Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

बेमौसमी वर्षाले किसानको काटेको धान डुब्यो, कोदो बालीमा पनि क्षति

तस्विरः मनाेज भट्टराई
खबरडबली संवाददाता

रामेछाप । धान भित्र्याउने बेलामा परेको बेमौसमी वर्षाले रामेछापका किसानको वर्षभरको मिहिनेत पानीमा डुबेको छ। लगातार तीन दिनदेखि परेको वर्षाका कारण खेतमा काटिएको धान भिजेर कुहिन लागेको छ भने नकाटेको धान पनि ढलेर नोक्सानी भएको छ।

रामेछाप जिल्लाका प्रमुख फाँटहरूमा किसानले काटेर खेतमै सुकाइरहेको धान अहिले पानीमा डुबेकाले ठुलो नोक्सानी भएको छ। कतिपय ठाउँमा काटेर सुकाएको धान खेतमा नै उम्रन थालेपछि किसानहरू भन्छन्, ‘धान राम्रो फलेको थियो, तर उठाउन नपाउँदै पानीले सबै बिगार्‍यो।’

माढी फाँटमा सबैभन्दा धेरै धान खेती हुने भएकाले त्यहाँको क्षति बढी भएको स्थानीय पाण्डव प्रसाईँले बताए। उनका अनुसार किसानले काटेका धान उठाउन नपाउँदै लगातार वर्षा भएपछि धान भिजेर कुहिन थालेको छ।

त्यस्तै मन्थली, कुनौरी, खिम्ति, देवीटार, सिरिसे, ढाँडे, भटौली, गागल लगायतका फाँटमा पनि उस्तै समस्या देखिएको छ। किसानहरूले काटेको धान पानीमा डुबेकाले दाना कुहिने र अन्नको गुणस्तर घट्ने चिन्ता व्यक्त गरेका छन्।

कृषि विकास कार्यालय रामेछापका अनुसार जिल्लामा करिब ७ हजार ८ सय ५९ हेक्टर क्षेत्रमा धान खेती हुने भए पनि यो वर्ष ७ हजार २ सय हेक्टरभन्दा बढी खेतमा रोपाइँ गरिएको थियो। गत वर्ष रामेछापमा ७ हजार ८ सय हेक्टर क्षेत्रमा प्रतिहेक्टर औसत २ दशमलव ५४ मेट्रिक टनका दरले करिब २० हजार १५ मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष उत्पादन राम्रो हुने अनुमान गरिएको भए पनि बेमौसमी वर्षाले अपेक्षा अनुसारको फाइदा लिन नसक्ने देखिएको छ।

धान मात्र होइन, लगातारको वर्षाले कोदो बाली पनि प्रभावित भएको किसानहरूले बताएका छन्। टिप्ने बेला भएको कोदो बोटमा पानी परेपछि दाना उम्लिन थालेको र झर्ने अवस्था आएको उमाकुण्ड गाउँपालिकाका मणिराज सुनुवारले बताए। उनका अनुसार धेरै ठाउँमा पोकेको कोदो बाली ढलेर कुहिने जोखिम बढेको छ।

बाली सुकाउने र उठाउने बेलामा आएको वर्षाले रामेछापका किसानलाई दोहोरो मार पारेको छ। एकातिर बाली कुहिने चिन्ता छ भने अर्कोतिर खेत पुनः तयारी गर्न पनि समय र श्रम दुबै बढ्ने देखिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गाम्नाङ्टार बहुउद्देश्यीय सहकारीको १९औँ वार्षिक साधारणसभा सम्पन्न

ओखलढुंगा । श्री गाम्नाङ्टार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभामा संस्थाका सेयर सदस्य, सञ्चालक समित...

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending