Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

जेनजी आन्दाेलनकाे समयमा देशभरका अदालत भएकाे तोडफोडकाविरुद्ध सर्वाेच्चले प्रहरीमा जाहेरी दिने

खबरडबली संवाददाता

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) ले गत आइतबार देशभरका अदालतहरूमा भएको तोडफोड, आगजनी र क्षतिको घटनामा संलग्न व्यक्तिहरूविरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

सर्वोच्चका प्रवक्ता अर्जुन कोइरालाका अनुसार तोडफोड र क्षतिको विवरणसहितको जाहेरी तयार गर्ने कार्य जारी छ र भोलिसम्म काठमाडौं जिल्ला प्रहरी परिसरमा दर्ता गरिनेछ। “प्रहरीले अनुसन्धानमार्फत दोषी पहिचान गरी कानूनी कारबाही गरोस् भन्ने हाम्रो अपेक्षा हो,” कोइरालाले भने ।

उक्त जाहेरी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार वा रजिष्ट्रारको नामबाट दर्ता गरिने बताइएको छ । जेन–जी आन्दोलनको दमनपछि देशभर फैलिएको हिंसात्मक घटनामा सर्वोच्च अदालतसहित काठमाडौंका विशेष र जिल्ला अदालतहरूमा व्यापक क्षति पुगेको थियो ।

सर्वोच्चका तथ्यांक अनुसार अदालतमा विचाराधीन करिब २० हजार मुद्दाका फाइल र करिब १ लाख ९७ हजार फैसला सम्बन्धी अभिलेख नष्ट भएका छन् । साथै, ५० भन्दा बढी चारपाङ्ग्रे सवारीसाधन, १५० मोटरसाइकल तथा सेवाग्राहीका अन्य सवारीसाधन पनि आगजनीबाट जलेका थिए ।

फूलकोर्टले यस्ता घटनाका जिम्मेवारहरूलाई पहिचान गरी कानूनी दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हिंसामा १५ सय भन्दा बढी सर्वसाधारणको मृत्यु भएको कङ्गोको दाबी

कङ्गो । डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गो (डीआरसी) सरकारले डिसेम्बरको सुरुदेखि देशको पूर्वी प्रान्त दक्षिण किभुमा बढ्दो हिंसाका कारण एक हजार ५०० भन्दा ब...

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending