Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

गुल्मीमा वर्षाकै बिच धान उठाउँदै किसान

खबरडबली संवाददाता

गुल्मी । पाकेको धान उठाउने बेला बर्षा भएपछि किसानको धान खेतमै डुबेको छ । लगातार तीन दिनदेखि पानी परिरहेको छ । किसानले केही भए पनि जोगिएला कि भनेर पानी–पानीमै धान उठाइरहेका छन् ।

धुर्कोट गाउँपालिका–४ जैसीथोकका पीताम्बर पोख्रेलको दुई ठाउँका खेतमा गरेर २२/२५ मुरी धान उत्पादन हुन्छ । पोख्रेलले एक ठाउँको धान छिट्टै पाकेकाले तिहारअघि नै स्याहा गरेका थिए । 

कात्तिक ९ गते काटेको धान पानीले भिजाएपछि उठाउन थालेका हुन् । लामो वर्षा हुँदा खेतमै उम्रने डरले पानी–पानीमै धान उठाउन बाध्य भएको पोख्रेलले बताए ।  मुसिकोट नगरपालिका–७ को सुदिका फाँटमा थुप्रै किसानको धान खेतमा डुबेको छ । 

अमर कुमाल श्रमिक काम गर्दछन् । उनले अरुको अधियाँ धान खेती गर्दै आएका थिए । असारमा दुःख गरेर रोपेकाले राम्रोसँग धान स्याहार्ने आशा थियो । वर्षाले झर्ने र रुज्ने भएकाले स्वभाविक रुपमा उत्पादन राम्रो नहुने कुमालले बताए । 

मुसिकोट नगरपालिका–२ का मानबहादुर खत्रीको पनि खेतभरि आफूसहित ३०/३५ घरधनीको धान पानीले डुबाएको छ । इस्मा गाउँपालिका–६ का अगुवा कृषक कृष्ण घिमिरेले आफ्नो धान डुबे पनि नउठाएको बताए । धान कुहिने र उम्रने समस्या हुने भए पनि कतिपयले झरीमै धान उठाएको घिमिरेले बताए । 

कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेले बर्सातले समग्र धान उत्पादनमा क्षति पुग्ने बताए । उनले पाकेको र काटेकोलाई धेरै असर र फूल खेलेर तापक्रम खोजिरहेको धानलाई पनि वर्षाले असर गर्ने बताए । 

गुल्मीमा गत वर्ष सात हजार १२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा २३ हजार १४० मेट्रिक टन उत्पादन भएको थियो । सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार यस वर्ष सात हजार ४८ हेक्टर क्षेत्रफलमा २२ हजार ९१० मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको थियो । यो वर्षाले दुई हजार २२० मेट्रिकटन धान उत्पादन घट्ने अनुमान गरिएको न्यौपानेले बताए । 

गुल्मीदरबारको गरमटारी, खर्ज्याङ घोडाहाफाँट, टारीफाँट, छत्रकोटका खर्ज्याङ, मनबाग, अँगा, उल्लीखोला, बोआ फाँट र रुरु क्षेत्रका टाहाटिम लगायतका स्थानमा धानको उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।  

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending