Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

अमेरिका-चीन व्यापार सम्झौतापछि एसियाली सेयर बजारमा उत्साहपूर्ण वृद्धि

खबरडबली संवाददाता

हङकङ । अमेरिका र चीनबिच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताले देखाएको हर्षोल्लासका कारण सोमबार एसियाली सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ ।

यो सफलतालाई विश्वको सबैभन्दा ठुलो व्यापार विवाद थप बढ्ने सम्भावनाबाट जोगिएको सङ्केतका रूपमा लिइएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मलेसियामा सम्पन्न वार्तापछि दिएको वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमा थप १०० प्रतिशत भन्सार शुल्क लगाउने योजना ‘अब प्रभावकारी रूपमा टेबलबाट हटाइएको’ बताए ।

बेसेन्टले एबिसी न्युजसँगको अन्तर्वार्तामा भने, “शुल्क हटाइने छ ।” उनका अनुसार चीनले दुर्लभ पृथ्वी तत्वको निर्यात नियन्त्रण ढिलाइ गर्न र ‘पर्याप्त मात्रामा’ अमेरिकी सोयाबिन खरिद गर्न सहमति जनाएको छ । चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले वार्तालाई ‘स्पष्ट, गहिरो र रचनात्मक’ बताउँदै भन्सार शुल्क, निर्यात नियन्त्रण र फेन्टानिल नियन्त्रण सहयोगका विषयमा ‘प्रारम्भिक सहमति’ मा पुगेको जानकारी दिए । 

यो प्रगतिले राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच यसै हप्ता दक्षिण कोरियामा आयोजना हुने एसिया-प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा हुन लागेको भेटका लागि मार्ग प्रशस्त गरेको छ । ट्रम्पको दोस्रो कार्यकालपछि दुई नेताबिच हुने यो पहिलो आमनेसामने भेट हुने छ ।

टोकियो सेयर बजारले सबैभन्दा बढी वृद्धि देखायो । निक्केई २२५ सूचकाङ्क दुई प्रतिशतभन्दा बढीले उकालो लाग्दै पहिलो पटक ५० हजार अङ्क माथि पुगेको छ । प्रधानमन्त्री साने तकाइचीको प्रो-उत्प्रेरक (प्रो-स्टिमुलस) नीति र कमजोर येनले निर्यातमुखी उद्योगलाई बलियो फाइदा पुर्‍याएको विश्लेषकले बताएका छन् । 

तकाइचीले यस आर्थिक वर्षमै रक्षा बजेटलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई प्रतिशतमा पुर्याउने घोषणा गर्नु भएको छ । यो पहिले तय गरिएको समयभन्दा दुई वर्ष अघि हो । एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भने, “निक्केइको यो उछाल कुनै संयोग होइन, यो जापानको आर्थिक पुनर्जागरणको मूल्य-सङ्केत हो ।”

सियोल बजार पनि दुई प्रतिशतभन्दा बढीले उक्लिँदै पहिलो पटक चार हजार अङ्क माथि बन्द भयो । टेक कम्पनी सामसुङको सेयर तीन प्रतिशत र चिप निर्माता एसके हाइनिक्सको सेयर पाँच प्रतिशत नजिकले बढ्यो । हङकङ, साङ्घाई, ताइपेई, सिङ्गापुर र सिड्नी बजारमा पनि सकारात्मक कारोबार देखियो, यद्यपि जकार्ता र मनिला बजारमा सानो गिरावट देखियो ।

युरोपेली बजारमा लन्डन र फ्रेङ्कफर्ट लाभका साथ खुले भने पेरिस बजार रातोमा झर्यो । अमेरिकाको हालको मुद्रास्फीति तथ्याङ्कले फेडरल रिजर्भबाट ब्याजदर कटौती हुने अपेक्षालाई बल दिँदा वाल स्ट्रिटमा पनि गत शुक्रबार सकारात्मक बन्द भएको थियो । राष्ट्रपति ट्रम्पले क्वालालम्पुरमा पत्रकारसँग भने, “हामी सम्झौतामा पुग्नेमा विश्वस्त छौँ । चीन पनि चाहन्छ, हामी पनि चाहन्छौँ ।” 

पेपरस्टोनका विश्लेषक माइकल ब्राउनका अनुसार यो वार्ताले यथास्थितिको पुनः स्थापना र व्यापार युद्धमा अस्थायी युद्धविराम ल्याएको हो, यद्यपि यो केवल वार्ताको रणनीति पनि हुन सक्छ । रिपब्लिकन राष्ट्रपति हाल पाँच दिने एसिया भ्रमणमा छन् ।यसमा मलेसिया, जापान र दक्षिण कोरिया प्रमुख गन्तव्य रहेका छन् । हरेक देशमा व्यापार सम्झौता एजेन्डाको शीर्ष विन्दुमा छन् ।

अमेरिकी तामाको मूल्य पनि व्यापार सम्झौताको आशावादमा वृद्धि भएको छ । यसले विश्वव्यापी मागमा सुधारको सङ्केत गरेको छ । यो उपलब्धि महिनौँदेखि बढ्दै गएको तनावपछि आएको हो । गत अक्टोबरमा राष्ट्रपति ट्रम्पले चीनले दुर्लभ पृथ्वी निर्यात नियन्त्रण विस्तार गरेपछि ठूलो कर वृद्धि गर्ने चेतावनी दिएका थिए, जसलाई वासिङ्टनले ‘आर्थिक जबरजस्ती’ भनेको थियो । 

सम्झौताको प्रारूपअनुसार चीनले दुर्लभ पृथ्वी तत्वको निर्यात प्रतिबन्धलाई ‘कम्तीमा एक वर्षका लागि स्थगित गर्ने’ र त्यसपछि पुनः समीक्षा गर्ने सहमति जनाएको अर्थमन्त्री बेसेन्टले बताए । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: