काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भदौ २३ गतेको घटनाको अनुसन्धान नगरि २४ गतेको घटनाको मात्रै अनुसन्धान गर्नु न्यायसंगत नभएको बताएका छन।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गतेको घटनामा संलग्नहरुलाई मात्र छानीछानी कारबाही गर्दा जनआन्दोलन र न्यायका आधारभूत सिद्धान्त विपरित हुने भन्दै सरकारको ध्यानाकरर्षण गराएका हुन्।
‘भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानवीन गर्न बनेको उच्चस्तरीय आयोगले छिटो आफ्नो काम सम्पन्न गरेर सोही प्रतिवेदन अनुरूप अन्तरिम सरकारले आवश्यक कदम चाल्नु उपयुक्त हुनेछ,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘त्यस विपरित २३ गतेको घटनाबारे केही नगर्ने र २४ गतेको घटनामा संलग्नलाई मात्र छानेर पहिले नै कार्वाही गर्दा जनआन्दोलन र न्यायका आधारभूत सिद्धान्त विपरित हुनजान्छ।’
साथै उनले २४ गतेको घटनाका दोषीलाई मात्रै कारबाही गर्द क्रिया र प्रतिक्रियाको अन्तरसम्बन्धबारे स्थापित प्राकृतिक नियम विपरित हुने पनि बताएका छन्।
‘जेन(जी विद्रोहको बलमा बनेको अन्तरिम सरकारको विशेष ध्यान पुगोस्,’ उनले भनेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: