काठमाडौँ । नेपाली संगीत क्षेत्रका अग्रज गायक आनन्द कार्की अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। चार दशकदेखि नेपाली र हिन्दी गीत–संगीतमा सक्रिय रहँदै महत्वपूर्ण योगदान पुर्याएको कदरस्वरूप उनलाई भारतको शान्तिबनमा आयोजित ग्लोबल समिट २०२५ मा सम्मान गरिएको हो।
नेपालीसँगै हिन्दी भाषामा पनि अनेकौँ लोकप्रिय गीत र गजल गाएका कार्कीलाई शो समिटमा भारतका विभिन्न विशिष्ट व्यक्तिसँगै नेपालबाट सम्मान प्रदान गरिएको हो। शुभ दीपावली पर्वको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा विश्वका विभिन्न देशका कलाकार, चिन्तक र नेताहरूको उपस्थितिमा उनलाई सम्मान गरिएको थियो।
सम्मान ग्रहणपछि काठमाडौं फर्किएका गायक कार्कीले आफ्नो खुशी प्रकट गर्दै भने,
“आयोजक संस्था र सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु। दर्शक–श्रोतालाई समर्पित यो सम्मानले मलाई अझै उत्साहित बनाएको छ।”
कार्कीले भारतलगायत विभिन्न देशमा आयोजना भएका दर्जनौँ सांगीतिक कार्यक्रममा सहभागी हुँदै नेपाली गीत–संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य गर्दै आएका छन्। यही निरन्तर योगदानको कदरस्वरूप आयोजक संस्थाले उनलाई ग्लोबल समिट सम्मान प्रदान गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...
जेष्ठ २७ गते, २०८३ - ०८:५१
कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...
जेष्ठ २७ गते, २०८३ - ०८:४५
बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...
जेष्ठ २७ गते, २०८३ - ०८:३६
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...
जेष्ठ २७ गते, २०८३ - ०८:३१
काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...
जेष्ठ २७ गते, २०८३ - ०८:२४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...
जेष्ठ २७ गते, २०८३ - ०८:२०
काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...



प्रतिकृया लेख्नुहोस्: