काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र महाधिवेशन रोक्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन् । उनले पार्टीको विधान, परम्परा र कार्यकर्ताको म्यान्डेटअनुसार अब कांग्रेसले नियमित वा विशेष महाधिवेशन दुबै तयारी गर्नुपर्ने बताए ।
थापाका अनुसार महाधिवेशन प्रतिनिधिहरूले नै केन्द्रीय समितिलाई चयन गर्ने भएकाले उनीहरूको अधिकार र म्याद समाप्त भएको भन्ने तर्क पूर्णतः असंवैधानिक र अपमानजनक हो ।
उनले भने, “महाधिवेशन प्रतिनिधिले विधानले दिएको अधिकार प्रयोग गरेर हस्ताक्षर गरेका हुन् । तिनीहरूलाई अवैधानिक भन्नु तानाशाही, आत्मकेन्द्रित र ठालुवाद हो ।”
महामन्त्री थापाले स्पष्ट पारे कि, यदि केन्द्रीय समितिले २०८२ मंसिरभित्र नियमित महाधिवेशन गर्ने निर्णय गरेन भने विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्नैपर्ने हुन्छ । उनका शब्दमा, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका छन् भने त्यो रोक्ने अधिकार कसैसँग छैन ।”
उनले सभापति शेरबहादुर देउवाले पनि २०८३ सालसम्म महाधिवेशन सर्ने संकेत दिएको बताउँदै सो निर्णय गलत दिशातर्फ लैजान सक्ने चेतावनी दिए । “२०८३ मा चुनाव नजिकिँदै छ, त्यसअघि नै कांग्रेसले महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्छ,” उनले भने ।
थापाले जोड दिए, पार्टीलाई बलियो बनाउने, नयाँ पुस्ताको अपेक्षा पूरा गर्ने र जनतासँग गुमाएको विश्वास फिर्ता ल्याउने एक मात्र माध्यम महाधिवेशन नै हो । “महाधिवेशन भनेको पार्टीको आत्मसमीक्षा र पुनर्जागरणको अनुष्ठान हो,” उनले भने, “चुनावअघि कांग्रेसले आफैंलाई धोई पखाल्नुपर्ने बेला यही हो ।”
थापाले आफू र अर्का महामन्त्रीको व्यक्तिगत महत्वाकांक्षाका कारण विवाद आएको भन्ने आरोप अस्वीकार गर्दै भने, “हामी विशेष महाधिवेशनबाट नेतृत्वमा नआउने लिखित दिन तयार छौं । तर पार्टीलाई अधिवेशनविहीन बनाउन सकिँदैन ।”
उनले अन्त्यमा भने, “महाधिवेशन गराउने जिम्मा महामन्त्रीको पनि हो । त्यसबाट भाग्ने होइन, नेतृत्व र कार्यकर्तालाई एउटै मञ्चमा ल्याएर निर्णय गराउने बेला आएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: