Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

श्रीलङ्काको पर्यटन प्रवर्धनका लागि एडीबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत

खबरडबली संवाददाता

मनिला । एसियाली विकास बैँक (एडीबी)ले रणनीतिक नीतिगत सुधार तथा राष्ट्रिय पर्यटन नीतिसँग मेल खाने लक्षित लगानी मार्फत श्रीलङ्काको पर्यटन क्षेत्रलाई सहयोग गर्न दस करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।

यस परियोजनाले प्रशासन सुधारमा सहयोग गरी निजी क्षेत्रको सहभागिता बढाउने र पर्यटक आगमन तथा विदेशी विनिमयलाई बढावा दिँदै उत्पादन विकास व्यापार प्रर्वदन तथा पूर्वाधार विकासलाई सम्बोधन गर्ने जनाइएको । जसमा दिगो पर्यटन क्षेत्र विकास कार्यक्रमका लागि अनुदानमा सात करोड डलर र तीन करोड डलरको नियमित ऋण समावेश छ ।

यस कार्यक्रमले शासन, सम्पत्ति व्यवस्थापन, व्यापार तथा पर्यटन प्रवर्धन सीप सुधार दिगो पर्यटन पर्यटन गन्तव्यमा सहरी विकास लगायत क्षेत्रमा नीति र संस्थागत सुधारलाई सहयोग गर्ने एडिबीले जनाएको छ । यस कार्यक्रमले समुद्री पर्यटन लगायतका क्षेत्रलाई प्रवर्धन गरी नयाँ गन्तव्य खोलेर, पर्यटकको बसाई तथा खर्च बढाउने यस क्षेत्रमा महिलाको सहभागिता बढाउन उचित वातावरण सिर्जना गरी पर्यटन क्षेत्रलाई विविधीकरण गर्न मद्दत गर्ने जनाइएको छ ।  

सन् २०२५ मा श्रीलङ्कामा पर्यटक आगमन सन् २०१८ को स्तरमा फर्किएको बताउँदै श्रीलङ्काका लागि एडिबीका निर्देशक ताकाफुमी कादोनोले आम्दानी महामारीपूर्वको स्तर भन्दा तल रहेको बताए । “उपयुक्त नीति र संस्थागत सुधार, पूर्वाधार वृद्धि, आन्तरिक र बाह्य चुनौतीविरुद्ध सुधार गरेर पर्यटन समावेशी आर्थिक वृद्धिको इन्जिन बन्न सक्ने उहाँले उल्लेख गर्नु भएको छ । रासस/सिन्ह्वा 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending