Khabar Dabali १६ पुष २०८२ बुधबार | 31st December, 2025 Wed
Investment bank

लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ

खबरडबली संवाददाता

लन्डन । पूर्वी इङ्गल्यान्डबाट लन्डनतर्फ गइरहेको रेलमा भएको सामूहिक छुरा प्रहारको घटनापछि बेलायतभर त्रास र अराजकता फैलिएको छ ।

आइतबार बिहानसम्म अस्पतालमा रहेका १० जनामध्ये नौ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीका अनुसार दुई जना संदिग्धलाई नियन्त्रणमा लिइएको छ र उनीहरूको उद्देश्य पत्ता लगाउने कार्य तीव्र गतिमा भइरहेको छ ।

आक्रमणको प्रारम्भिक विवरण अझै अस्पष्ट छ । शनिबार साँझ करिब साढे सात बजे लामो दूरीको रेल हन्टिङडन सहरमा आपतकालीन रूपमा रोकिँदा रगतले लथपथ यात्रुहरू बाहिर निस्कँदै थिए । ती यात्रुलाई भेट्न दर्जनौँ सशस्त्र प्रहरीहरू स्टेसनमा पहिल्यै उपस्थित थिए ।

स्टेसनमै प्रहरीले तत्कालै दुई जना संदिग्धलाई पक्राउ गरेको थियो । यद्यपि, प्रहरी अधिकारीहरूले उनीहरूको परिचय सार्वजनिक गरेका छैनन् र घटनाको उद्देश्य पनि खुलासा गरिएको छैन । ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले आतङ्कवाद विरोधी एकाइले अनुसन्धानमा सहयोग गरिरहेको बताएको छ ।

रक्षामन्त्री जोन हिलीले स्काई न्युजसँगको अन्तर्वार्तामा प्रारम्भिक मूल्याङ्कन अनुसार यो ‘एक पृथक र एकल आक्रमण’ भएको विश्वास व्यक्त गरे ।

ब्रिटिस ट्रान्सपोर्ट प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो ठूलो घटना घोषणा गरिएको छ । दस जनालाई अस्पतालमा भर्ना गरिएको छ र तिनीहरूमध्ये नौ जनाको अवस्था चिन्ताजनक छ । काउन्टर टेररिज्म पुलिसिङले हाम्रो अनुसन्धानमा सहयोग गरिरहेको छ र हामी घटनाको सम्पूर्ण परिस्थिति र प्रेरणा पत्ता लगाउने प्रयासमा छौँ ।”

प्रहरीका अनुसार घातक आतङ्ककारी आक्रमणको सम्भावनामा प्रयोग गरिने ‘प्लेटो’ नामक राष्ट्रिय कोड शब्दलाई केही समयका लागि सक्रिय गरिएको थियो, तर पछि खारेज गरिएको थियो । प्रमुख उपरीक्षक क्रिस केसिले भने, “हामी घटनाको कारण र प्रकृति पत्ता लगाउन सोधपुछ जारी राखिरहेका छौँ । प्रारम्भिक चरणमा अनुमान लगाउनु उचित हुने छैन ।”

यो आक्रमण उत्तरी इङ्गल्यान्डको डोनकास्टरबाट लन्डनको किङ्स क्रस स्टेसनतर्फ गइरहेको रेल क्याम्ब्रिज विश्वविद्यालय सहरभन्दा केही माइल उत्तरपश्चिममा रहेको बजार सहर हन्टिङडन नजिक पुग्दा भएको बताइएको छ ।

एक यात्रु ओली फोस्टरले बिबिसीलाई भने, “मैले कसैले ‘दौड्नुहोस्, दौड्नुहोस्, त्यहाँ एक व्यक्तिले सबैलाई छुरा प्रहार गरिरहेको छ१’ भनेर चिच्याएको सुनेँ । सुरुमा मलाई लाग्यो, सायद यो हेलोविनको मजाक होला । तर जब यात्रुहरू भाग्दै थिए, मैले आफ्नो छेउको सीटमा बस्ने एक जनाको हात रगतले ढाकिएको देखेँ ।”

घटनापछि केही मिनेटमै सशस्त्र प्रहरी, एम्बुलेन्स र एयर एम्बुलेन्स घटनास्थलमा पुगेका थिए । हन्टिङडन स्टेसनमा पुगेपछि आक्रमण नियन्त्रणमा आएको बताइएको छ । फरेन्सिक पोशाकमा रहेका प्रहरी अधिकारीहरू र प्रहरी कुकुरहरू प्लेटफर्ममा देखिएका थिए ।

स्थानीय प्रहरी निकाय क्याम्ब्रिजसायर कन्स्टेबुलरीका अनुसार अधिकारीहरू घटनाको करिब केही मिनेटमै स्थलमा पुगेका थिए ।

यस घटनाप्रति बेलायती प्रधानमन्त्री किर स्टार्मरले गहिरो दुःख प्रकट गर्दै भने, “यो एक भयावह घटना हो । मेरा विचारहरू पीडित र उनीहरूको परिवारसँग छन् ।” क्याम्ब्रिजसायर र पिटरबरोका मेयर पल ब्रिस्टोले पनि रेलमा देखिएका ‘भयानक दृश्यहरू’ बारे दुःख व्यक्त गरे ।

लन्डन उत्तरपूर्वी रेलवेका अधिकारीहरूले आफ्ना रेलमध्ये एकमा घटना भएको पुष्टि गर्दै सोमबारसम्म उक्त मार्गमा ठूलो अवरोध रहने जनाएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँकाे बन्दीपुरमा अपेक्षा गरेभन्दा दोब्बर पर्यटक

तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...

सुदूरपश्चिम प्रदेश सभामा ठुलो दल नेकपा बन्याे

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...

महोत्तरी चिसोमा चटाइ र घूरको भर

महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।  मधेश प...

मूल्य नपाउँदा सङ्कटमा पर्दै कुखुरापालक किसान

चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...

नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...

राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...

उदयपुरमा शीतलहरका कारण चिसो बढेपछि पाँच पालिकाका विद्यालय बन्द

उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् ।  तीन...

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना फरार

बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending