Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

नेपाल र नेपालीको प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

खबरडबली संवाददाता

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान उल्लेखनीय रहेको बताएको छन् । 

नेपाल शेर्पा संघले मंगलवार आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औँ मे फो त ल्हो (नयाँ वर्ष) शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले शेर्पा समुदायको योगदान गर्वको विषय भएको बताएको हो । 

हिमाली क्षेत्रबाट उद्गम भएको शेर्पा समुदाय आज विश्वभर फैलिएर नेपाललाई चिनाउन सफल भएको उनको भनाइ छ । पर्यटन र पर्वतारोहण क्षेत्रमा विश्वव्यापी ख्याति कमाएको शेर्पा समुदाय इमान्दार, परिश्रमी र प्रकृतिप्रेमी जातिका रूपमा परिचित रहेको उनले बताए। शेर्पा समुदायको मौलिक पहिचान, संस्कृति र राष्ट्रिय योगदानको उच्च प्रशंसा गर्दै उनले नेपालको मौलिक पहिचान भनेकै यहाँका विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडपर्व भएको उल्लेख गरे । 

हिमाल, पहाड र तराईको अनुपम भौगोलिक–सांस्कृतिक विविधताबीच आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान बोकेको शेर्पा समुदाय नेपालको आदिवासी समुदायका रूपमा महत्वपूर्ण रहेको बताए। राष्ट्रपतिले ल्होसार जस्ता चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भ्रातृत्व अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए । मौलिक नेपाली पहिचान अक्षुण्ण राख्दै राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु सबैको साझा दायित्व भएको उनको भनाइ छ । 

उनले भने, 'हिमाल, पहाड र तराईको अनुपम भौगोलिक संस्कृति रहेको नेपालका विभिन्न जातजातीमध्ये आफ्नै विशिष्ट परम्परा, संस्कृति, सभ्यता र पहिचान रहेको शेर्पा समुदाय नेपालको आदीवासी समुदाय हो । नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन यस समुदायको महत्वपूर्ण योगदान रहेको छ । वास्तवमा हाम्रो मौलिक पहिचान भनेको यहाँ रहेका विभिन्न जातजाती, भाषभाषी, संस्कृति, रहनसहन, परम्परा र चाडवर्प हो । नेपालको पर्यटन, पर्वतारोहण क्षेत्रमा ख्याती कमाएका शेर्पा समुदाय ईमानदार, परिश्रमी र प्रकृतिप्रेमी जातीका रुपमा परिचित छन् । नेपालको हिमाली क्षेत्रबाट फैलिएको यो जाती आज विश्वभर फैलिएर आफ्नो समुदायको मात्रै नभएर नेपाल र नेपालीको प्रतिष्ठा अभिवृद्धिमा उल्लेखनिय भुमिका निर्वाह गर्दै जानु खुशीको विषय हो । यसप्रकारको चाडपर्वले आपसी सद्भाव, एकता, मित्रता र भातृत्व अभिवृद्धिमा महत्वपुर्ण योगदान दिँदै आएको छ । यो मौलिक नेपाली पहिचानलाई अक्षुन्न राख्दै राष्ट्रिय एकताको भावनालाइै सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो ।'

हिमाली बौद्ध पात्रोअनुसार पहिलो महिनाको पहिलो दिन ग्याल्पो ल्होसार मनाइने परम्परा रहेको छ । यसै दिनबाट नयाँ ‘ल्हो’ वर्ग तथा संवत परिवर्तन भई नयाँ वर्ष आरम्भ हुने विश्वास गरिन्छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राज्य सञ्चालनमा युवाको बढ्दो सहभागिता उत्साहजनक : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको बढ्दो सहभागितालाई उत्साहजनक बताएका छन्। उनले एकातर्फ युवाको भूमिकालाई सक...

सशस्त्र प्रहरीलाई व्यावसायिक र दक्ष बनाउन सरकार प्रतिवद्ध छ: गृहमन्त्री गुरुङ

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नरा...

प्रधानमन्त्रीको भारत भ्रमणको निम्तो आइसकेको छ, यद्यपि मिति तय भएको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणका लागि निम्तो आएको बताएका छन्। सोमबार विमानस्थलमा आयोजित पत्रकार सम्...

कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक वैशाख २ मा

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २ गतेका लागि बोलाएको छ। अनुशासन समितिका सचिव दिनेश...

प्रशासकीय अधिकृत र आरके कन्स्ट्रक्सन सञ्चालकविरुद्ध अख्तियारद्वारा मुद्दा, जनही २२ लाख ४४ हजार बिगो माग

काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य तथा आर।के। कन्स्ट्रक्सन कम्पनी सुर्खेतका सञ्चालक सुवास कार्की...

भृकुटीमण्डपका भाडा नतिर्ने २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद् अन्तर्गत रहेको भृकुटीमण्डप क्षेत्रमा भाडा नतिर्ने २० वटा सटलमा तालाबन्दी गरिएको छ। वर्षौंदेखि भाडा नतिर्ने ५६ वटा सटल...

बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्री शाह छलफलमा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूसँग छलफल गरेका छन्। छलफल सिंहदरबारस्थित ...

जलेश्वरमा सांसद अमरेश सिंहविरुद्ध आफ्नै पार्टी कार्यकर्ताको गरे नाराबाजी

जनकपुरधाम । महोत्तरीको सदरमुकाम जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका स्थानीय कार्यकर्ताले प्...

चर्को आलोचना भएपछि गृहमन्त्री गुरुङले हटाए सम्पत्ति विवरणबारे लेखेको पोस्ट

काठमाडौं । सुधन गुरुङले सम्पत्ति विवरणसम्बन्धी सामाजिक सञ्जालमा गरेको टिप्पणी पछि हटाएका छन्। आइतबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको ...

संसदीय समितिमा अर्थमन्त्रीलाई बोलाएर बजेटबारे छलफल गर्न सांसदहरूको माग

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सांसदहरूले अर्थमन्त्रीलाई बोलाएर आगामी बजेट तथा आर्थिक नीतिबारे छलफल गर्नुप...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending