Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

बजार कस्ले चलाउँछ ?

मालाको मूल्यमा फरक–फरक भाउ, उपभोक्ता हैरान

खबरडबली संवाददाता

बिहानको घाम बजारको टिनका छानामाथि टल्किन थालिसकेको थियो । हावामा मिश्रिएको गन्ध अस्थिर तर परिचित गुलाफ, सयपत्री, मखमली र पसिनाको । र्तिहारले घर प्रवेश गरी सकेकाे थियो । अनि बजार पनि उत्सवमय। सबैको हातमा बास्केट, फुलका हार, केहि बोरा, केहि नोट। म पनि यही भीडमा मिसिएँ । माला किन्न, घर सजाउन, देवताको पूजा गर्न। तर  आजकाे  बिहान मैले फुलभन्दा बढी कुरा पाएँ । बजारको आत्मा र मूल्यको रहस्य।

मोलमोलाइको बिहान

तरकारी बजारको कुनामा पुगेँ। ठेलामा फुलका मालाहरू झुण्डिएका थिए । केही अकबरे रातो, केही सुन्तलाझैँ पहेंला, केहीमा टल्किएको सुनको धागो । मैले एउटा माला उठाएर सोधेँ,  “दाइ, कति पर्छ?” पसलेले हात झिक्दै उत्तर दिए, “नौ सय।”

नौ सय सुन्दा म झसँग हुँदै मुस्कुराएँ, केही नबोली अर्को ठेलातिर लागेँ।  उस्तै माला, उस्तै रंग, उस्तै आकार । फरक केवल पसलेको दृष्टिमा थियो । उनी मलाई अघिदेखि नियालिरहेका रहेछन्।  “दाइ, बोहोनीको बेला हो, साढे आठ सयमा लैजानुस्,” उनले भने।

मैले पनि हाँस्दै भनेँ, “सात सयमा त घरनिरै छोडेर आको।”  उनको अनुहारमा हल्का निराशा, तर बोलीमा स्थिरता । “सात सयमा त लगानी पनि उठ्दैन, दाइ। हामीले खाने पनि ५० मात्रै हो।”

त्यो भनाइले मलाई सोच्न बाध्य पार्‍यो । के साँच्चै सात सयमा घाटा हुन्छ? के माला किसानको हातबाट यहाँ आइपुग्दा यति महँगो हुन्छ ? अनि कसको हातमा कति नाफा रहन्छ?

पसलेसँग कुरा गर्दै म बजारको पुरानो पहेलीमा प्रवेश गरेँ । उनले विस्तारै बताए, “दाइ, फूल गाउँमा सस्तो पर्छ, तर ढुवानी महँगो। कालिमाटीमा नै धेरै खर्च हुन्छ। यहाँसम्म ल्याउँदा भाडा, पोलिथिन, धागो, बत्ती, अनि स्थानभाडा सब जोडिन्छ।”

तर उनको बोलीमा आत्मविश्वास पनि थियो । “तर बजार भनेको सधैं एकै हुँदैन। बिहान सस्तो, दिउँसो महँगो, साँझ त दोब्बर।”  म मुस्कुराएँ। बजारको चलन, मोलमोलाइ, र समयसँगको सम्बन्ध कति सूक्ष्म रहेछ।

म सोच्दै थिएँ त्यो फूल कालिमाटी पुग्दा किसानले सायद एक माला पाँच सयमा बेच्दो होला। त्यहाँ दलालले थप्छ १००, ढुवानीले थप्छ ५०, पसलेले थप्छ ३००। अनि अन्ततः म जस्तै उपभोक्ता भन्छ, “कति महँगो!”  तर त्यो मूल्य कसको नियन्त्रणमा छ किसानको ? व्यापारीको? कि हामीजस्तै उपभोक्ताको?

‘हल्ला नगर्नुस् दाइ...’

मोलमोलाइ बढ्दै गयो। म पनि अड्डा जमाएर उभिएको थिएँ, उनी पनि मुस्कुराउँदै । अन्ततः उनले भने, “हल्ला नगर्नुस् दाइ, बोहोनीको बेला हो, तपाईँलाई सात सयमै मिलाउँछु।”  मैले अन्तिम प्रस्ताव राखेँ, “सात सय त म छोडेर आउँदैछु, केही त मिलाउनुस्।”
उनले नाप्दै भने, “ठिक छ, छ सय पचास, अन्तिम।”

सौदा टुंगियो। दुई माला लिएर बजारबाट बाहिरिँदा सूर्य माथि चढिसकेको थियो । हल्ला, ठट्टा, बोलाबोल र मोलमोलाइको आवाज पछाडि हराउँदै गयो । मैले पाएको सन्तुष्टि केवल दुई मालाको मूल्यमा थिएन, त्यो अनुभवमा थियो । बजारका तह र खेल बुझ्ने अवसरमा।

एक ग्राहकको आत्मसन्तोष र प्रश्न

म गदगद थिएँ ९०० को सट्टा ६५० मा माला किनेर ५०० रुपैयाँ जोगाएको महसुसले।
तर हिँड्दै गर्दा अर्को प्रश्न मनमा गड्यो “६५० मा पनि उनी घाटामा त परेका छैनन् होला नि?”

त्यो सोचले मलाई बजारको अर्थशास्त्रतिर तानेर लग्यो। मूल्य निर्धारण केवल माग र आपूर्तिको कुरा होइन रहेछ । त्यो भावनाको पनि खेल रहेछ। बिहान पसलेको हाँसो, दिउँसोको भीड, बेलुकाको थकान । यी सबैले मूल्य निर्धारण गर्छन्। अनि हामी उपभोक्ता, कहिले तर्क गर्छौं, कहिले सहन्छौं।

किसानको पसिना र बजारको चमक

त्यो माला जुन मैले ६५० मा किनेँ, सायद भोजपुर, मकवानपुर, काभ्रे वा भक्तपुरका खेतबाट आएको थियो। त्यहाँका किसानले बिहान सबेरै उठेर फूल टिपेका थिए, हातमा काँडा लागेका थिए, अनि बजारमा पुर्याउन गाडीको भाडा तिरेका थिए। 

त्यो पसिना यहाँको चमकमा हराउँछ।  हामी देख्छौं रंग, रूप र सुगन्ध। तर नदेख्ने कुरा हो मूल्यको अन्याय।  किसानले पाएको मूल्य र बजारमा तिर्नुपर्ने रकमबीचको फरक हेरौं । तीनदेखी पाँच सयमा बेचिएको माला उपभोक्तासम्म आइपुग्दा नौ सय बन्छ। त्यो ४०० को अन्तर कसको हातमा पर्छ ? ढुवानी, दलाल, बजार, र बीचका दर्जनौं साना खेलाडीहरूको।

तर कसैले प्रश्न गर्दैन। हामी सबै केवल भनिरहन्छौं—“कति महँगो भयो।” 

बजार: व्यवस्थाको प्रतिबिम्ब

बजार केवल व्यापारको स्थान होइन, समाजको दर्पण पनि हो। यहाँ विश्वास, प्रतिस्पर्धा, छलकपट, सहानुभूति सबै मिसिएका हुन्छन्। एक पसले मुनाफा खोज्छ, अर्का ग्राहक सस्तो चाहन्छ।  तर दुवैको कथा एउटै हाे बाँच्नकोलागि संघर्ष।

बजार चलाउने शक्ति केवल पैसामा होइन संचारमा, बुझाइमा र सहमतिमा पनि हुन्छ। पसले जान्दछ, कुन ग्राहक कति कुरा गर्छ। ग्राहक बुझ्दछ, कहिले मोलमोलाइ काम लाग्छ। यो मौन द्वन्द्व नै बजारको सौन्दर्य हो।

घर फर्कँदै गर्दा मैले माला टक्क हेरेँ। फुल अझै ताजा थिए, सुगन्ध अझै मीठो। तर ती फुलभित्र कतै पसिनाको गन्ध पनि थियो, जसलाई बजारले सुगन्धले ढाकिदिन्छ। त्यो सुगन्धको परतभित्र लुकेका छन् ।किसानको परिश्रम, पसलेको जोखीम, र हाम्रो अपेक्षा।

म सोच्दै थिएँ बजार कसले चलाउँछ? सरकार ? व्यापारी? उपभोक्ता? कि अदृश्य शक्ति माग र आपूर्तिको सूत्रले बाँधिएको ‘बजार मनोविज्ञान’?

शायद बजार हामी सबैले चलाउँछौं।  तर हामीले बुझ्न नसकेका कुरा हो बजार केवल लेनदेन होइन, सम्बन्धको जालो हो।  जहाँ एक किसानको पसिना र उपभोक्ताको नोट एउटै बाटोमा मिसिन्छन्।  त्यो बाटो कहिले असमान, कहिले अन्यायपूर्ण हुन्छ। तर जब म जस्तो ग्राहक, वा तपाईं जस्तै नागरिक, मोलमोलाइ मात्र होइन, मूल्यको अर्थ बुझ्न थाल्छौं त्यो दिन बजार साँच्चै निष्पक्ष हुन थाल्छ।

त्यो दिन शायद कसैले लेख्ला “बजार अहिले उपभोक्ताले होइन, चेतनाले चलाउँछ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending