काठमाडौं । आइसिसी विश्वकप लिग–२ शृङ्खलामा नेपालले लगातार तेस्रो हार खेपेको छ ।
दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग चार विकेटले पराजित भयो । जितका लागि दुई सय ७२ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
युएई सिरिजमा नेपालको यो लगातार तेस्रो हार हो । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग एक सय ६ रन र दोस्रो खेलमा युएईसँग पाँच विकेटले पराजित भएको थियो । अमेरिकाका लागि सैतेजा मुकामुल्ला र मिलिन्ड कुमारले अर्धशतक बनाए । सैतेजाले सर्वाधिक ७५ र मिलिन्ड कुमारले ७० रन बनाए । ओपनर सायन जहानगीरले ३६, मोनाङ्क पटेलले २१, शुवम् रन्जनेले १९ र स्मित पटेलले १६ रन बनाए ।
सन्जय कृष्णमुर्तिले अविजित १५ र हर्मित सिंहले अविजित १३ रन बनाए । बलिङमा नेपालका सन्दीप लामिछाने तीन तथा गुल्शन झा, नन्दन यादव र करण केसीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ७१ रन बनाएको थियो । नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । उनले तीन छक्का र दुई चौकाको मद्दतमा ६७ बलको सामना गर्दै सर्वाधिक ७५ रन बनाए ।
यस्तै करण केसी अर्धशतक बनाउन एक रनले चुके । उनले ३१ बलको सामना गर्दा तीन छक्का र दुई चौकको मद्दतमा ४९ रन बनाए । ओपनर कुशल भुर्तेल ४७, भीम सार्की ४३, कप्तान रोहित पौडेलले ३६ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेन ।
बलिङमा अमेरिकाका हरमित सिंहले तीन विकेट लिए । नोस्थुश केन्जिगे र सौरव नेत्रवल्करले दुई दुई विकेट लिए । जितसँगै शीर्षस्थानमा रहेको अमेरिकाले २३ खेलबाट ३४ अङ्क बनाएको छ । पराजित नेपाल १९ खेलबाट १२ अङ्क जोड्दै सातौँ स्थानमा छ । १८ खेलबाट आठ अङ्क बनाएको युएई अन्तिममा छ ।
नेपालले यस शृङ्खलाको अन्तिम खेल कात्तिक १९ गते बुधबार युएईसँग खेल्नेछ । आठ टोली सहभागी लिगमा दोस्रो स्थानमा रहेको स्कटल्यान्डको २४ खेलबाट ३० अङ्क छ । यस्तै तेस्रो स्थानमा रहेको नेदरल्यान्ड्सको २४ खेलबाट २८, चौथो स्थानमा रहेको ओमानको २० खेलबाट २४, पाँचौँ स्थानमा रहेको क्यानडाको २४ खेलबाट २१ र छैटौँ स्थानमा रहेको नामिबियाको २४ खेलबाट १९ अङ्क छ ।
लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ शृङ्खलामा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन शृङ्खला खेल्नेछन् भने ६ शृङ्खला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २८ गते, २०८२ - २०:३४
बुटवल । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार, एमाले र कांग्रेसले चुनाव भाँड्ने गतिविधि गरिरहेको आरोप लगाएका छन् ...
कार्तिक २८ गते, २०८२ - २०:२५
उदयपुर । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा जिल्लाको कृषि, वन, पर्यटन, कला, संस्कृति, उद्योग र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘उदयपुर...
कार्तिक २८ गते, २०८२ - २०:१८
कपिलवस्तु । जिल्लामा प्रशासन कार्यालय र पत्रकार महासंघबिच सहकार्य हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आयोज...
कार्तिक २८ गते, २०८२ - २०:०६
काठमाडौं । नेपाल र भारतबिच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (...
कार्तिक २८ गते, २०८२ - १९:५०
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको सम्भाव्यता विषयमा सिंहदरबारमा विस्तृत छलफल...
कार्तिक २८ गते, २०८२ - १९:४५
तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा स्थित पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।...
कार्तिक २८ गते, २०८२ - १८:४५
बागलुङ । जरा कुहिने रोगले धमाधम कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । तीन महिला अगाडिदेखि कागतीका बोट सुकेर मर्न थालेपछि किसान चि...
कार्तिक २८ गते, २०८२ - १८:४२
काठमाडौं । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुन...
कार्तिक २८ गते, २०८२ - १८:०९
काठमाडौं । तीन महिनाको अवधिमा प्रेस स्वतन्त्रता हनन्का ५९ घटना भएका प्रेस काउन्सिल नेपालले जनाएको छ । काउन्सिलले आज यहाँ आयोजना गरेको ‘प्रेस स्वतन्त्र...
कार्तिक २८ गते, २०८२ - १८:०६
काठमाडौं । ब्राजिलको बेलेम सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप ३०) ले जलवायु परिवर्तनबाट भएको क्षति र नोक्सानीको भरण...




प्रतिकृया लेख्नुहोस्: