झापा । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको छ । जिल्लामा रहेका ६ वटा रक्तसञ्चार केन्द्रमा हाल २०० पिन्ट मात्र रगत मौज्दात रहेको भन्दै रगत दान गरेर सहयोग गरिदिन व्यक्ति र सङ्घसंस्थालाई आग्रह गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले लगातार भएका चाडपर्व र विपद्का कारण रगत अभाव भएकाले रक्तदानका लागि अपिल गरिएको बताए ।
‘रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात निकै कम भइसकेको छ । अस्पतालमा मिर्गौलाको डायलाइसिस गर्ने र अन्य बिरामीका लागि मात्र दैनिक एक सय पिन्ट रगत चाहिन्छ । हामीसँग दुई दिनलाई पुग्ने रगत मात्रै छ । त्यसैले रगत दानका लागि सबैलाई आग्रह छ’, उनले भने ।
अध्यक्ष ढकालले दसैँ, तिहार, छठलगायत चाडपर्व र असोज १८ देखि २० गतेसम्मको वर्षा र विपद्ले निम्त्याएपछि रक्तदान कार्यक्रम हुन नसक्दा जिल्लामा रगतको अभाव भएको बताए । उनले जिल्लामा रगतको माग उच्च देखिएको बताउँदै १८ वर्षमाथिका रक्तदान गर्न योग्य व्यक्तिलाई नजिकै रहेका रक्तसञ्चार केन्द्रमा गएर स्वस्फूर्त रगत दानका लागि आग्रह गरे ।
अध्यक्ष ढकालले भने, ‘रगत माग्ने, खोज्ने मात्र होइन, आफूले पनि रक्तदान गरौँ र बिरामीलाई रगत लिन जाँदा जुनसुकै रक्त समूहको भए पनि दुई–तीन जना व्यक्ति रक्तदानका लागि लिएर जाने गरौँ । हामीसँग सबै रक्त समूहका हजारौँ दाताको सम्पर्क नम्बर छ । त्यसैले रगत चाहिने बिरामीका आफन्तलाई आफैँ सम्पर्क गरेर पनि दाता खोज्न हाम्रो आग्रह छ ।’
उनले ‘जेनजी’ प्रदर्शनका क्रममा एक हजार ५०० पिन्ट रगत काठमाडौँ पठाएको पनि जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १७ गते, २०८२ - २०:०९
मोरङ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने बताएका छन् । प्रेस चौतारी नेपाल मोरङद्वारा बिहीबार व...
पौष १७ गते, २०८२ - २०:०५
नुवाकोट । लायन्स क्लव इन्टरनेशनल फाउण्डेशनले नुवाकोटको शिवपुरी गाउँपालिकाको शिवपुरी आधारभूत अस्पताललाई आज रु एक करोड ६३ लाख बराबरको स्वास्थ्य सामग्री ...
पौष १७ गते, २०८२ - २०:०१
काठमाडाैँ । चिनियाँ विशाल विदूतीय कार निर्माता बिवाइडीले सन् २०२५ मा २२ लाख ६० हजार विद्युतीय सवारी साधन बिक्री गर्न सफल भएको कम्पनीले बिहीबार एक विज्...
पौष १७ गते, २०८२ - १९:५७
बैतडी । पहिरोका कारण घरबारविहीन भएका यहाँका दुई परिवारलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले रु दुई लाख सहयोग उपलब्ध गराएको छ । सुर्नया गाउँपालिका–२ क...
पौष १७ गते, २०८२ - १९:५२
-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...
पौष १७ गते, २०८२ - १९:०३
महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...
पौष १७ गते, २०८२ - १८:५९
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...
पौष १७ गते, २०८२ - १८:५२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...
पौष १७ गते, २०८२ - १८:३६
मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...
पौष १७ गते, २०८२ - १८:२९
काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...




प्रतिकृया लेख्नुहोस्: