Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

पर्यटकको आकर्षणमा भाेजपुरकाे ‘कन्यादह मङ्गलबारे देवस्थल’

खबरडबली संवाददाता

भोजपुर । पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला वर्षमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। स्थानीयको पहलमा ऐतिहासिक कन्यादह र मङ्गलबारे देवस्थलको संरक्षण गरिएपछि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो। 

धार्मिक आस्थासँगै यहाँको प्राकृतिक सौन्दर्यले पनि पर्यटकलाई लोभ्याउने गरेको छ। बिस्कुट्नेडाँडामा रहेको मङ्गलबारे देवस्थल, कन्यादह, धार्मिकसँगै रमणीय पर्यटकीय क्षेत्र रहेकाले यहाँ धूपी, असोक, जामुन, आँप, लिचीलगायतका बिरुवासमेत रोपणको गरिएको छ। 

यहाँको कन्यादह तथा मङ्गलबारे देवस्थलमा दर्शन गरे मनोकाङक्षा पुरा हुने धार्मिक विश्वास रहेको स्थानीय हर्कराज राईले बताए। यो प्रसिद्ध क्षेत्र ओझेलमा परेकाले यसको विकास तथा प्रचारप्रचार स्थानीय जुटेको उनको भनाइ छ। “यो क्षेत्रको पर्यटकीयसँगै धार्मिक महत्व पनि छ”, उनले भने, “संरक्षण अभावमा यहाँका कतिपय संरचना ओझेलमा परेको अवस्था थियो, यो स्थानलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न हामी जुटेका छौँ।”

योसँगै यहाँ रहेका आतबारे देवस्थल र सोमबारे देवस्थल निकै ठूलो धार्मिक महत्व रहेको स्थानीय सुगम राईले बताए। यी क्षेत्रमा विभिन्न समयमा पूजाआजासँगै मेला महोत्सव लाग्ने गरेको छ। “यहाँ आइतबारे, सोमबारे र मङ्गलबारे गरी तीन देवस्थल छन्”, उनले भने, “यी धार्मिक क्षेत्रको आ–आफ्नै विषेशता रहेका छन्, मङ्गलबारे र कन्यादह संरक्षण गरेका छौँ, अन्य क्षेत्रको पनि संरक्षणको काम गरिरहेका छौँ।”

यो क्षेत्रबाट कावा खोला फाँट, धनकुटाको छिन्ताङ, हतुवागढी क्षेत्र, हिले बजार तथा मौसम सफा भएको समयमा विभिन्न ठाउँको मनोरम दृश्य अवलोकन गर्न सकिने स्थानीय सङ्गम राईले बताए। यहाँ आउने मानिसलाई प्राकृतिक सुन्दरताले लोभ्याउने उहाँको भनाइ छ। यो क्षेत्रको संरक्षण गरिएपछि आन्तरिक पर्यटकको आवगमन बढेको उनले बताए। 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: