Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank

सप्तरीकाे बर्दाहीमा किशोरीको शव फेला

खबरडबली संवाददाता

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका –६ बर्दाहीमा १५ वर्षीया एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

सिरहाको भगवानपुर गाउँपालिका –२ गमरिहा घर भएकी नेहा मण्डल मामा सुनिल मण्डलको घरमा बस्दै आएकी थिइन् । आइतवार बिहान करिब ८ बजे नेहा मण्डललाई घरभित्र बाँसको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको प्रहरी चौकी झुटकीले जनाएको छ ।

घटनाबारे सूचना प्रहरी चौकी झुटकीमा पुगेपछि प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली घटनास्थल पुगेको थियो । प्रहरीले स्थल सुरक्षित गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ ।

थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा एसओसीओ सहितको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending