हुम्ला। हिजो आज चीनसँग सिमाना जोडिएको लाप्चा क्षेत्रको मौसम सफा हुँदा नेपाली भूमिबाट लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दुरदर्शन गर्न निक्कै सहज छ । न्यालु र लाप्चा क्षेत्रको हिउँ फाल्ने कार्य हुनु र मौसम पनि सफा हुने सिजन भएको कारण तीर्थ यात्रीहरुलाई सहज हुने गरेको हो।
यो मौसम नै लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गर्ने उपयुक्त समय भएको भरखरै लाप्चाबाट मानसरोवर कैलाशको दुरदर्शन गरेर फिर्ता हुनु भएकी छपाल लामाले बताए। चिसो बढी हुने गरेको भएपनि कैलाश मानसरोवर स्पष्ट र सफासंग देखिनु नै ठुलो कुरा भएको उनले बताए । लाप्चा क्षेत्र पुगेपछि बसौ बसौ र हेरी रहुँ जस्तो लाग्ने गरेको बताउदै मन नहुँदा नहुँदै फर्कनु पर्ने बाध्यता रहेको उनले बताए।
गत असोज २४ र २५ गते परेको हिमपातले केही लाप्चा जान समस्या गरेको भएपनि न्यालु, ताक्ची, पुल्की लाग्ना लगाएतका क्षेत्रमा जमेको हिउ पुर्वाधार बिकास कार्यालयबाट फाल्ने कार्य गरिएपछि लाप्चा पुग्न सहज भएको र यसबााट आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लाप्चा पुग्न संभव भएको नााम्खा गाउँपालिका– ६ का वडा अध्यक्ष पाल्जोर तामाङले बताए।
अन्य मौसममा बादल लागि रहने भएको कारण मानसरोवर कैलाशको दुरदर्शन गर्न सकिने नसकिने निश्चित नभएको बताउदै उनले यतिबेला भने आम्ने साम्ने भए जस्तै देखिदा मनै आनन्दित हुने गरेको उनले बताए। चिसो बढी हुने र तापक्रम माईनस डिग्री सेल्सिएस हुने भएको कारण बाक्ला र न्याना कपडा बोकेर जानु पर्ने उनको सुझाव छ ।
शुक्रबार मात्र दुई वटा जीपमा आन्तरिक पर्यटकहरु ताक्चीबाट ल्यालुतर्फ गएको बताउँदै अब हिउ नपर्दासम्म लाप्चा जान सकिने छ । यो सिजम न्यालु यात्राका लागि उपयुक्त समय भएको उनले बताउदै यस वर्ष आन्तरिक र वाह्य पर्यटक गरि एक हजार भन्दा बढीले यात्रा गरेको उनले बताए। बस्ने बास र खाने होटेलको पनि समस्या हैन । तुम्लिङ र टाक्ची गरि एक रातमा सत्तरी जना भन्दा बढी पर्यटकहरुको ब्यवस्था गर्न सकिने अवस्था रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ८ गते, २०८३ - १८:४०
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...
आषाढ़ ८ गते, २०८३ - १८:०७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...
आषाढ़ ८ गते, २०८३ - १७:५१
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...
आषाढ़ ८ गते, २०८३ - १७:४०
काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...
आषाढ़ ८ गते, २०८३ - १६:५८
काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...
आषाढ़ ८ गते, २०८३ - १६:०३
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...
आषाढ़ ८ गते, २०८३ - १५:५३
काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...
आषाढ़ ८ गते, २०८३ - १५:४२
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...
आषाढ़ ८ गते, २०८३ - १५:२५
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ । अत्यधिक गर्...
आषाढ़ ८ गते, २०८३ - १५:००
लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...



प्रतिकृया लेख्नुहोस्: