Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजीमा जलवायु अध्ययनको नयाँ प्रयास

खबरडबली संवाददाता

केप टाउन । फ्रान्सका एक अन्वेषक म्याथिउ टोर्डुर र प्रसिद्ध हिमनदी विज्ञ हेइडी सेभेस्ट्रेले अन्टार्कटिकाको गहिराइमा एक लाख ३० हजार वर्ष पुरानो बरफको खोजीका लागि तीन महिनाको कठिन अभियान प्रारम्भ गरेका छन् ।

चङ्गा स्कीसको सहायतामा पृथ्वीको सबैभन्दा चिसो र कठोर भूभाग पार गर्दै उनिहरूले ‘सेतो महाद्वीप’ को इतिहास र भविष्य जलवायु परिवर्तनसँग कसरी सम्बन्धित छ भन्ने बुझ्ने लक्ष्य राखेका छन् । दक्षिणी गोलार्धको गर्मी सिजन सुरु भएसँगै सुरू भएको यो ‘अन्डर अन्टार्कटिका’ अभियान आगामी नोभेम्बर १० देखि ब्राजिलमा हुने कोप-३० जलवायु सम्मेलनसँग मेल खाने गरी तय गरिएको छ । दुवै वैज्ञानिकको उद्देश्य जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी कदमलाई सशक्त बनाउन र पग्लँदै गएको बरफको प्रभावबारे ठोस प्रमाण प्रस्तुत गर्नु हो ।

चरम यात्राको चुनौती

टोर्डुर र सेभेस्ट्रेले पूर्ण अलगावमा रहँदै करिब चार हजार किलोमिटर लामो बाटो पार गर्ने योजना बनाए । यस अवधिमा तापक्रम माइनस ५० डिग्री सेल्सियससम्म झर्न सक्नेछ । दुवै जना चङ्गा स्कीसको सहायतामा यात्रा गर्नेछन् । यसमा स्कियरले शरीरमा बाँधिएको हार्नेसमार्फत चङ्गाको बल प्रयोग गरी अगाडि बढ्छन् ।

“यदि हावाको अवस्था अनुकूल रह्यो भने हामी दैनिक १५० देखि २०० किलोमिटर यात्रा गर्न सक्छौँ”, टोर्डुरले भने । गत वर्ष उनिहरूले ग्रीनल्यान्डमा चङ्गा स्कीस प्रयोग गरी एक हजार ५०० किलोमिटर यात्रा गर्दै बरफका नमूना सङ्कलन गरेका थिए । यस पटक ९० दिनभित्र अभियान पूरा गर्ने योजना छ । “हामीले जनवरीको अन्त्यअघि अन्टार्कटिकाबाट बाहिरिनै पर्छ”, ३३ वर्षीय टोर्डुरले भने, “त्यसपछि कुनै विमान वा रसद सहायता सम्भव हुँदैन ।”

चरम सीमाको महाद्वीप

टोर्डुरका अनुसार अन्टार्कटिका पृथ्वीको सबैभन्दा चिसो, सुक्खा, हावायुक्त र सबैभन्दा उचाइमा रहेको महाद्वीप हो । उनिहरूले करिब तीन हजार ८०० मिटर उचाइमा यात्रा गर्नु हुनेछ । त्यहाँ कुनै मानव बस्ती वा जनावर भेटिँदैन । “जब तपाईं महाद्वीपभित्र पस्नुहुन्छ, त्यहाँ केही पनि हुँदैन-मात्र सेतो बरफको अनन्त फैलावट”, उनले भने ।

प्रत्येक अन्वेषकले आफ्नो स्लेजमा खानादेखि उपकरणसम्म सबै वस्तु बोकेका छन् । त्यसमा दुईवटा जमिनमा प्रवेश गर्ने राडारसमेत छन्, जसले बरफको गहिराइ र तह स्क्यान गर्नेछ । खाना योजनासमेत अति सूक्ष्मरूपमा तयार गरिएको छ-उदाहरणका लागि बिहानको भोजनमा ७० ग्राम ओट्स, ३० ग्राम मुसेली र १४ ग्राम किसमिस समावेश हुन्छ ।

वेस्ट अन्टार्कटिकाको पतन सम्भव छ

हिमनदी विज्ञ सेभेस्ट्रेका अनुसार अभियानको प्रमुख लक्ष्य दुईदेखि तीन किलोमिटर गहिराइमा रहेको अत्यन्त पुरानो बरफ पत्ता लगाउनु हो । “हामी एक लाख ३० हजार वर्ष पुरानो बरफ खोज्दैछौँ-त्यो समय पृथ्वी अहिलेको भन्दा करिब तीन डिग्री बढी तातो थियो”, उनले भने । यदि त्यस्तो पुरानो बरफ फेला परेन भने सेभेस्ट्रेका शब्दमा, “यसको अर्थ हुन्छ, तापक्रम तीन डिग्री बढ्दा अन्टार्कटिकाको केही भाग पतन भइसकेको थियो ।”

यस अध्ययनले भविष्यमा समुद्री सतह कति बढ्न सक्छ भन्ने वैज्ञानिक मोडेललाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ । “पश्चिम अन्टार्कटिकामा यति धेरै बरफ छ कि पग्लिएमा विश्व समुद्री सतह चारदेखि छ मिटरसम्म बढ्न सक्छ”, ३७ वर्षीया सेभेस्ट्रेले भने, “त्यस्तो अवस्था आउँदा विश्वभरका लाखौँ मानिस विस्थापित हुनेछन् ।”

जलवायु परिवर्तनबारे चेतना फैलाउने उद्देश्य

युनेस्कोको समर्थनमा सञ्चालित यस अभियानको सन्देश नोभेम्बर २१ भित्र ब्राजिलमा भेला हुने विश्व नेतामा पुगोस् भन्ने दुवैको अपेक्षा छ । “जलवायु परिवर्तनको सबैभन्दा खराब परिणामबाट बच्न अझै ढिलो भएको छैन”, सेभेस्ट्रेले भने ।उनका अनुसार समाधान स्पष्ट छ, “हामीले कार्बन उत्सर्जन घटाउनुपर्छ र जीवाश्म इन्धन प्रयोग कम गर्नुपर्छ । बरफका यी पिण्डलाई जोगाउन यही नै मार्ग हो ।”

यो अभियान केवल एक वैज्ञानिक अनुसन्धान मात्र नभई, विश्वलाई चेतावनी पनि हो-पृथ्वीको इतिहास पढ्न सक्ने बरफ पग्लिँदै छ र त्यससँगै मानव भविष्य पनि जोखिममा पर्न सक्छ । रासस/एएफपी 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पियुको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...

लगातार छैटौं जितसँगै सुदूरपश्चिम क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...

उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।  जिल्ला प्र...

नवलपुरमा आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...

कान्तिलोकपथ मर्मतकाे लागि दुई महिना दैनिक ६ घण्टा बन्द हुने

मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २ सय उडान रद्द

काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...

माेरङमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दारको मृत्यु

विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...

बागलुङ जीप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप  दुर्घटना हुँदा घाइते ८ मध्ये  दु...

मोरङमा भाइको हत्या गरेर दाइ फरार

माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending