Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई पन्छाए पार्टी विभाजनतिर जान्छ : शेखर कोइराला

‘कतिले भन्छन् म देउवा समूहसँग मिलें, तर मेरो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउनु हो’

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको समय र स्वरूपलाई लिएर तीव्र मतभेद बढिरहेका बेला मध्यमार्गी धारमा रहेका नेता शेखर कोइरालाले पार्टीलाई एकढिक्का राख्ने आग्रह गरेका छन्। कान्तिपुरसँगको अन्तर्वार्तामा उनले नियमित महाधिवेशन मंसिरभित्रै गरिनुपर्ने स्पष्ट धारणा राख्दै “कार्यतालिका ल्याएर मात्र पार्टी विभाजन रोक्न सकिन्छ” भनेका छन्।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले तत्काल नियमित वा विशेष महाधिवेशन नबोलाइए छुट्टै भेला गर्ने चेतावनी दिइरहेका बेला शेखरले भने समन्वयको बाटो रोज्ने संकेत गरेका छन्। उनका अनुसार, विशेष महाधिवेशन बोलाउने जिम्मा केन्द्रीय कार्यसमितिको हो, र विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन गर्नैपर्छ।

“अहिले ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्। मंसिरभित्र नियमित महाधिवेशन भयो भने समस्या छैन। तर नियमित महाधिवेशनको तालिका नआए र विशेष महाधिवेशन पनि बोलाइएन भने भेला अपरिहार्य हुन्छ, जसले पार्टी विभाजनको जोखिम बढाउँछ,” शेखरले चेतावनी दिएका छन्।

उनका अनुसार, अहिले पार्टीभित्र सबैभन्दा जटिल विषय क्रियाशील सदस्यता हो। “सदस्यता नवीकरण, नयाँ वितरण र विवाद समाधान मंसिरसम्म सक्ने गरी कार्यतालिका ल्याउनुपर्छ,” उनले भने। “अहिले नै ‘सकिँदैन’ भनेर कार्यतालिका नल्याउनु ठिक होइन। काम नगरी समय सार्ने प्रवृत्ति स्वीकार्य हुँदैन।”

शेखर कोइरालाले संस्थापन पक्षका नेताहरूलाई महाधिवेशन मंसिरभित्रै गर्न आग्रह गर्दै भने, “विधानमा एक वर्ष कार्यकाल बढाउन सकिने प्रावधान छ भन्दै नियमित महाधिवेशनलाई ढिलो गराउने प्रयास गलत हो। भोलि टिकट बाँड्ने विषयमा कसको वर्चस्व रहने भन्ने चिन्ता नगरी अहिले पार्टी एकढिक्का राख्ने जिम्मा लिनुपर्छ।”

उनले आफू मध्यमार्गी धारमा उभिएर पार्टी एकता कायम गर्न खोजिरहेको बताउँदै थपे, “कतिले भन्छन् म देउवा समूहसँग मिलें, तर मेरो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउनु हो।”

शेखरले विशेष महाधिवेशनको माग वैधानिक र राजनीतिक रूपमा वैध रहेको जनाउँदै भने, “महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेपछि उनीहरूको मागलाई केन्द्रीय कार्यसमितिले अस्वीकार गर्न मिल्दैन। विशेष महाधिवेशनमा नगएर मंसिरभित्र नियमित महाधिवेशन गरिए पनि मागको आत्मा पूरा हुन्छ।”

उनले पार्टी विभाजन रोक्न ‘भेला’ रोक्नुपर्ने बताउँदै भने, “त्यो रोक्ने एक मात्र बाटो हो—कार्यतालिका ल्याउने। रोकिएको केन्द्रीय कार्यसमितिको बैठक १३ कात्तिकमा सुरु हुँदैछ, पहिलो दिनकै बैठकमा निर्णय होस् भन्ने मेरो आग्रह छ।”

शेखरले पार्टीलाई आन्तरिक विवादबाट माथि उठ्न र लोकतान्त्रिक भूमिकातिर फर्किन पनि आग्रह गरे। “कांग्रेस हरेक आन्दोलनको मियो हो। अहिले देश र पार्टी दुवै संकटमा छन्। यस्तो बेला आफ्नो वर्चस्वको चिन्ता गरेर यथास्थिति कायम राख्नु पार्टीप्रति अन्याय हो,” उनले भने।

उनका अनुसार, विशेष महाधिवेशनले केन्द्रीय कार्यसमितिको नेतृत्व मात्र परिवर्तन गर्न सक्छ, तर पार्टीको संरचनागत रूपान्तरणका लागि वडा तहदेखि केन्द्रसम्म अधिवेशन आवश्यक छ। “केन्द्रको नेतृत्व बदलिँदैमा पार्टीको आमूल परिवर्तन हुँदैन। रूपान्तरण क्रियाशील तहदेखि सुरु गर्नुपर्छ,” शेखरले भने।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending