Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ

खबरडबली संवाददाता

लन्डन । पूर्वी इङ्गल्यान्डबाट लन्डनतर्फ गइरहेको रेलमा भएको सामूहिक छुरा प्रहारको घटनापछि बेलायतभर त्रास र अराजकता फैलिएको छ ।

आइतबार बिहानसम्म अस्पतालमा रहेका १० जनामध्ये नौ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार दुई जना संदिग्धलाई नियन्त्रणमा लिइएको छ र उनीहरूको उद्देश्य पत्ता लगाउने कार्य तीव्र गतिमा भइरहेको छ ।

आक्रमणको प्रारम्भिक विवरण अझै अस्पष्ट छ । शनिबार साँझ करिब साढे सात बजे लामो दूरीको रेल हन्टिङडन सहरमा आपतकालीन रूपमा रोकिँदा रगतले लथपथ यात्रुहरू बाहिर निस्कँदै थिए । ती यात्रुलाई भेट्न दर्जनौँ सशस्त्र प्रहरीहरू स्टेसनमा पहिल्यै उपस्थित थिए ।

स्टेसनमै प्रहरीले तत्कालै दुई जना संदिग्धलाई पक्राउ गरेको थियो । यद्यपि, प्रहरी अधिकारीहरूले उनीहरूको परिचय सार्वजनिक गरेका छैनन् र घटनाको उद्देश्य पनि खुलासा गरिएको छैन । ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले आतङ्कवाद विरोधी एकाइले अनुसन्धानमा सहयोग गरिरहेको बताएको छ ।

रक्षामन्त्री जोन हिलीले स्काई न्युजसँगको अन्तर्वार्तामा प्रारम्भिक मूल्याङ्कन अनुसार यो ‘एक पृथक र एकल आक्रमण’ भएको विश्वास व्यक्त गरे ।

ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो ठूलो घटना घोषणा गरिएको छ । दस जनालाई अस्पतालमा भर्ना गरिएको छ र तिनीहरूमध्ये नौ जनाको अवस्था चिन्ताजनक छ । काउन्टर टेररिज्म पुलिसिङले हाम्रो अनुसन्धानमा सहयोग गरिरहेको छ र हामी घटनाको सम्पूर्ण परिस्थिति र प्रेरणा पत्ता लगाउने प्रयासमा छौँ ।”

प्रहरीका अनुसार घातक आतङ्ककारी आक्रमणको सम्भावनामा प्रयोग गरिने ‘प्लेटो’ नामक राष्ट्रिय कोड शब्दलाई केही समयका लागि सक्रिय गरिएको थियो, तर पछि खारेज गरिएको थियो । प्रमुख उपरीक्षक क्रिस केसिले भने, “हामी घटनाको कारण र प्रकृति पत्ता लगाउन सोधपुछ जारी राखिरहेका छौँ । प्रारम्भिक चरणमा अनुमान लगाउनु उचित हुने छैन ।”

यो आक्रमण उत्तरी इङ्गल्यान्डको डोनकास्टरबाट लन्डनको किङ्स क्रस स्टेसनतर्फ गइरहेको रेल क्याम्ब्रिज विश्वविद्यालय सहरभन्दा केही माइल उत्तरपश्चिममा रहेको बजार सहर हन्टिङडन नजिक पुग्दा भएको बताइएको छ ।

एक यात्रु ओली फोस्टरले बिबिसीलाई भने, “मैले कसैले ‘दौड्नुहोस्, दौड्नुहोस्, त्यहाँ एक व्यक्तिले सबैलाई छुरा प्रहार गरिरहेको छ१’ भनेर चिच्याएको सुनेँ । सुरुमा मलाई लाग्यो, सायद यो हेलोविनको मजाक होला । तर जब यात्रुहरू भाग्दै थिए, मैले आफ्नो छेउको सीटमा बस्ने एक जनाको हात रगतले ढाकिएको देखेँ ।”

घटनापछि केही मिनेटमै सशस्त्र प्रहरी, एम्बुलेन्स र एयर एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । हन्टिङडन स्टेसनमा पुगेपछि आक्रमण नियन्त्रणमा आएको बताइएको छ । फरेन्सिक पोशाकमा रहेका प्रहरी अधिकारीहरू र प्रहरी कुकुरहरू प्लेटफर्ममा देखिएका थिए ।

स्थानीय प्रहरी निकाय क्याम्ब्रिजसायर कन्स्टेबुलरीका अनुसार अधिकारीहरू घटनाको करिब केही मिनेटमै स्थलमा पुगेका थिए ।

यस घटनाप्रति बेलायती प्रधानमन्त्री किर स्टार्मरले गहिरो दुःख प्रकट गर्दै भने, “यो एक भयावह घटना हो । मेरा विचारहरू पीडित र उनीहरूको परिवारसँग छन् ।” क्याम्ब्रिजसायर र पिटरबरोका मेयर पल ब्रिस्टोले पनि रेलमा देखिएका ‘भयानक दृश्यहरू’ बारे दुःख व्यक्त गरे ।

लन्डन उत्तरपूर्वी रेलवेका अधिकारीहरूले आफ्ना रेलमध्ये एकमा घटना भएको पुष्टि गर्दै सोमबारसम्म उक्त मार्गमा ठूलो अवरोध रहने जनाएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: