रामेछाप । धान भित्र्याउने बेलामा परेको बेमौसमी वर्षाले रामेछापका किसानको वर्षभरको मिहिनेत पानीमा डुबेको छ। लगातार तीन दिनदेखि परेको वर्षाका कारण खेतमा काटिएको धान भिजेर कुहिन लागेको छ भने नकाटेको धान पनि ढलेर नोक्सानी भएको छ।
रामेछाप जिल्लाका प्रमुख फाँटहरूमा किसानले काटेर खेतमै सुकाइरहेको धान अहिले पानीमा डुबेकाले ठुलो नोक्सानी भएको छ। कतिपय ठाउँमा काटेर सुकाएको धान खेतमा नै उम्रन थालेपछि किसानहरू भन्छन्, ‘धान राम्रो फलेको थियो, तर उठाउन नपाउँदै पानीले सबै बिगार्यो।’
माढी फाँटमा सबैभन्दा धेरै धान खेती हुने भएकाले त्यहाँको क्षति बढी भएको स्थानीय पाण्डव प्रसाईँले बताए। उनका अनुसार किसानले काटेका धान उठाउन नपाउँदै लगातार वर्षा भएपछि धान भिजेर कुहिन थालेको छ।
त्यस्तै मन्थली, कुनौरी, खिम्ति, देवीटार, सिरिसे, ढाँडे, भटौली, गागल लगायतका फाँटमा पनि उस्तै समस्या देखिएको छ। किसानहरूले काटेको धान पानीमा डुबेकाले दाना कुहिने र अन्नको गुणस्तर घट्ने चिन्ता व्यक्त गरेका छन्।
कृषि विकास कार्यालय रामेछापका अनुसार जिल्लामा करिब ७ हजार ८ सय ५९ हेक्टर क्षेत्रमा धान खेती हुने भए पनि यो वर्ष ७ हजार २ सय हेक्टरभन्दा बढी खेतमा रोपाइँ गरिएको थियो। गत वर्ष रामेछापमा ७ हजार ८ सय हेक्टर क्षेत्रमा प्रतिहेक्टर औसत २ दशमलव ५४ मेट्रिक टनका दरले करिब २० हजार १५ मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष उत्पादन राम्रो हुने अनुमान गरिएको भए पनि बेमौसमी वर्षाले अपेक्षा अनुसारको फाइदा लिन नसक्ने देखिएको छ।
धान मात्र होइन, लगातारको वर्षाले कोदो बाली पनि प्रभावित भएको किसानहरूले बताएका छन्। टिप्ने बेला भएको कोदो बोटमा पानी परेपछि दाना उम्लिन थालेको र झर्ने अवस्था आएको उमाकुण्ड गाउँपालिकाका मणिराज सुनुवारले बताए। उनका अनुसार धेरै ठाउँमा पोकेको कोदो बाली ढलेर कुहिने जोखिम बढेको छ।
बाली सुकाउने र उठाउने बेलामा आएको वर्षाले रामेछापका किसानलाई दोहोरो मार पारेको छ। एकातिर बाली कुहिने चिन्ता छ भने अर्कोतिर खेत पुनः तयारी गर्न पनि समय र श्रम दुबै बढ्ने देखिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: