Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

ओलीकाे अवसरवादको नयाँ नाटक सुरु, एमाले पूर्वउपाध्यक्ष भिम रावल भन्छन्- समाजवादीका मान्छेलाई ढोक्सो थाप्ने चाल

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेको पृष्ठभूमिमा नेकपा एमालेभित्र फेरि एकपटक अवसरवादी नाटक सुरु भएको छ । 

पार्टी फुटको जिम्मेवारी आफैंले वहन गर्नुपर्ने अवस्थामा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत विगतमा एमाले छोडेका कार्यकर्तालाई “घर फर्किन” गरेको आह्वान राजनीतिक वृत्तमा नौलो होइन, तर ‘ढोक्सो थाप्ने चाल’ मात्र भएको टिप्पणी भित्रैबाट आएको छ ।

एमालेबाट लखेटिएका पूर्वउपाध्यक्ष भीम रावलले ओलीको उक्त भनाइलाई तीव्र आलोचना गर्दै भनेका छन्, “एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि हत्तपत्त ओलीले सबैलाई फर्किन आग्रह गरेको देखियो । साँच्चिकै देशभक्तिपूर्ण बाटोमा पार्टीलाई अघि बढाउने सोच भएको भए, पहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण रोक लगाएको अन्याय सच्याउनुपर्ने थियो ।”

रावलका अनुसार, ओलीको पछिल्लो अभियानमा कुनै विचारधारात्मक स्पष्टता छैन, बरु माओवादीमा नजान चाहने समाजवादी कार्यकर्तामाथि प्रभाव पार्ने चाल मात्र हो । उनले भने, “विगतका गल्ती र राष्ट्रले भोगेको क्षतिको जिम्मेवारी लिनुको साटो, ओली फेरि भ्रम फैलाउने र शब्दजाल प्रयोग गरेर सत्ता मोह लुकाउने काममा लागेका छन् ।”

राजनीतिक विश्लेषकहरू पनि ओलीको ‘घर फर्क’ अभियानलाई आत्मसमीक्षा होइन, सत्ता समीकरणमा आफूलाई पुनः केन्द्रमा राख्ने प्रयासका रूपमा व्याख्या गर्छन् । एमालेभित्र नेतृत्वको निष्ठा, जबजको प्रयोग र संगठनात्मक अस्थिरताबारे पुनः प्रश्न उठ्न थालेका छन् ।

यो घटनाले एमालेभित्रको अविश्वास, नेतृत्वप्रतिको असन्तुष्टि र अवसरवादको गन्ध फेरि तीव्र रूपमा सतहमा आइरहेकाे समयमा ओलीबाटै एमालेबाट लखेटिएका नेताहरु पनि ओलीकै आलाेचना गरिरहेका छन् । 

रावलले लेखेका छन्- "विगतमा भएका गल्ती, कमीहरूका साथै भदौ २३ र २४ गतेको अकल्पनीय घटनामा राष्ट्रले बेहोरेको क्षतिको नैतिक जिम्मेवारी लिनुपर्थ्यो । त्यो केही नगरी शब्दजाल र भ्रम फिँजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चालबाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन ।"

रावलले भण्डारीको बाटो खुला नगरी ओलीको यस्तो आह्वानलाई माओवादीतर्फ नजान चाहने एकीकृत समाजवादीका सदस्यहरूलाई भ्रम दिने प्रयास ठानेका छन् । यो घटनाले नेपाली राजनीतिमा जारी गठबन्धन र फुटको चर्चालाई थप तताएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: