Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

लमजुङको खुर्सानी पूर्व पुग्दा, पूर्वको बजार कता हरायो ?

अकबरे खेतीको संघर्ष, सफलता र बजारको यथार्थ

खबरडबली संवाददाता

कोशी प्रदेशका ठुला सहरमा दौडिरहेका छन् गंगा रिजाल। तर उनी दौडिरहेका छैनन् केवल बजारको पछाडि; उनी दौडिरहेका छन् आफ्नो मेहनत, सपना र नेपाली कृषि व्यवसायको भविष्यको खोजीमा। राजधानी काठमाडौँबाट पूर्वका सहरसम्मको उनको यात्रा केवल दूरीको होइन, चुनौती, संघर्ष र आशाको पनि यात्रा हो।

गंगा रिजाल लामो समयदेखि कृषि व्यवसायमा सक्रिय छन्। उनी र उनका परिवारले लमजुङको पाँचथर क्षेत्रबाट सुरु गरेका अकबरे खुर्सानीका बिरुवाहरू अहिले पूर्वी बजारसम्मको यात्रा गरिरहेका छन्।

बाँदर आतंक र नयाँ विकल्पको खोज

पाँचथरको फाल्गुनन्द गाउँपालिका–६, मेहेलबोटे। यहाँ पहिले मकै, कोदो र आलु फल्थे। तर बालीनाली प्रायः बाँदरको निशानामा पर्थ्यो। “अरू बाली त केही नहुने भयो, बाँदरले साह्रै दुःख दियो,” गंगा रिजाल भन्छन्।

रिजाल परिवारले बाँदरबाट बच्ने बालीको खोजी गर्दै करिब एक वर्षअघि अकबरे खुर्सानी खेती सुरु गरे। दक्षिण कोरियामा कृषि क्षेत्रमा काम गरेका भाइ मदन रिजालले त्यहाँको प्रविधि आफ्नो माटोमा लागू गर्ने साहस देखाए। गंगा, मदन, बुबा प्रेमप्रसाद र काका खोमनाथ मिलेर करिब २२ लाखको लगानीमा खेतीमा हात हाल्ने निर्णय गरे।

सुरुको लगानी बीउ, मल, सिँचाइ, प्रविधि र कामदारको ज्यालामा खर्च भयो। स्थानीय १५ जना रोजगारी पाए र ४५ हजार अकबरे बिरुवा रोपियो।

प्राकृतिक चुनौती र प्राविधिक ज्ञानको अभाव

तर खेती सजिलो थिएन। पहिले बिउकै समस्या आयो। लमजुङबाट महँगो बिउ ल्याउनुपर्यो । आधा केजी ३० हजार रुपैयाँ। बिरुवा रोप्ने बेलामा पानी नपर्दा कर्मचारीलाई निरन्तर पानी हाल्न खटाउनुपर्‍यो।

“सुरुमा त प्राविधिक ज्ञानकै अभाव भयो। कसले सिकाउने, के गर्ने भन्ने थाहा थिएन,” गंगाले सम्झिए। बिरुवा हुर्काए पनि रोग र कीराले आक्रमण गरे। कृषि ज्ञान केन्द्रसँग समन्वय गरेर केही सहयोग पाइयो।

यी चुनौतीका बाबजुद ४५ हजार बिरुवामध्ये करिब १० हजार मरे। तर बाँकी ३५ हजारले उनीहरूलाई आशा दियो। उत्पादन अब करिब ६ टन पुगिसकेको छ र सिजनभरि ४० टनसम्म पुग्ने अनुमान छ।

बजारमा प्रतिस्पर्धा र मूल्यको चुनौती

रिजाल परिवारको मेहनतले उत्पादन तयारी भयो, तर बजारमा अर्को समस्या उभियो। पालुङ, मकवानपुर र लमजुङतिरका सस्तो खुर्सानीको आयातले पूर्वी बजारमा मूल्य घटायो।

“हामीले प्रतिकेजी २५० रुपैयाँमा बेच्ने प्रयास गरेका थियौं। अहिले १५० रुपैयाँभन्दा तल झरेको छ,” गंगा भन्छन्। सरकारी अनुदान पाएका अन्य किसानले सस्तोमा पठाइरहेका कारण, उनीहरूले लगानीको प्रतिस्पर्धा गर्न सकिरहेका छैनन्।

स्थानीय अचार र चाउचाउ उद्योगहरूले किनिदिने आशा पनि निराशामा परिणत भयो। “उनीहरूले सिजनको सबैभन्दा सस्तो बेलामा मात्र उत्कृष्ट ग्रेडिङको मालमात्र खोज्छन्। हामी सानो किसानले लगानी गरेर उत्पादन गरेको माललाई उचित मूल्य दिन सक्दैनौं,” गंगा थप्छन्।

नेपालको अकबरे खुर्सानी भारतको दार्जिलिङ, सिक्किम र अन्य पहाडी क्षेत्रमा रुचाइन्छ। तर औपचारिक निर्यातको बाटो नहुँदा, उत्पादनको धेरै भाग अझै पशुपतिनगरजस्ता नाकाबाट अवैध तरिकाले बाहिर जान्छ।

सरकारी सहयोगको अभाव

रिजाल परिवारले अहिलेसम्म कुनै सरकारी निकायबाट ठोस सहयोग पाएको छैन। कृषि अनुदान, सहुलियत ऋण र प्राविधिक सहयोगका नारा सुनिए पनि व्यवहारिक रुपमा सहयोगको पहुँच शून्यभन्दा कम छ।

अझै, मेची राजमार्ग र तमोर कोरिडोरमा पहिरोले बाटो अवरुद्ध हुँदा ढुवानीमा समस्या थपियो। दसैँ–तिहारको समयमा यात्रुको सामानलाई प्राथमिकता दिइने हुँदा कृषि उत्पादन ढुवानी गर्न गाह्रो भयो।

पहिलो सिजनको अनुभव र भविष्यका योजना

पहिलो सिजनको अनुभव कठिन भए पनि रिजाल परिवार हतोत्साहित छैन। उनीहरूको योजना अर्को सिजनमा उत्पादन वृद्धि गर्ने र लागत घटाएर बजार प्रतिस्पर्धा गर्ने छ।

“जब हाम्रो उत्पादनको मात्रा बढ्छ, तब हामी कम मूल्यमा पनि नाफा कमाउन सक्छौँ,” गंगा भन्छन्। उनीहरू अन्य किसानलाई पनि यो खेतीमा आकर्षित गर्ने प्रयासमा छन्।

नेपालको अकबरे खुर्सानीको भविष्य उज्जवल छ । यदि सरकारले औपचारिक निर्यातको कानुनी बाटो खोलिदिए। अहिले पनि उत्पादन भारततिर अवैध तरिकाले जान्छ। गंगाले भने, “सरकारी पहल भए, किसानले पर्याप्त उत्पादन गरेर राम्रो आम्दानी गर्न सक्थे। तर अहिले प्रतिस्पर्धा र मूल्यको असमानता भित्र हामी सीमित छौँ।”

गंगा रिजाल र उनका परिवारले कठिन परिस्थितिमा लगानी, ज्ञान र श्रम खर्च गरेर व्यावसायिक खुर्सानी खेती सुरु गरेका छन्। बाँदर, खडेरी, रोग, बिउको अभाव, बजार प्रतिस्पर्धा र सरकारी सहयोगको कमी । यी सबै चुनौतीका बाबजुद उनीहरू अघि बढिरहेका छन्।

यो कथा केवल एउटा किसानको होइन, नेपाली कृषि व्यवसाय र किसानको संघर्ष, सपना र सम्भावनाको कथा हो। अकबरे खुर्सानीको सफलता प्रमाण हो कि मेहनत, योजना र प्राविधिक ज्ञानले चुनौतीलाई अवसरमा बदल्न सक्छ। तर यसको दीर्घकालीन सफलता सरकारी नीति, बजार व्यवस्थापन र निर्यातको बाटोको सहकार्यमा निर्भर छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधि सभा बैठक २९ जेठ, २०८३ LIVE

150

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका...

फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै रातो कार्डको वर्षा

काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै रातो कार्डको वर्षा भएको छ। सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै विजयी सुरुआत गर्दा ख...

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी  ।  रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् ।  मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँ...

बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

काठमाडाैं । बालबालिका कुनै पनि राष्ट्रको भविष्य हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकास सुनिश्चित गर्नु राज्य तथा समाजको साझा दायित्व ...

शरणार्थी ठगी प्रकरणमा नयाँ मोड, ओली–बादललाई अदालतमा झिकाउन निवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ जिल्ला अदालत काठमाडौंमा जारी रहेका बेला केही उच्च राजनीतिक र सार्वजनिक पदमा रहेका व्यक्तिलाई...

अध्ययन भिसा सिफारिसमा अनियमितताको आशंका, छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्र

काठमाडौं । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत छा...

विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रु...

संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प

संखुवासभा । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१...

ट्रम्पले किन फिर्ता लिए इरानविरुद्ध गर्ने भनेको आक्रमण ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको आक्रमण रद्द गरेको जानकारी सार्वजनिक गरेका छन् । यो घोषणा गर्नुभन्दा केही घण्टाअघि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending