काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको प्रिमियम महसुल नबुझेका उद्योगको विद्युत् आपूर्ति बन्द गरेपछि बुटवल–भैरहवा औद्योगिक कोरिडोरसहित देशभरका २५ उद्योग ठप्प भएका छन् ।
विद्युत् कटौतीपछि करिब २४ हजार मजदुर कामविहीन भएका छन् । रुपन्देहीका हिमाल आइरन, पञ्चकन्या स्टिल, एभरेस्ट रोलिङ, एसआर स्टिल, सिद्धार्थ पेट प्लास्ट, गोयन्का फुड्स, भलबारी स्वचालित चामल मिल, श्याम प्लास्टिक, घराना फुड्स, विशाल सिमेन्ट, शिवम्, घोराही, अर्घाखाँची र निगाले सिमेन्टलगायत उद्योगमा उत्पादन बन्द भएको छ ।
मजदुरहरूले “उद्योग र प्राधिकरणबीचको विवादको सजाय आफूहरूले पाउनु अन्यायपूर्ण” बताएका छन् । पञ्चकन्या स्टिलका मजदुर रनबहादुर सारूले भने, “तिहारको भोलिपल्टदेखि उद्योग र कोठा दुवै अन्धकार छन्, चार दिनदेखि काम छैन ।”
प्राधिकरणले लोडसेडिङको समयमा उद्योगहरूले डेडिकेटेड/ट्रङ्क लाइन प्रयोग गरी अतिरिक्त विद्युत् खपत गरेको भन्दै बाँकी देखिएको रकम तिर्नुपर्ने बताएको छ । तर उद्योगीले “प्रयोग नै नगरेको” दाबी गर्दै प्रमाण बिना महसुल नतिर्ने अडान लिएका छन् ।
नेपाल सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष रघुनन्दन मारूका अनुसार प्राधिकरणले प्रमाणबिनै बक्यौता बिल तिराउन खोजेको छ । “हामीलाई सुनेर सहमति खोज्ने साटो उद्योग बन्द गराइयो, यो अन्याय हो,” उनले भने ।
प्राधिकरणले भने २०७८ को महसुल सङ्कलन विनियमावलीअनुसार चेतावनी दिएर मात्र लाइन काटिएको बताएको छ । यसअघि १३ उद्योगले किस्ताबन्दीमार्फत भुक्तानी सुरु गरिसकेका छन् । बाँकी २५ उद्योगले प्रक्रिया अघि नबढाएपछि विद्युत् आपूर्ति बन्द गरिएको प्राधिकरणको भनाइ छ । उद्योगीहरू अहिले सरकारसँग छिट्टै समाधान निकाल्ने अपेक्षामा छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: