Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

अमेरिका-चीन व्यापार सम्झौतापछि एसियाली सेयर बजारमा उत्साहपूर्ण वृद्धि

खबरडबली संवाददाता

हङकङ । अमेरिका र चीनबिच व्यापार वार्तामा हासिल भएको प्रगतिप्रति लगानीकर्ताले देखाएको हर्षोल्लासका कारण सोमबार एसियाली सेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ ।

यो सफलतालाई विश्वको सबैभन्दा ठुलो व्यापार विवाद थप बढ्ने सम्भावनाबाट जोगिएको सङ्केतका रूपमा लिइएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मलेसियामा सम्पन्न वार्तापछि दिएको वक्तव्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ वस्तुमा थप १०० प्रतिशत भन्सार शुल्क लगाउने योजना ‘अब प्रभावकारी रूपमा टेबलबाट हटाइएको’ बताए ।

बेसेन्टले एबिसी न्युजसँगको अन्तर्वार्तामा भने, “शुल्क हटाइने छ ।” उनका अनुसार चीनले दुर्लभ पृथ्वी तत्वको निर्यात नियन्त्रण ढिलाइ गर्न र ‘पर्याप्त मात्रामा’ अमेरिकी सोयाबिन खरिद गर्न सहमति जनाएको छ । चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले वार्तालाई ‘स्पष्ट, गहिरो र रचनात्मक’ बताउँदै भन्सार शुल्क, निर्यात नियन्त्रण र फेन्टानिल नियन्त्रण सहयोगका विषयमा ‘प्रारम्भिक सहमति’ मा पुगेको जानकारी दिए । 

यो प्रगतिले राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच यसै हप्ता दक्षिण कोरियामा आयोजना हुने एसिया-प्यासिफिक आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको साइडलाइनमा हुन लागेको भेटका लागि मार्ग प्रशस्त गरेको छ । ट्रम्पको दोस्रो कार्यकालपछि दुई नेताबिच हुने यो पहिलो आमनेसामने भेट हुने छ ।

टोकियो सेयर बजारले सबैभन्दा बढी वृद्धि देखायो । निक्केई २२५ सूचकाङ्क दुई प्रतिशतभन्दा बढीले उकालो लाग्दै पहिलो पटक ५० हजार अङ्क माथि पुगेको छ । प्रधानमन्त्री साने तकाइचीको प्रो-उत्प्रेरक (प्रो-स्टिमुलस) नीति र कमजोर येनले निर्यातमुखी उद्योगलाई बलियो फाइदा पुर्‍याएको विश्लेषकले बताएका छन् । 

तकाइचीले यस आर्थिक वर्षमै रक्षा बजेटलाई कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को दुई प्रतिशतमा पुर्याउने घोषणा गर्नु भएको छ । यो पहिले तय गरिएको समयभन्दा दुई वर्ष अघि हो । एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्सले भने, “निक्केइको यो उछाल कुनै संयोग होइन, यो जापानको आर्थिक पुनर्जागरणको मूल्य-सङ्केत हो ।”

सियोल बजार पनि दुई प्रतिशतभन्दा बढीले उक्लिँदै पहिलो पटक चार हजार अङ्क माथि बन्द भयो । टेक कम्पनी सामसुङको सेयर तीन प्रतिशत र चिप निर्माता एसके हाइनिक्सको सेयर पाँच प्रतिशत नजिकले बढ्यो । हङकङ, साङ्घाई, ताइपेई, सिङ्गापुर र सिड्नी बजारमा पनि सकारात्मक कारोबार देखियो, यद्यपि जकार्ता र मनिला बजारमा सानो गिरावट देखियो ।

युरोपेली बजारमा लन्डन र फ्रेङ्कफर्ट लाभका साथ खुले भने पेरिस बजार रातोमा झर्यो । अमेरिकाको हालको मुद्रास्फीति तथ्याङ्कले फेडरल रिजर्भबाट ब्याजदर कटौती हुने अपेक्षालाई बल दिँदा वाल स्ट्रिटमा पनि गत शुक्रबार सकारात्मक बन्द भएको थियो । राष्ट्रपति ट्रम्पले क्वालालम्पुरमा पत्रकारसँग भने, “हामी सम्झौतामा पुग्नेमा विश्वस्त छौँ । चीन पनि चाहन्छ, हामी पनि चाहन्छौँ ।” 

पेपरस्टोनका विश्लेषक माइकल ब्राउनका अनुसार यो वार्ताले यथास्थितिको पुनः स्थापना र व्यापार युद्धमा अस्थायी युद्धविराम ल्याएको हो, यद्यपि यो केवल वार्ताको रणनीति पनि हुन सक्छ । रिपब्लिकन राष्ट्रपति हाल पाँच दिने एसिया भ्रमणमा छन् ।यसमा मलेसिया, जापान र दक्षिण कोरिया प्रमुख गन्तव्य रहेका छन् । हरेक देशमा व्यापार सम्झौता एजेन्डाको शीर्ष विन्दुमा छन् ।

अमेरिकी तामाको मूल्य पनि व्यापार सम्झौताको आशावादमा वृद्धि भएको छ । यसले विश्वव्यापी मागमा सुधारको सङ्केत गरेको छ । यो उपलब्धि महिनौँदेखि बढ्दै गएको तनावपछि आएको हो । गत अक्टोबरमा राष्ट्रपति ट्रम्पले चीनले दुर्लभ पृथ्वी निर्यात नियन्त्रण विस्तार गरेपछि ठूलो कर वृद्धि गर्ने चेतावनी दिएका थिए, जसलाई वासिङ्टनले ‘आर्थिक जबरजस्ती’ भनेको थियो । 

सम्झौताको प्रारूपअनुसार चीनले दुर्लभ पृथ्वी तत्वको निर्यात प्रतिबन्धलाई ‘कम्तीमा एक वर्षका लागि स्थगित गर्ने’ र त्यसपछि पुनः समीक्षा गर्ने सहमति जनाएको अर्थमन्त्री बेसेन्टले बताए । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दम्भ–दुर्भाव फालौँ

-दुर्गा दाहाल विद्यार्थी हुने तातीँ गाथा मञ्जरीमा दिनू चै नयाँ ज्ञानले नै महिमा । रमाऊँ छन् बाला चन्द्रको कान्ति कालो सबै त्याग है दम्भ दुर्भाव ...

महाकाली सन्धिका तीन दशक : सिँचाइका लागि बगेन पानी

महेन्द्रनगर । नेपाल–भारतबिच महाकालीसन्धि भएको तीन दशक पूरा भइसके पनि महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भने पानी बग्ने सुरसार छैन । महाकाली ...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

  म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक...

हामीले आफ्नो संस्कृति भुल्नुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो संस्कृति नभुल्न र भावि सन्ततिलाई मौलिक सम्पदा हस्तान्तरण गर्दै लैजान आग्रह गरेकी छन् । नेपाल मगर सङ्...

राष्ट्रिय सभा निर्वाचनः बागमतीकाे मतभारमा नेकपा दोस्रो

मकवानपुर । बागमती प्रदेशमा राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ ११ गते हुने निर्वाचनको तयारी तीव्र पारिएको छ। आगामी फागुन २० गते पदावधि सकिने १९ राष्ट...

सन् २०२५ मा २८ लाख अफगानिस्तान शरणार्थी स्वदेश फिर्ता

काबुल । सन् २०२५ मा करिब २८ लाख अफगानी शरणार्थी मातुभुमि अफगानिस्तानमा फर्केको अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रेडियो तथा टेलिभिजन (आरटीए) ...

अमेरिकाद्वारा भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रमा नयाँ प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी अर्थ मन्त्रालयले बुधबार (स्थानीय समय) भेनेजुएलाको ...

सन् २०२५ मा १२८ पत्रकारको हत्या

ब्रसेल्स । सन् २०२५ मा विश्वभर कुल १२८ जना पत्रकारको हत्या भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे) ले बिहीबार जनाएको छ । तीमध्ये आधाभन्दा बढी मध...

ट्रम्प बिना क्यापिटल दङ्गा सम्भव थिएनः स्मिथ

वासिङ्टन । सन् २०२१ जनवरी ६ मा अमेरिकी क्यापिटलमा भएको दङ्गा राष्ट्रपति डोनाल्ड ट्रम्प बिना सम्भव नहुने पूर्व विशेष सल्लाहकार ज्याक स्मिथले कङ्ग्रेसला...

स्विस आल्प्समा बार आगलागी

स्विट्जरल्यान्ड । स्विस आल्प्सको क्रान्स–मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending