म्याग्दी। अविरल वर्षाका कारण जोमसोम–कागबेनी सडक भासिएको छ । सडक भासिएपछि यातायाता पूर्ण रुपमा अवरुद्ध भएको छ । कालिगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक अन्तर्गत जोमसोम–कागबेनी सडकको पाण्डा खोलामा कालोपत्रे गरिएको सडक करिब ५० मिटर भासिएको छ ।
सडक माथिबाट लेदो सहितको पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी सन्तोष वत्स्यालले जानकारी दिए। उनका अनुसार सडक अवरुद्ध हुँदा जोमसोम हुँदै कागबेनी, मुक्तिनाथ र अपर मुस्ताङ सिधा यातायात अवरुद्ध भएको छ ।
उपकरण प्रयोग गरेर केहीबेर सडक खुलाएर रोकिएका सवारीसाधनहरु पार गरेपनि फेरी माथिबाट लेदो खसेर सडक अवरुद्ध भएको सूचना अधिकारी वत्स्यालले बताए।
उनका अनुसार जोमसोम देखि कागबेनीको विभिन्न ठाउँहरुमा पहिरो र लेदो खसेर सडक अवरुद्ध भएको छ । वर्षा भइरहेकाले सडक भासिने र माथिबाट ढुङ्गा खसेर यातायात सञ्चालन गर्न जोखिम भएकाले अहिले सबै सवारीसाधनहरु जोमसोममा रोकिएको उहाँले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ५ गते, २०८२ - १७:२२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराईरमधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको खोकनामा देखिएको विवादलाई थाती राख्दै वैकल्पिक स्थानबाट...
फाल्गुन ५ गते, २०८२ - १७:११
गुल्मी। आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गुल्मीमा १७ सयभन्दा बढी कर्मचारी परिचालन गरिने भएको छ । दुई निर्वाच...
फाल्गुन ५ गते, २०८२ - १६:५५
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक २० दशमलव ७५ अङ्कले घटेर दुई हजार ६४२ दशमलव १५ मा पुगेको हो ।...
फाल्गुन ५ गते, २०८२ - १६:४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी मंगलबार दिउँसो तारिख बुझ्न काठ...
फाल्गुन ५ गते, २०८२ - १६:४३
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर राज प...
फाल्गुन ५ गते, २०८२ - १६:३३
काठमाडौँ । काठमाडौँमा पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक जना कार चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। ट्राफिक प्रहरी स्रोतका अनुसार पक्राउ प...
फाल्गुन ५ गते, २०८२ - १६:२७
काठमाडौँ। चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित ‘चेक प्वाइन्ट’बाट रु १२ लाखको चाँदीसहित एक जना पक्राउ परेका छन्। वीरगन्जबाट काठमाडौँ आइरहेको यात...
फाल्गुन ५ गते, २०८२ - १५:३८
काठमाडौँ। महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधुसन्तलाई दक्षिणासहित बिदाइ गरिएको छ। साधुसन्तलाई मंगलबार गुठी संस्थान र पशुपति क्षेत्र विकास ...
फाल्गुन ५ गते, २०८२ - १५:२६
एक व्यक्ति २ पटक मात्र प्रधानमन्त्री
फाल्गुन ५ गते, २०८२ - १५:०७
सर्लाही। पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको ...



प्रतिकृया लेख्नुहोस्: