Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

जेनजी आन्दाेलनमा जलेकाे सिंहदरबारका भवनमा रङरोगन, रुखहरूले पालुवा हाल्दै

खबरडबली संवाददाता

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा आगलागी हुँदा जलेका भवन र क्षतिग्रस्त संरचनाहरूको क्रमिक रुपमा सरसफाइ भइरहेको छ ।

परिसरका जलेका रुखहरूले पनि पालुवा हाल्न थालेससँगै सिंहदरबारको वातावरण क्रमशः सामान्यीकरण हुँदै गएको छ । 
आन्दोलनकै क्रममा भएको आगजनी र तोडफोडका कारण बिद्रुप बनेको सिंहदरबारमा विकास मन्त्रालयमातहतको सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयले सरसफाइपछि अहिले उक्त दिनको घटनाले झस्काउने खालको अवस्थाबाट क्रमशः सहज अवस्थामा उन्मुख भएको देखिएको छ । 

नेपाल सरकारको २०७५ पुस १८ गतेको मन्त्रिपरिषद्को निर्णयबाट बुटिक सिंहदरबारमा रूपमा रूपान्तरित सिंहदरबार परिसरमा भदौ २४ गतेको आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएपछि त्यहाँ सरसफाइको क्रम जारी छ । 

सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनालीले आगलागी र तोडफोडबाट भएका क्षतिको विवरण सम्बन्धित मन्त्रालयबाट माग गरिएको र अहिलेसम्म प्राप्त नभएको बताए । उनले क्षतिको विवरण आएपछि पुनः निर्माणलगायतका विषयमा सरकारले निर्णय गर्ने जानकारी दिए ।

आन्दोलनका क्रममा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित अधिकांश संरचना र पार्किङमा रहेका सवारीसाधनमा एकैसाथ आगलागी भएको थियो । 
आगलागीबाट कार्यालय परिसरका रुख बिरुवामा डढ्न पुगेकामा अहिले क्रमशः पालुवा पलाउन थालेको देखिएको छ ।

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले सिंहदरबारभित्र कति रुख बिरुवा छन् भन्ने यकिन नभए पनि आगलागीबाट प्रभावित रुखबिरुवा र भुईँको फोहर सरसफाइको क्रम लगभग सकिएको बताए ।

आन्दोलनका क्रममा सिंहदरबारमा रहेका सरकारी र निजी गरी एक हजारभन्दा सवारीसाधन जलेका थिए । ती सवारी साधनलाई नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (सङ्घीय संसद् भवन) मा लगेर राखिएको छ । यद्यपि, त्यो भवनमा पनि आन्दोलनबाट पूर्णतः ध्वस्त भएको छ । 

सिंहदरबारस्थित सङ्घीय निर्माणाधीन संसद् भवनमा शनिबार सहरी विकासमन्त्री कुलमान घिसिङले निरीक्षण गरी आसपासमा देखिएको फोहरलाई थप सरसफाइ गर्न निर्देशन दिएका थिए । 

सवारीसाधन थलेका भुईँमा अहिले पनि काला दाग देख्न सकिन्छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पालले छापेर राखिएको छ । 

सरकारले आन्दोलनका क्रममा भएका भौतिक क्षतिको विवरण सङ्कलन गर्दैछ भने आन्दोलनमा भएका जनधनको क्षतिको छानबिनका लागि गठित जाँचबुझ आयोगले कार्यारम्भ गरिसकेको छ । 

पुरातात्त्विक महत्त्व राख्ने सिंहदरबारलाई हरियाली बनाउने र पुरातात्त्विक महत्वका सामग्रीले सजिसजाउ गर्ने सरकारको २०७६ सालदेखिको पहलको एउटा चक्र पूरा भएका बेला आन्दोलन र आगलागीबाट क्षति पुगेपछि सिंहदरबारको स्वरुप विरुप हुन पुगेको छ । 

सरकारले आगलागी भएका मन्त्रालयका भवनको बाहिरी स्वरूपमा रङरोगन गरिरहेको छ भने अस्थायी रुपमा विभिन्न मन्त्रालयका काम नजलेका भवनबाट सञ्चालन गरिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गृह मन्त्रालयको पुरानो भवनस्थलको नयाँ कार्यालयबाट सञ्चालन भएको छ भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगैको भवनबाट गृह मन्त्रालय सञ्चालित छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय केशरमहलस्थित भवनबाट सञ्चालित छ ।नेपालको कूल क्षेत्रफलको करिब ४६ दशमलव ८ प्रतिशत भूभाग वन जङ्गलले ढाकेको छ । 

वन मन्त्रालयले हरित विकासको अवधारणाअनुरूप मानवीय क्रियाकलाप र विकास प्रक्रियालाई वातावरणमैत्री बनाउँदै जलवायु परिवर्तनको प्रतिकूल असरसँग अनुकूलित हुने दायित्व सिर्जना गरी मुलुकको समष्टिगत दिगो विकासमा जलवायु परिवर्तनले पार्ने प्रभावलाई न्यूनीकरण गर्दै वातावरण संरक्षण गर्न पहल गर्दै आएको छ ।

तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासका रूपमा सन् १९०३ मा सिंहदरबार बनाउन लगाएका थिए ।राणा शासनको अन्त्य भएपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय थालिएको थियो ।  विसं २०३० मा सिंहदरबारमा भएको ठुलो आगलागीबाट पनि त्यहाँ क्षति पुगेको थियो । 

सिंहदरबारको यो भवन युरोपेली शैलीमा बनेको छ । यसको भित्ताहरूमा सिकार गरिएका जनावर तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: