Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुरको जुक्ती

खबरडबली संवाददाता

म्याग्दी ।  शहरको चमकदमक, सहज सुविधा र सामाजिक परिचय सबथोक छाडेर कोही व्यक्ति जब गाउँ फर्किन्छ, त्यसलाई सामान्य घटना भन्न सकिँदैन। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख स्वाँतका ६८ वर्षीय बलबहादुर तिलिजा पुन त्यस्तै पात्र हुन् । जसले सहरको सम्पन्नता छाडेर गाउँको आत्मालाई अँगालेका छन्।

भारतीय सेनाका पूर्व क्याप्टेन तिलिजा पोखराको रामबजारमा बस्दै आएका थिए। उनका एक छोरा बेलायती गोर्खा सैनिक छन्। तीन छोरी क्रमशः हङकङ, अमेरिका र पोर्चुगलमा। बाह्य दृष्टिले हेर्दा उनको जीवन सम्पन्न थियो । सुविधा, सन्तानको सफलता र सुरक्षित बुढेसकालका साथ। तर, एकदिन उनले निर्णय गरे “अब गाउँ फर्किन्छु।”

“छोरा, छोरी सबै विदेश, यहाँ स्याहार र सम्झना दिने कोही छैन भन्ने महसुस भयो,” उनले भने, “सहरमा पैसाले सबै कुरा पाइन्छ, तर आत्मीयता र चिनजान हराउँछ।”

त्यसपछि उनले पोखराको घर आफन्तको जिम्मामा छोडे र श्रीमती ज्यानमाया, जेठा छोरा नारायण र बुहारी कृष्णासहित २४ वर्षपछि जन्मथलो स्वाँत फर्किए।

गाउँ फर्कने मात्र होइन, गाउँ बसाउने योजना

फर्किएपछि उनले ठाने — गाउँमा बस्न चाहने युवाका लागि ‘आधार र अवसर’ दुबै चाहिन्छ। त्यसपछि उनले सुरु गरे ‘प्यारामिड होटल’। दुई रोपनी पाखो जमिन सम्याएर झन्डै रु १ करोड ८० लाख लगानीमा होटल निर्माण भयो।

“छोराबुहारीलाई गाउँ ल्याएर त्यतिकै राख्न भएन,” उनले मुस्कुराउँदै भने, “अब होटलकै कारण उनीहरू गाउँमै बाँधिएका छन्।”

गत हप्तादेखि सञ्चालनमा आएको होटलका १३ वटा कोठा सबै प्यारामिड आकारका छन्। एट्याच बाथरुम, न्यानो भित्री संरचना र हिउँदमा हिउँ नथुप्रिने बनावटका कारण यसको वास्तुकला अनौठो छ। भारतको सिलाङ र स्विजरल्याण्डका घरहरूको शैलीमा बनेको होटलले पर्यटकलाई हिमाल, हावा र गाउँको आत्मा एकैसाथ अनुभव गराउँछ।

होटलमा गाउँको स्वाद

होटलका परिकार पनि स्थानीय छन्। सिस्नोको मुना, रातो च्याउ, दौडे, स्थानीय कुखुरा र खसीबोकाको मासु, कोदो–मकैको ढिडो।
होटल व्यवस्थापनदेखि सरसफाइ र पाहुनाको स्वागतसम्म सबै परिवारकै जिम्मामा छ। बाहिरका श्रमिक नलिएर उनले आफ्ना सन्तान र बुहारीलाई गाउँमै रोजगारीको बाटो देखाएका छन्।

गाउँको सुन्दरता र सम्भावना

स्वाँत गाउँ अन्नपूर्ण चक्रीय पदमार्गको तातोपानी–घोडेपानी रुटमा पर्छ। शिखबाट एक घण्टा पैदल पुगिने यो गाउँबाट धौलागिरि हिमालको दृश्य स्वच्छ हावासँगै देखिन्छ। नजिकैको छहरे झरना पर्यटकको आकर्षण हो।

यहाँ अहिले ७० मध्ये करिब २५ देखि ३० परिवार मात्र स्थायी रूपमा बस्छन्। बाँकी परिवारका सदस्य पोखरा, काठमाडौं, बुटवल वा विदेशमा छन्। विद्यालयका प्रधानाध्यापक रामचन्द्र पाइजा पुन भन्छन्, “बलबहादुरको पहलले गाउँमा नयाँ ऊर्जा आएको छ। अब धेरैले फर्किन सोचिरहेका छन्।”

‘गाउँ फर्कौं’ अभियानको सन्देश

स्थानीय मनबहादुर पुनका अनुसार गाउँमा सडक, खानेपानी, बिजुली, इन्टरनेट र मोबाइलको पहुँच पुगेको छ। खेतीयोग्य जमिन, आलु र रायोको विउ उत्पादनका लागि उपयुक्त माटो छ। यी आधारभूत सुविधाले स्वाँतलाई बस्न योग्य गाउँ बनाएको छ।

बलबहादुर भन्छन्, “रित्तिँदै गएको गाउँमा सम्भावना देखाउन बजारको सुविधा छाडेर फर्किएको हुँ। अरूलाई पनि फर्कने प्रेरणा दिन चाहन्छु।”

उनको ‘प्यारामिड होटल’ केवल एउटा व्यापार होइन — गाउँ फर्कने दर्शनको प्रतीक बनेको छ। अनि बलबहादुरको जुक्ती, सहरबाट गाउँ फर्किन हिचकिचाइरहेका सयौँ सन्तानका लागि एउटा मौन आह्वान हो “गाउँमा फर्कौं, जहाँ हाम्रो जरो बाँकी छ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending