाचनलाई सफल बनाउन आवश्यक रहेको बताए।

नेकपा ९माओवादी केन्द्र० ललितपुर महानगर इन्चार्ज एवं संविधानसभा सदस्य राजकाजी महर्जनले पार्टीलाई उत्साहका नयाँ खालको जिम्मेवारीमा रुपान्तरण गर्न सन्देश प्रवाह गर्ने उद्देश्यका साथ विशेष कार्यक्रम आयोजना गरिएको बताउँदै तल्लो तहसम्म नयाँ कार्ययोजनासहित अगाडि बढ्ने प्रतिबद्धताका साथ क्रियाशील रहेको जानकारी गराए। ललितपुर महानगर समितिका अध्यक्ष रवीन्द्र महर्जनले पार्टीलाई समुदायमा स्थापित गराउँदै जानुपर्नेमा जोड दिए।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको महाधिवेशनमा नेकपाबाट वर्षमान पुन सहभागी हुने

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा नेता वर्षमान पुनलाई प्रतिनिधिका रूपमा पठाउने भ...

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्दै छ। बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा हुने भएको छ। दलका प्रमुख स...

उदयपुरमा स्कुल बस दुर्घटना, ३२ जना घाइते

उदयपुर। महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। बा।२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपु...

प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकसम्बन्धी जानकारी समेटिएको भिडियो सार्वजनिक गरेका छन्। बालेन्द्र शाहले...

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् नि:शुल्क

लमजुङ। लमजुङको मर्स्याङ्दी गाउँपालिकाले पालिकाबासीलाई ५० युनिट विद्युत नि:शुल्क दिने घोषणा गरेको छ । गाउँपालिकाले शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक...

स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी अध्यादेश राष्ट्रिय सभाबाट बहुमतले स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ लाई बहुमतले स्वीकृत गरेको छ । शुक्रब...

रवि लामिछानेविरुद्धको सङ्गठित अपराध अभियोग हटाउन अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लगाइएको सङ्गठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन ...

बर्डफ्लु सङ्क्रमणपछि जावलाखेल चिडियाखाना दुई साताका लागि बन्द

काठमाडौंँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेका केही पक्षीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना कम्तीमा दुई साताका लागि बन्द गरिएको ...

झापामा ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मामा र भान्जीको घटनास्थलमै मृत्यु

बिर्तामोड। झापाको कन्काई नगरपालिका–५ स्थित चप्रामारी भन्ने स्थानमा जोत्न निकालेको ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार ५ वर्षीया बालिकासह...

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक: बार अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बार एशोसिएशन का अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोग को सिफारिस गैरसंवैधानिक रहेको बताएका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending