Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजीमा जलवायु अध्ययनको नयाँ प्रयास

खबरडबली संवाददाता

केप टाउन । फ्रान्सका एक अन्वेषक म्याथिउ टोर्डुर र प्रसिद्ध हिमनदी विज्ञ हेइडी सेभेस्ट्रेले अन्टार्कटिकाको गहिराइमा एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजीका लागि तीन महिनाको कठिन अभियान प्रारम्भ गरेका छन् ।

चङ्गा स्कीसको सहायतामा पृथ्वीको सबैभन्दा चिसो र कठोर भूभाग पार गर्दै उनिहरूले ‘सेतो महाद्वीप’ को इतिहास र भविष्य जलवायु परिवर्तनसँग कसरी सम्बन्धित छ भन्ने बुझ्ने लक्ष्य राखेका छन् । दक्षिणी गोलार्धको गर्मी सिजन सुरु भएसँगै सुरू भएको यो ‘अन्डर अन्टार्कटिका’ अभियान आगामी नोभेम्बर १० देखि ब्राजिलमा हुने कोप-३० जलवायु सम्मेलनसँग मेल खाने गरी तय गरिएको छ । दुवै वैज्ञानिकको उद्देश्य जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी कदमलाई सशक्त बनाउन र पग्लँदै गएको बरफको प्रभावबारे ठोस प्रमाण प्रस्तुत गर्नु हो ।

चरम यात्राको चुनौती

टोर्डुर र सेभेस्ट्रेले पूर्ण अलगावमा रहँदै करिब चार हजार किलोमिटर लामो बाटो पार गर्ने योजना बनाए । यस अवधिमा तापक्रम माइनस ५० डिग्री सेल्सियससम्म झर्न सक्नेछ । दुवै जना चङ्गा स्कीसको सहायतामा यात्रा गर्नेछन् । यसमा स्कियरले शरीरमा बाँधिएको हार्नेसमार्फत चङ्गाको बल प्रयोग गरी अगाडि बढ्छन् ।

“यदि हावाको अवस्था अनुकूल रह्यो भने हामी दैनिक १५० देखि २०० किलोमिटर यात्रा गर्न सक्छौँ”, टोर्डुरले भने । गत वर्ष उनिहरूले ग्रीनल्यान्डमा चङ्गा स्कीस प्रयोग गरी एक हजार ५०० किलोमिटर यात्रा गर्दै बरफका नमूना सङ्कलन गरेका थिए । यस पटक ९० दिनभित्र अभियान पूरा गर्ने योजना छ । “हामीले जनवरीको अन्त्यअघि अन्टार्कटिकाबाट बाहिरिनै पर्छ”, ३३ वर्षीय टोर्डुरले भने, “त्यसपछि कुनै विमान वा रसद सहायता सम्भव हुँदैन ।”

चरम सीमाको महाद्वीप

टोर्डुरका अनुसार अन्टार्कटिका पृथ्वीको सबैभन्दा चिसो, सुक्खा, हावायुक्त र सबैभन्दा उचाइमा रहेको महाद्वीप हो । उनिहरूले करिब तीन हजार ८०० मिटर उचाइमा यात्रा गर्नु हुनेछ । त्यहाँ कुनै मानव बस्ती वा जनावर भेटिँदैन । “जब तपाईं महाद्वीपभित्र पस्नुहुन्छ, त्यहाँ केही पनि हुँदैन-मात्र सेतो बरफको अनन्त फैलावट”, उनले भने ।

प्रत्येक अन्वेषकले आफ्नो स्लेजमा खानादेखि उपकरणसम्म सबै वस्तु बोकेका छन् । त्यसमा दुईवटा जमिनमा प्रवेश गर्ने राडारसमेत छन्, जसले बरफको गहिराइ र तह स्क्यान गर्नेछ । खाना योजनासमेत अति सूक्ष्मरूपमा तयार गरिएको छ-उदाहरणका लागि बिहानको भोजनमा ७० ग्राम ओट्स, ३० ग्राम मुसेली र १४ ग्राम किसमिस समावेश हुन्छ ।

वेस्ट अन्टार्कटिकाको पतन सम्भव छ

हिमनदी विज्ञ सेभेस्ट्रेका अनुसार अभियानको प्रमुख लक्ष्य दुईदेखि तीन किलोमिटर गहिराइमा रहेको अत्यन्त पुरानो बरफ पत्ता लगाउनु हो । “हामी एक लाख ३० हजार वर्ष पुरानो बरफ खोज्दैछौँ-त्यो समय पृथ्वी अहिलेको भन्दा करिब तीन डिग्री बढी तातो थियो”, उनले भने । यदि त्यस्तो पुरानो बरफ फेला परेन भने सेभेस्ट्रेका शब्दमा, “यसको अर्थ हुन्छ, तापक्रम तीन डिग्री बढ्दा अन्टार्कटिकाको केही भाग पतन भइसकेको थियो ।”

यस अध्ययनले भविष्यमा समुद्री सतह कति बढ्न सक्छ भन्ने वैज्ञानिक मोडेललाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ । “पश्चिम अन्टार्कटिकामा यति धेरै बरफ छ कि पग्लिएमा विश्व समुद्री सतह चारदेखि छ मिटरसम्म बढ्न सक्छ”, ३७ वर्षीया सेभेस्ट्रेले भने, “त्यस्तो अवस्था आउँदा विश्वभरका लाखौँ मानिस विस्थापित हुनेछन् ।”

जलवायु परिवर्तनबारे चेतना फैलाउने उद्देश्य

युनेस्कोको समर्थनमा सञ्चालित यस अभियानको सन्देश नोभेम्बर २१ भित्र ब्राजिलमा भेला हुने विश्व नेतामा पुगोस् भन्ने दुवैको अपेक्षा छ । “जलवायु परिवर्तनको सबैभन्दा खराब परिणामबाट बच्न अझै ढिलो भएको छैन”, सेभेस्ट्रेले भने ।उनका अनुसार समाधान स्पष्ट छ, “हामीले कार्बन उत्सर्जन घटाउनुपर्छ र जीवाश्म इन्धन प्रयोग कम गर्नुपर्छ । बरफका यी पिण्डलाई जोगाउन यही नै मार्ग हो ।”

यो अभियान केवल एक वैज्ञानिक अनुसन्धान मात्र नभई, विश्वलाई चेतावनी पनि हो-पृथ्वीको इतिहास पढ्न सक्ने बरफ पग्लिँदै छ र त्यससँगै मानव भविष्य पनि जोखिममा पर्न सक्छ । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE